होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मलाई अनुहार र जात होइन, काम चाहिन्छ : अर्थमन्त्री शर्मा
समाचार

मलाई अनुहार र जात होइन, काम चाहिन्छ : अर्थमन्त्री शर्मा

  • नागरिक रैबार
मलाई अनुहार र जात होइन, काम चाहिन्छ : अर्थमन्त्री शर्मा

३० असार, काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । बुधबार बिहान अर्थमन्त्रालयमा पदभार ग्रहण गरेका अर्थमन्त्री शर्माले आफूले अनुहार, जात, झण्डा केही नहेरी काममा केन्द्रित हुने बताएका छन् ।

कर्मचारीलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई अनुहार चाहिन्न, जात चाहिन्न, झण्डा (पार्टीको) चाहिन्न, केवल मलाई काम चाहिन्छ ।’

यो सबैको साझा प्रतिवद्धता हुनुपर्ने उनको भनाइ छ । आफू अर्थमन्त्रालयमा आउनुको पछाडि सहकार्य गर्ने, अर्थतन्त्रको अवस्थालाई बुझ्ने, आफ्नो इच्छा शक्ति र क्षमताअनुसार काम गर्ने, गरिबीको मारमा रहेका जनता, खटिरहेका श्रमिकलाई राहत दिने लगायतका कारण रहेको उनले बताए ।

विज्ञापन

व्यापार व्यवसाय क्षेत्रमा आएको संकटमा महल्म लगाउने र कोभिड १९ को महामारीबाट अर्थतन्त्रलाई माथि उठाउन आफुले भूमिका खेल्ने नउले बताए ।

मन्त्रालयबाट भइरहेको कामदाई आफुले निरन्तर अनुगमन, निर्देशन र सहयोग गर्ने भन्दै उनले कर्मचारीबाट समेत यस्तो सहयोगको अपेक्षा गरे ।उनले निष्ठा, इमानदारी र पारदर्शीतालाई भने नभूल्न समेत सचेत गराए । शर्माको काँधमा महामारीबाट अर्थतन्त्रलाई उकास्दै जनअपेक्षा पुरा गर्ने गहन जिम्मेवारी आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार