होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १२ चैत्र । नेपाल बुद्धिजिवी परिषद जिल्ला कार्य समिति बाजुराको छैटौ जिल्ला अधिबेशन सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बिच नेपाल बुद्धिजिवी परिषद बाजुराको अधिबेशन सम्पन्न भएको हो । छैटौ अधिबेशनबाट शेर बहादुर रावलको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको छ । जसमा अध्यक्ष शेर बहादुर रावल, उपाअध्यक्षमा नृप थापा भोटे, सचिवमा […]
बुटवल । कपिलवस्तुको बांणगंगा जितपुरमा सञ्चालित कपिलवस्तु महोत्सवमा बाल उद्यानको डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।महोत्सवमा गएका दर्शकहरू सवार पिङ शुक्रबार साँझ भाँचिएर दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते हुनेमा बाणगंगा नगरपालिका-१ का अर्जुन क्षेत्री , सिर्जना थारु र कपिलवस्तु नगरपालिका- ९ की आकृति खनाल रहेका […]
दोलखा — कोरियाका लागि भाषा तथा सीप परीक्षणको आवेदन खुलेपछि राहदानी बनाउन आएकी भीमेश्वर–३ की सञ्जिता श्रेष्ठले जिल्ला प्रशासन कार्यालयको मूल ढोकामा एक रात अनिँदै बिताउनुपर्यो । सरकारले राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि प्रशासन कार्यालयमा अचेल राति ८ बजेबाटै युवाहरूको लाइन लाग्छ । राति ९ बजे प्रशासन कार्यालयको मूल ढोकामा लाइन बसेकी सञ्जिताले राहदानी बनाउन आवश्यक […]
नागरिक रैबार/बाजुरा १२ चैत्र । बाजुरामा जङ्गली मेलमा नास्पाती फलाउने योजना सफलतातर्फ उन्मुख भएको छ। कृषि ज्ञान केन्द्र बाजुराले जंगलमा पाइने मेल प्रजातीको बोटमा कलमी गरेर नास्पाती फलाउने योजना अघि सारेको थियो। नास्पातीकै सानो जातिका रुपमा चिनिएको मेललाई कलमी गरेर नास्पाती बनाउने योजना सफल भइरहेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरि पनेरुले बताए। कृषि ज्ञान […]
जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य प्रमोद साहमाथि आक्रमण भएको छ । सांसद साहमाथि सर्लाहीको ईश्वरपुर नगरपालिका बयलबास बजारमा बिहान १० वजे संघातिक आक्रमण भएको हो । आक्रमणबाट साह घाइते भएको उनका आफन्त अनिल साहले बताए । उनका साथमा रहेका सुरक्षा गार्डलाई पनि कुटपिट भएको बताइएको छ । गार्डको पेस्तोल पनि खोसिएको […]
नागरिक रैबार/ बाजुरा १२ चैत। बाजुराकाे गौमुल गाउँपालिकामा एक जना किशोरीकाे भिरबाट लडेर मृत्यु भएकाे छ । मृत्यु हुनेमा साेही गाउँपालिका ६ कि कलु चदाँराकी १७ वर्षीया छोरी पुष्पा चदाँरा रहेकि छन् । घरका लागि सामान किन्न पसल गएर घर फर्किने क्रममा रातीमाटाे भन्ने भिरबाट लडेर मृत्यु भएकाे आफन्तले बताएका छन् । किशोरीकाे ५० मिटर तल […]
नागरिक रैबार/बाजुरा ११ चैत्र। जिल्लाको हिमाली गाउँपालिकामा पनि आजबाट दुईदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।जिल्ला अस्पताल बाजुराको सयुक्त आयोजनामा हिमाली गाउँपालिका केन्द्र धुलाचौरमा आजबाट निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरिएको हो । दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा दिन आजबाट गाउँपालिकाको धुलाचौरमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् […]
नागरिक रैबार/बाजुरा ११ चैत्र। जिल्लाको बुढीगंगा नगरपालिकामा आजबाट ३ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । शसत्र प्रहरी बल नेपालको आयोजना र महान्याधिवक्ताको कार्यालय काठमाण्डौंको सहयोगमा उक्त शिविर आजबाट बुढीगंगाको टाँटे स्वास्थ्य चौकीमा शिविर संचालन गरिएको हो । शिविरको एक कार्यक्रमका विच महान्याधिवक्ता खम्मबहादुर खातिले उद्धघाटन् गरेका हुन् । आजबाट ३ दिनसम्म संचालन हुने […]
नाबालिग गायिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा नायक पल शाहविरुद्ध परेको मुद्दामा थुनछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै आज नै थुनछेक आदेश आउने जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिचन्द्र गौतमले बताए । उनी भन्छन्, ‘बहस सकिएको छ । आदेश आजै आउँछ ।’ उनका अनुसार जाहेरवालाको पक्षबाट दुई जना सरकारी वकिलसहित नौ जना कानुन व्यवसायीले […]
नागरिक रैबार/बाजुरा १० चैत्र। मार्तडी बजारका व्यापारीहरुले उपभोक्ताबाट खाद्य बस्तुको मुल्यमा मनोमानि तरिकाले रकम लिन थालेको गुनासो बढेपछि बजार अनुगमन गरिएको छ । विहिबार बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टको नेतृत्वमा मार्तडी बजारमा रहेका पसलहरुको अनुगमन गरिएको हो । बजारमा व्यापारीहरुले खाने तेल लगायतका खाद्य बस्तुमा मनोमानि तरीकाले रकम लिन थालेको भनेर नगरपालिकाको गुनासो आएपछि बजार […]
मुगु सदरमुकाम गमगढी बजारका सरकारी जग्गामा निर्माण भएका टहरा बिहीवार हटाइएको छ । सरकारी जग्गामा रजाई गरेर बसोबास गरिरहेका २२ टहरा नेपाल प्रहरी, सशस्त्र प्रहरी, खाद्य र स्थानीयको सहभागितामा हटाइएको हो । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुको जग्गामा बनेका सम्पूर्ण अस्थायी संरचना फागुन मसान्तभित्र […]
काठमाडौं । ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस आज नेपालमा पनि मनाइँदै छ ।दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री शेरबहादुर देउवाले क्षयरोग लाग्न नदिनेतर्फ र लागिहालेमा सहज उपरचारको व्यवस्था गर्नेतर्फ सरकारले ध्यान दिने बताएका छन् । सन् २०२१ को अक्टोबरमा विश्व स्वास्थ्य संगठनले आयोजना गरेको दक्षिणपूर्वी एसियाका स्वास्थ्य […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको बुधबार उद्घाटन गरेका छन् । वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौँको चन्द्रागिरिमा आयोजित सो दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता छ । तीमध्ये सय जना भौतिक रुपमा र बाँकी सय जना भर्चुअल माध्यमबाट सहभागिता जनाउने बताइएको छ । सम्मेलनमा पर्वतीय वातावरणसँग सम्बन्धित पाँच वटा […]
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खुसी हुने पहिलो ढोका शिक्षा रहेको बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री पौडेलले राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी हुने बताएका हुन्। उनले जुन देशमा शिक्षामा लगानी राम्रो हुन्छ उक्त देशमा नै अन्य भौतिक विकासले […]
बाजुरा: बाजुरामा खुकुरी देखाएर तर्साउन खोज्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बडीमालिका नगरपालिका–८ का २० वर्षीय काले भन्ने भीम रावल रहेका छन्। उनी होलीको दिनमा नाङ्गो खुकुरी देखाएर फरार रहेका थिए। उनले होलीको दिन दिउँसोको समयमा सदरमुकाम मार्तडी बजारमा मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा नाङ्गो खुकुरी देखाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। […]
नागरिक रैबार/बाजुरा ९ चैत्र। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा बडीमालिका मन्दिरमा दर्शन गर्नका लागि बाजुरा आएका छन् । प्रधानसेनापति शर्मा बुधबार विहान नेपाली सेनाको हेलिकप्टर मार्फत बाजुरा आएका हुन् । प्रधान सेनापति शर्माले बडीमालिका मन्दिरमा विहान दर्शन गरेका छन् । त्यस्तै उनले सदरमुकाम मार्तडीमा रहेको दुर्गा भन्जन गुल्मको निरिक्षण समेत गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ७४ अर्ब ३ करोड ५ लाख बजेट सिलिङ पाएको छ । आयोगले मन्त्रालयलाई दिएको बजेट सिलिङका आधारमा चालू तथा पुँजीगत गरी १ अर्व ३१ करोड ८ लाख स्वास्थ्य मन्त्रालयले आफूलाई राखेको छ । र, बाँकी रकम आफू मातहतका ४१ वटा निकायलाई बाँडफाँट गरेको छ । […]
काठमाडौँ- अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौँमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत स्वागत गरेका हुन्। अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन् । एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि यस क्षेत्रको […]
नागरिक रैबार/बाजुरा ८ चैत्र। बाजुरा जिल्लाका विपन्न तथा असाहय १० जना बालवालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । कल्याण फाउण्डेसन अमेरिकाको आर्थिक सहयोग तथा बडीमालिका नगरपालिका र बडीमालिका मिडिया हाउसको समन्वयमा १० जना विपन्न असाहय बालवालिकालाई शैक्षिक सामाग्री गरिएको हो । मंगलबार बडीमालिका नगरपालिकाको सभाहलमा विपन्न बालवालिकालाई लक्षित गरेर छात्रवृती सहयोग शुभारम्भ कार्यक्रम गरिएको बडीमालिका […]
बाजुरा: बाजुराको करिब १ लाख जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार बाजुराको जनसंख्या १ लाख ३८ हजार ९ सय ९८ रहेको छ। ती मध्ये ८५ हजार ८ सय ६७ जनसंख्या गरिबीको रेखामुनि रहेका छन्। बाजुराको गरिबी दर निकै माथि रहेको मानव अधिकार वर्ष पुस्तक २०२२ को […]