होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १४ चैत्र। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाजुरामा ८२ हजार ६ सय ९० जना मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले आईतबार २०७९ बैशाख सम्म १८ वर्ष पुरा भएका मतदाताहरुको अन्तिम नामावली सार्वजनिक गरेको थियो । जसमध्ये बाजुरामा ४२ हजार १ सय २१ पूरुष रहेका छन् भने ४० हजार […]
नागरिक रैबार/ बाजुरा १४ चैत्र। बाजुराको हिमाली गाउँपालिका १ नेटामा प्रहरी चौकीको स्थापना गरीएको छ । तत्कालिन माओबादी दन्द्धको समयमा बिस्थापीत बिच्छाया प्रहरी चौकी २२ बर्ष पछि आईतबार पुनः स्थापना गरिएको छ । २२ बर्ष अघि बिच्छायाबाट बिस्तापीत प्रहरी चौकी हिमाली ५ कवाडीमा सरेपछि साबिकको बिच्छाया गाबिस प्रहरी चौकी बिहिन भएको थियो । आईतबार प्रमुख […]
काठमाडौं । आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनमा विकट स्थानमा मतपत्र, मतपेटिका र निर्वाचन सामग्री ढुवानीको जिम्मा नेपाली सेनालाई दिइने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा शुक्रबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले पारित गरेको ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ले विकट स्थानमा निर्वाचन सामग्री ढुवानीको जिम्मा सेनालाई दिएको हो । निर्वाचनका लागि […]
नागरिक रैबार/बाजुरा १३ चैत्र। गौमुल गाउँपालिकामा गाउँपालिका स्तरीय दलित एकता अधिकार मंच गठन गरिएको छ । दलित एकता अधिकार मंचको प्रथम गाउँपालिका स्तरीय भेलाले नयाँ कार्य समिति गठन गरेको छ । जसमा अध्यक्षमा कौशल विक, उपाध्यक्षमा रामबहादुर ल्वार, कोषाध्यक्षमा सिर्जना विक, सचिव तिलक विक, सहसचिव प्रदीप सार्की, नरेन्द्र विक, सदस्य दिपक विक लगायत १५ सदस्यीय […]
काठमाडौंः यतिबेला सामाजिक सञ्जालमा एउटा रोचक भिडिओ भाइरल बनिरहेको छ। भिडिओ हो नेपाल सरकारका स्वास्थ्य सचिवले नै गुट्खा चपाउँदै अम्मल नगर्न दिएको सुझाव। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वस्थ दाँत स्वस्थ जीवन’ भन्ने नाराका साथ आइतबार बिहान मन्त्रालयका प्राविधिक सचिव डा. रोशन पोखरेलले बोलेको भिडिओ ट्विटरमा राखेको छ। त्यो भिडिओमा मन्त्रालयले दिन खोजेको सन्देश त सकारात्मक […]
काठमाडौँ — आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता हुने भएका छन् ।निर्वाचन आयोगको आइतबार बसेको बैठकले अन्तिम मतदाता नामावली टुंगो लगाएको हो । आयोगका अनुसार ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने ८७ लाख ४१ हजार ५ सय ३० […]
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले स्थानीय तहमा दोहोरिन चाहने जनप्रतिनिधिले किन र के का लागि दोहोरिन चाहेको हो स्पष्ट हुनुपर्ने बताएका छन् । आइतवार काठमाडौंमा भएको कार्यक्रममा उनले दोहोरिन चाहने जनप्रतिनिधिलाई आफ्नो नेतृत्वमा देश र नागरिकको आवश्यकता पुरा हुने, नहुने बिचार गर्न आग्रह गरे । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले आयोजना गरेको गाउँ […]
जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ ।तिनकौरीया चोकको पास पसलमा आगलागी भएको विषयबाट सुरु भएको विवादमा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख एसपी वसन्त रजौरेका अनुसार आगलागी भएपछि स्थानीय व्यवसायीले नगरपालिकाले सीसी क्यामरा ठिक अवस्थामा नराखेको भन्दै विरोध प्रदर्शन गरेका थिए । […]
जनकपुरधाम । सर्लाहीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् ।बीरगञ्जबाट जनकपुरधामतर्फ आउँदै गरेको ना.४ख ८५५५ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिकास्थित फुलजोर पुलबाट तल खसेर दुर्घटना भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा चार जनाको मृत्यु भएको छ […]
धनगढी: सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका हो धनगढी। प्रदेशमै सबैभन्दा बढी जनसंख्या रहेको सहर पनि धनगढी। तर धनगढीका सबै स्थानमा सार्वजनिक शौचालय छैन। सार्वजनिक शौचालय नहुँदा नागरिकलाई शौच गर्न समस्या हुँदै आएको छ। किनमेल तथा काम विशेषले बजार आएका नागरिकलाई झनै समस्या हुँदै आएको हो। ‘दिनभर बजारमा काम भए पनि पिसाब रोकेर फेरि घरमै जानुपर्छ। […]
काठमाडौँ — शुक्रबार राति ९ बजेतिरको कुरा हो । कपन आकाशेधारास्थित एकतले टिनको टहराभित्र आगो दन्कियो । नजिकै बस्ने प्रहरी सहायक निरीक्षक संयोग राई दर्गुर्दै टहरामा पुगे । ढोका फोरेर भित्र पस्दा त्यहाँ डेरा गरी बस्ने ३० वर्षीया अस्मिता चौधरी आगोको लप्कामा जलिरहेकी थिइन् । प्रहरीले उनलाई उद्धार गरेर साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल पुर्यायो । अस्मितालाई उनकै श्रीमान् ४२ […]
मलङ्गवा : सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवास्थित दलित बस्तीमा शनिवार साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन्। आगलागीबाट करिब २६ लाख बराबरको क्षति भएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा घरभित्र राखिएको ग्याँस सिलिण्डर पड्किँदा स्थानीयवासी ३५ वर्षीय अरबिन्दप्रसाद कुशवाह घाइते थिए। सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जलेका घर […]
नागरिक रैबार/बाजुरा १३ चैत्र। बाजुरामा म्यादी प्रहरीका भर्ना हुनका लागि लागि १६ सय ४७ जनाले आवेदन दिएका छन् । बाजुरामा ६ सय ६७ जनाको कोटामा १६ सय ४७ जनाले आवेदन दिएकोे जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । प्रहरीका अनुसार ४ सय ४९ जना महिला र ११ सय ९८ जना पुरुषले म्यादी प्रहरीका लागी आवेदन […]
नागरिक रैबार/बाजुरा १३ चैत्र।निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो । आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ भने बाँकी रहेका स्थानीय तहमा जिल्ला […]
नागरिक रैबार/बाजुरा १२ चैत्र। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले फेरी सञ्चालनमा ल्याएको छ। कर्णाली नदीमा तत्काल पुल निर्माण गर्न कठिनाइ भएपछि गाउँपालिकाले फेरी सञ्चालनमा ल्याएको हो। आर्थिक वर्ष २०७५।०७६ को बजेटबाट एक करोड ७४ लाख रुपैयाँ लागतमा गाउँपालिकाले फेरी निर्माण गरेको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले जानकारी दिए। नदीबाट यातायातका साधान वारपार गराउन कर्णालीमा फेरी सञ्चालनमा ल्याइएको […]
सप्तरीको राजगढ गाउँपालिकामा रहेका ४९ जना कुपोषित बालबालिकामध्ये २० जनामा क्षयरोग देखिएको छ। गाउँपालिकाबाट टिबी स्क्रिनिङका लागि राजविराज गजेन्द्रनारायण सिंह अस्पताल आएका पाँच वर्षमुनिका ४९ जनामध्ये २९ जनामा कडा कुपोषण र २० जनामा क्षयरोग देखिएको अस्पतालले जनाएको छ। गाउँपालिकामा आसमा नेपाल र डब्लुएचओको पोषण कार्यक्रमअन्तर्गत नमुना परियोजना कार्यक्रम दुई वर्षदेखि सञ्चालनमा छ। उनीहरूले लिटो र […]
काठमाडौँ — जनता समाजवादी पार्टीले प्रतिनिधिसभाका प्रमुख सचेतक प्रमोद साहमाथि एमालेले सांघातीक आक्रमण गरेको आरोप लगाएको छ । शनिबार बिहान सर्लाहीको ईश्वरपुर नगरपालिकामा जसपाका प्रमुख सचेतक साहमाथि आक्रमण भएको थियो । उक्त आक्रमणमा साहको टाउकोमा चोट लागेर घाइत भएका छन् । उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । प्रमुख सचेतक साहमाथि एमालेका कार्यकर्ताहरूले आक्रमण गरेको […]
रामपुर (पाल्पा): पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पामैदानका छ छोरीले बुबाको काजक्रिया गरेर समाजको पुरानो संस्कार तोडेका छन्। स्थानीय रेवत हिस्कीको ६७ वर्षको उमेरमा निधन भएपछि उनका छ छोरीले छोरासरह नै हिन्दु संस्कारअनुसार काजक्रिया गरिरहेका छन्। दिलमाया, तेजमाया, प्रेमकुमारी, मनकुमारी, खेमकुमारी र सिर्जना हिस्की सेतो वस्त्रमा छोराको जिम्मेवारी निभाउँदै काजक्रिया गरिरहेका छन्। एकातिर शिक्षा र चेतनाको कमीले […]
नागरिक रैबार/बाजुरा १२ चैत्र। जिल्ला प्रशासन कार्यालय बाजुराले आफुसँग भएका हातहतियार चैत्र मसान्त सम्म जिल्ला प्रहरी कार्यालय बाजुरा वा नजिकको सुरक्षा निकायमा बुझाउन अनुरोध गरेको छ । आगामी स्थानीय तहको निर्वाचनलाइ मध्य नजर राखि निर्वाचनलाई विश्वसनिय एवंम भरपर्दाे बनाउन माननीय गृह मन्त्रीको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय अनुसार कानुन वमोजिम इजाजत पत्र लिइ हातहतियार राखेका […]
काठमाडौं । काठमाडौंको कपनमा श्रीमतीलाई आगो लगाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।सिरहाको लाहान नगरपालिका- ७ घर भई बुढानीलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्ने ३० वर्षकी अस्मिता चौधरीमाथि उनकै श्रीमान ४२ वर्षका प्रवीण चौधरीले तारपिनको तेल खन्याएर आगो लगाएको प्रहरीले जनाएको छ । राति सवा नौ बजे आफ्नै एक तले टिनले छाएको टहरामा चौधरीले श्रीमतीलाई […]