होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कवाडिदेखि सलीसल्ला सडकखण्डको काम सम्पन्न
समाचार

कवाडिदेखि सलीसल्ला सडकखण्डको काम सम्पन्न

  • नागरिक रैबार
कवाडिदेखि सलीसल्ला सडकखण्डको काम सम्पन्न

सिमकोट : नेपाली सेनाले निर्माण काम गर्दै आएको कर्णाली करिडोरको खुलालु, लैफु सलीसल्ला खण्डको सडक असार ३१ गते बुझाउने भएको छ । २०७० सालदेखि निर्माण कार्य गरी रहेको सेनाले सो सडकको निर्माण कार्य सम्पन्न भएपछि सडक विभाग अन्र्तगतको हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गर्ने तयारी गरेको हो ।

नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माण कार्य दलका प्रमुख मिलन कार्कीले असार ३१ गते सडक हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण कार्य रहेको जानकारी दिए । करिडोर अन्र्तगत सेनाको निर्माण कार्य जिम्मा रहेको काम पुरा भएपछि हस्तान्तरण गर्न लागिएको हो ।

सडक निर्माण भएपछि हाल उक्त खण्डमा यातायात सञ्चालन हुँदै आएका छन् । सेनाले सो खण्डको कालिकोटको खुलालु, बाजुराको लैफ हुँदै हुम्ला जिल्लाका सलीसल्लासम्मको ७५ किलो मिटर सडकको निर्माण कार्य पुरा गरेको हो । निमार्ण भएको कुल सडक मध्य हुम्ला खण्डमा ३८ दशमलव चार किलो मिटर निर्माण भएको सडक पर्छ ।

विज्ञापन

हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाले हुम्ला खण्डको सडक हस्तान्तरण कार्यक्रममा सहभागी हुन पैदल मार्गबाट सलीसल्ला जान लागेको बताए । हस्तान्तरणपछि उक्त सडक आयोजनाको जिम्मामा आउने भएको छ ।

कोरोनाको कारण सडक हस्तान्तरण कार्यक्रम सेनाले केन्द्रीय स्तरको कार्यक्रम नराखेर जिल्लास्तरमा राखिएको जनाएको छ । यसका लागि सबै तयारी भई सकेको जनाईएको छ । खुलालु लैफु हुँदै सलीसल्ला खण्डको काम २०७० सालमा सेनाले काम सुरु गर्दै आएको थियो भने हुम्ला खण्डमा २०७३ सालमा निर्माण कार्य सुरु गरेको थियो ।

हाल हुम्ला खण्डमा पर्ने सडकमा बालुकुनासम्म यातायात सञ्चालन भएकोमा हस्तान्तरणपछि सलीसल्लासम्म हुनेछ । यसबाट जिल्लाका चार वटा गाउँपालिका ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ । कर्णााली खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार