होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनुषामा प्रहरी र व्यवसायीबीच झडप
समाचार

धनुषामा प्रहरी र व्यवसायीबीच झडप

  • नागरिक रैबार
धनुषामा प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ ।तिनकौरीया चोकको पास पसलमा आगलागी भएको विषयबाट सुरु भएको विवादमा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख एसपी वसन्त रजौरेका अनुसार आगलागी भएपछि स्थानीय व्यवसायीले नगरपालिकाले सीसी क्यामरा ठिक अवस्थामा नराखेको भन्दै विरोध प्रदर्शन गरेका थिए । त्यसक्रममा तनावको स्थिति सिर्जना भएको उनले  बताए ।

झडपमा केही सामान्य घाइते भएको भनिएको छ । प्रहरीका अनुसार स्थानीय व्यवसायीले पान पसलमा कुनै व्यक्तिले आगजनी गरेको आशंका गरेका छन् ।
त्यहीबीच नगरपालिकाले सीसी क्यामरा ठिक अवस्थामा नराखेको भन्दै प्रदर्शन भएको बताइएको छ ।स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार