होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश
समाचार

अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

मानन्धर भन्छिन् - ओलीकाे भाषण सुनेर थाक्दिनँ

  • नागरिक रैबार
अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

काठमाडौँ- अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौँमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत स्वागत गरेका हुन्।

अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन् । एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि यस क्षेत्रको विकासका लागि राजनीतिमा लागेको बताइन् ।

देशको विकास र समृद्धिका लागि एमालेबाट राजनीति गर्ने सोचका साथ पार्टी प्रवेश गरेको उनले जानकारी दिइन् । अध्यक्ष ओलीकाे भाषण सुनेर आफू कहिल्यै नथाक्ने बताइन् ।

विज्ञापन

त्यसैगरी पूर्व खानेपानी मन्त्री प्रेमबहादुर सिंहले समाजवादी जनता पार्टीलाई एमालेमा विलय गराएका छन्। उनलाई पनि अध्यक्ष ओलीले स्वागत गरेका छन्। सिंह २०७३ सालमा तत्कालीन प्रधान मन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषद्मा खानेपानी मन्त्री भएका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार