होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्युठानको नौबहिनी गाउँपालिकाले शिक्षण सिकाइका क्रियाकलाप स्थगन गरेको छ । समुदायमा कारोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नौबहिनीका विद्यालयका पठनपाठन कार्य स्थगन गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले विद्यार्थीको पुहँचको आधारमा वर्गीकरण गरी पठनपाठनको विकल्पहरु प्रदान गरेको छ । कुनै पनि वैकल्पिक शिक्षण […]
काठमाडौँ – विद्यालय तथा विश्वविद्यालय तहका स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने भएका छन् । सरकारले शैक्षिक संस्थाका स्थगित परीक्षा सञ्चालन गर्न बाटो खुला गरेपछि विद्यार्थीका स्थगित परीक्षा हुने बाटो अब खुलेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को बैठकले विद्यालय, विश्वविद्यालय तथा शैक्षिक संस्थाका लागि परीक्षा सञ्चालन गर्न बाटो खुला गरिदिएको हो […]
कोरोना भाइरसको सङ्क्रमणका कारण अनलाइनबाटै शिक्षा लिइरहेका बालबालिका पटकपटक बत्ती जाँदा हैरान हुने गरेका छन् । राजधानीको उत्तरपूर्वी भेगमा एक हप्तामा चार दिनसम्म दिनभर बत्ती जाँदा पढ्न नपाएको भनी बालबालिकाले गुनासो गरेका छन् । गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको केही भाग हेर्ने गोकर्ण नो लाइटको क्षेत्रमा पटकपटक बत्ती जाने गरेको हो । अनलाइनबाट दैनिक डेढ घण्टासम्म […]
जिल्ला विपद् व्यवस्थापन समितिले विभिन्न स्थानीय तहमा सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । बैठकले सामाजिक दुरी कायम गरी सञ्चालन भएका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । विद्यार्थीहरुको विद्यालयमा उपस्थिति नगराइ वैकल्पिक सिकाइ विधि अपनाउन आग्रह गर्ने निर्णय भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । कोरोना सङ्क्रमणको जोखिम कायम […]
काठमाडौं, असोज २० । कोरोना संक्रमणका कारण ६ महिनादेखि हुन नसकेको कक्षा १२ को परीक्षा विद्यार्थी उपस्थितिकै आधारमा सञ्चालन गर्ने अनुमतिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ। तीन दिनअघि पठाएको सुझावसहितको प्रस्तावमा कक्षा १२ को विद्यालय शिक्षाको अन्तिम परीक्षा भएको र स्वदेश तथा विदेशमा समेत उच्च शिक्षा हासिल गर्न राष्ट्रिय परीक्षा […]
पोखरा- पोखरा महानगरपालिका–१७ पार्दीस्थित ज्येष्ठ नागरिक वैदिक सनातन (वेदान्त दर्शन) सत्सङ्ग स्थलमा अध्ययनरत घरेलु श्रमिक बालबालिकालाई लायन्स क्लब अफ पोखरा टुरिजमले शैक्षिक सामग्री वितरण गरेको छ । साँझ बिहान अर्काको घरमा काम गर्दै आएका तथा पोखराका विभिन्न वर्कसपमा कार्यरत श्रमिकलाई शिक्षा प्रदान गर्ने उदेश्यका साथ सञ्चालित सो संस्थामा अध्ययनरत ३० बालबालिकालाई मङ्गलबार आयोजित एक समारोहमा […]
तनहुँ । जिल्लाका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् । कोभिड–१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाई सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन थालेका हुन् । शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेशी माध्यमिक विद्यालयले टोल–टोलमा पुगेर विद्यार्थी पढाउन सिकाई केन्द्र स्थापना गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाई […]
रामबहादुर विक/बाजुरा ८ असोज। जिल्लाको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यमिक विद्यालयमा विद्यार्थीको चाप बढ्न थालेपछि ३ सिप्टमा पढाई संचालन हुँदै आएको छ ।कोरोना भाईरस कोभिड-१९ का कारण गत चैत ११ गते देखि सरकारले जारी गरेको लकडाउनका कारण विद्यालय सञ्चालन हुन् सकेका थिएन्न । लामो समय देखि बन्द भएका सामुदायिक विद्यालयहरुमा अहिले क्रमस पढाई संचालन हुन […]
नागरिक रैबार/बाजुरा ६ असोज। गत साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढीले बगाउँदा मृत्यु भएकी बडीमालिका नगरपालिका २ घाघरकी ६७ वर्षिया ऐसेनी महतको नाममा सत्यवादी माविमा अक्षय कोषको स्थापना गरेको छ । स्वग्रीय महतको मंगलबार परेको ४५ औं दिने तिथिको अवसरमा मृतक महतका श्रीमान महाविर महत र छोराहरु डम्बर महत, कर्ण महत र प्रेम […]
काठमाडौँ, कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका छन् । कतिपय नियमित र कतिपय यसअघि स्थगित भएका परीक्षा सञ्चालनमा आउन थालेका हुन् । त्यस क्रममा स्नातक तथा स्नातकोत्तर तहको परीक्षालाई विश्वविद्यालयहरूले नियमित रूपमा सञ्चालन गर्न थालेका हुन् । विश्वविद्यालयहरूको यो तयारीसँगै विद्यार्थीले अब स्थगित परीक्षा दिने बाटो खुलेको […]
चक्रबहादुर अयडी, बाजुरा त्रिवेणी नगरपालिकाका विद्यालयहरुमा आज देखि पठन पाठन सुरुगरिएका छन । विश्व व्यापि महामारिका रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ ले गर्दा गरिएको लकडाउनले लगभग ५ महिना सम्म बन्द भएका शैक्षिक संथाहरु आज बाट संचालन गरिएको रत्न माध्यामिक विद्यालयका प्रधाना ध्यापक हर्क बहादुर बुढाले जानकारि दिए । आजबाट त्रिवेणी नगरपालिका वडा नम्वर ९ […]
२ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्वियूलगायतका १३ विद्यार्थी संगठनहरुले कुनै पनि तहको शैक्षिक सत्र खेर नजाने गरी पठनपाठनको व्यवस्था मिलाउन माग गरेका छन् । सात दिनभित्र उक्त व्यवस्था मिलाउन उनीहरुले सरकारलाई ७ दिने अल्टिमेटम समेत दिएका छन् । माग पूरा नभए संघर्ष गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् । शुक्रबार […]
विश्वमा कोरोना भाइरस(कोभिड १९) को त्रास कहिले सकिन्छ भन्ने कुरामा अनुमान गर्न सकिने अवस्था छैन । नेपाल सारा विश्वबाट टाढा रहन सक्ने सम्भावना पनि छैन र थिएन पनि । गत मँसिर महिनामा चिनबाट शुरु भएको कोरोना महामारी अहिले बिश्वभर फैलिसकेको छ । लाखौ मानिसहरुको मृत्यु भैसकेको छ । अझ पनि विश्वका कतिपय मुलुकमा यसको प्रभाव […]
लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी […]
विद्यालयमा पढाइएका कुरा मात्र सत्य र घरका वा स्थानीय सीप र प्रविधि बेकामे हुने भन्ने भ्रम हटाएर परम्परागत ज्ञान र सीपको सम्मान हुने दिशामा अबको शिक्षालाई केन्द्रित गर्नुपर्छ । कोरोना महामारीका कारण पाँच महिनासम्म विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित भए। विद्यार्थीहरू यति लामो समयसम्म शिक्षण सिकाइ क्रियाकलापबाट वञ्चित रहँदा आम जनमानसमा डर र चिन्ता थपियो। सरकारले […]
३० भदौ, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले चालु शैक्षिक सत्र आगामी चैतमै समाप्त हुने बताएका छन् । नोवेल कोरोना भाइरस (कोभिड–१९) लक्षित निषेधाज्ञा र लकडाउनले पढाई प्रभावित भएकाले शैक्षिक सत्र सार्नुपर्ने विषयमा छलफल भइरहेका बेला केन्द्रको यस्तो धारणा सार्वजनिक भएको हो । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित […]
काठमाडौँ । विद्यालय तहमा चालु शैक्षिकसत्रको पाँच महिना पढाइबिना नै गुज्रिएको छ । कोरोनाभाइरस (कोभिड–१९) को प्रकोप र सरकारी अलमलका कारण गत वैशाखदेखि विद्यालय खुल्न नसकेको हो । चालु शैक्षिकसत्रका बारेमा अन्योल बढिरहेकै समयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक सिकाइ निर्देशिका जारी गरी १ असोजदेखि पठनपाठन सुरु गर्ने तयारी गरेको छ । कोरोनाका कारण […]
कोरोना संक्रमणको संटकमा विद्यार्थीहरुको पठन पाठनलाई सुचारु राख्न सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ । सो निर्देशिका अनुसार असोज १ देखि विद्यार्थी भर्ना कार्यक्रम सुरु गरेर स्कूलको कक्षाकोठामा गरिने अध्यापनको विकल्पमा प्रविधिका साधान प्रयोग गरेर पठन पाठनलाई अघि बढाउने तयारी गरिएको छ । गत भदौ १९ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गरिएको सो […]
मानिस मरेर घाट पुगेका बेला धेरै मलामीहरूको मुखबाट सुनिन्छ, ‘जीवन यस्तै त हो, एक दिन यहीँ आउनुपर्छ । लोभ, पाप र घमण्डको भकारी बोक्न जरुरी छैन । आखिर मरेर जाँदा लानु केही छैन ।’ मलामीहरूले घाटमा गुजारेको केही समयपछि नै आ–आफ्नो प्रवृत्ति बोकेर फेरि जीवनको पुरानै लयमा फर्कन्छन् । समाज उस्तै रहन्छ, बदलिँदैन । तर […]
२६ भदौ, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी)ले डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना आव्हान गरेको छ । १५ असोजभित्र आवेदन दिईसक्नुपर्ने सिटीईभिटीले जनाएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारी लक्षित निषेधाज्ञा र लकडाउनका कारण यो वर्ष सबै आवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था मिलाईएको सिटीईभिटीका प्रवक्ता अनोज भट्टराईले जानकारी दिए । प्रमाणपत्र […]