होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कैलालीको भजनी नगरपालिकामा सामाजिक सुरक्षा भत्ताको रकम कम आएपछि सेवाग्राहीहरुले पाउनुपर्ने पूरा रकम नपाएको खुलासा भएको छ । आर्थिक वर्ष २०७८/०७९ को अन्तिम चौमासिकमा सामाजिक सुरक्षा भत्ता पाउने नागरिकहरूका लागि सरकारबाटै आउने रकम कम आएका कारण सेवाग्राहीहरुले पाउनुपर्ने रकममा कटौती भएको पाइएको हो । आर्थिक वर्षको तेस्रो चौमासिकसम्म मागअनुसारको रकम आए पनि अन्तिम चौमासिकमा रकम […]
काठमाडौँ — सामसङ, एप्पल, गुगलजस्ता प्रमुख ब्रान्डका नयाँ–नयाँ मोडलका मोबाइल फोन चलाउनेहरू यति बेला ई–सिमको पर्खाइमा छन् । नेपाल टेलिकम (एनटीसी) मा यसबारे सोधीखोजी गर्ने क्रम बढिरहेको प्रवक्ता शोभन अधिकारीले बताए । टेलिकमले अबको केही दिनभित्र ग्राहकलाई ई–सिम वितरण गर्ने जनाएको छ । ‘यो सिम कसरी लिने, कहाँबाट लिने भनेर हामीलाई धेरै जिज्ञासा आइरहेका छन्,’ अधिकारीले भने, ‘जतिसक्दो […]
काठमाडौँ — दसैंमा सार्वजनिक सवारीसाधनलाई देशभर रुट पर्मिट खुला हुने भएको छ । दसैंमा यात्रुको चाप हुने स्थानमा सवारीसाधनको व्यवस्थापन सहज होस् भन्ने उद्देश्यले यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको हो । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीबीच बुधबार बसेको बैठकले सो निर्णय […]
काठमाडौँ — यसपटक एप्पलले अपनाएको सबैभन्दा ठूलो परिवर्तनमध्ये एक हो, आफ्नो स्मार्टफोनलाई भूउपग्र (स्याटलाइट) मा जोड्ने प्रविधि । कम्पनीले प्रयोगकर्ताको सुरक्षा र कनेक्टीभिटीलाई बढी महत्व दिएको छ । नेपाली समयअनुसार बुधबार राती एप्पलले आइफोन १४, एप्पल वाच र एयरपड्सका नयाँ मोडल सार्वजनिक गरेको थियो । कम्पनीका प्रमुख कार्यकारी टिम कुकसहित अन्य नेतृत्वदायी ओहदाका कर्मचारीले नयाँ […]
काठमाडौँ — दसैंका लागि राष्ट्र बैंकले भदौ अन्तिम सातादेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने भएको छ । भदौ २६ देखि बैंक तथा वित्तीय संस्था र २९ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने आन्तरिक तयारी गरिएको मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए । गत वर्षजस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर […]
यस पटकको दसैँतिहार जस्ता ठुला चाडपर्व विशेष सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ । स्वचालित मूल्य प्रणाली अनुसार नै सार्वजनिक यातायातको भाडा निर्धारण हुने हुँदा तत्काल चाडपर्व अघि भाडा वृद्धि नहुने यातायात व्यवस्था विभागले जनाएको हो । तर, चाडवाडलाई नै लिएर यात्रुहरूको चाप र सवारी साधनको व्यवस्थापनमा भने विभाग लागिसकेको प्रवक्ता ईश्वरी दत्त पनेरुले रातोपाटीलाई […]
नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र व्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो । केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न […]
काठमाडौं । ‘अर्थतन्त्रको संरचना परिवर्तन हुँदैछ, परिवर्तित सन्दर्भमा मध्यकालीन र दीर्घकालीन लगानी आवश्यक देखिन्छ, यसका लागि बैंकहरूले सोही अनुरुपको लगानी गर्नुपर्छ, जसका लागि ठूला बैंक आवश्यक पर्छ । ग्लोबल आईएमई र जनता बैंकबीचको मर्जरपछि यो बैंक ठूलो बनेको छ । यसले अब दीर्घकालीन र मध्यकालीन लगानी गर्न सक्छ ।’ तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले २०७६ […]
धनगढी: सुदूरपश्चिम युवा स्वरोजगार विकास कोषले कृषि कर्जा उपलब्ध गराउने भएको छ। व्यवसायिक खेती खर्न चाहने करिव २ हजार युवाहरूलाई युवा स्वरोजगार कोषले चालु आर्थिक वर्षमा कर्जा प्रदान गर्ने योजना बनाएको हो। प्रदेश भरका सहकारी संस्थालाई कार्यक्रममा सहभागी हुन कोषले सार्वजनिक सूचना जारी गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले १ अर्व २ करोड पुँजीको प्रदेश स्वरोजगार […]
नागरिक रैबार/बाजुरा १५ भदाै। जिल्लाको बडीमालिका नगरपालिका ३ रजालि बस्ने भिडि सार्कीका २० बर्षको छोरा क्यान्सर पिडित प्रकाश सार्कीको उपचारका लागि २ लाख ८७ हजार ६ सय ३६ रुपैया संकलन भएको छ । शार्कीकी आमा भिडि शार्कीले छोरो बचाउनका लागि सदरमुकाम मार्तडीमा गुहार गरेपछि समाज सुधार युवा क्लवले अभियान मार्फत सो रकम संकलन गरेको हो […]
नेपाल राष्ट्र बैंकले दसैंका लागि १० अर्ब रुपैयाँ बराबरको सुकिला (नयाँ नोट) को व्यवस्था गरेको छ । केन्द्रीय बैंकले भदौ २६ गतेदेखि बजार पठाउने गरी उक्त परिणामको नयाँ नोटको व्यवस्था गरेको हो । यद्यपि, भदौ २६ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई सुकिला नोट उपलब्ध गराइने तयारी भएपनि औपचारिक निर्णय भने भइनसकेको राष्ट्र बैंकका मुद्रा […]
विराटनगर — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समयमा आवश्यक परिमाण माग नगर्दा भारतले गहुँ निकासी गर्ने मुलुकको सूचीबाट नेपाल बाहिरिएको छ । रुस र युक्रेनबीचको युद्धका कारण भारतले गहुँको संकट पर्ने भन्दै वैशाख अन्तिममा यसको निकासीमा रोक लगाएको थियो । परिस्थितिअनुकूल भएसँगै निकासीलाई पुनः निरन्तरता दिन भारतले गहुँ आवश्यक पर्ने मुलुकसँग आवश्यक परिमाण मागेको थियो […]
काठमाडौं । वैदेशिक ऋण कुल गार्हस्थ उत्पादनको एक तिहाइ सीमा भित्र राखिने भएको छ । प्रतिनिधिसभाबाट मंगलबार पास भएको सार्वजनिक ऋण व्यवस्थापन विधेयकमा यस्तो व्यवस्था गरिएको हो । यो विधेयकमा अर्थ समितिले पठाएका ११ वटा संशोधित बुँदालाई प्रतिनिधिसभाले स्वीकार गरेको छ । जस अनुसार अब वैदेशिक ऋणको सीमा जीडीपीको एक तिहाइ सीमा भित्र राखिने छ […]
राष्ट्रिय स्तरका ‘क’ वर्गका वाणिज्य बैंकहरुले विदेशी विनिमय जोखिम मिलानका लागि हेजिङ सुविधा पाउने भएका छन् । यस्तो सुविधा बैंकहरुले एक वर्ष वा सोभन्दा बढी अवधिको विदेशी ऋण भित्र्याउँदा सो बापतको सावाँ तथा ब्याज बराबर हुने रकम र ऋणको अवधिसम्मको डेरिभेटिभ्स (प्रोपर्टी फर्वाड) को खरिद कारोबार गर्दा पाउनेछन् । यसका लागि सोही व्यवस्थाको बुँदा नम्बर […]
धनगढीः महालेखाले सुदूरपश्चिम प्रदेशसभा सचिवालयले ०७७/७८ मा पदाधिकारी र कर्मचारीको बैठकबापतको ३८ लाख ६ हजार खर्च नियमविपरीत गरेको जनाएको छ। महालेखा परीक्षकको प्रतिवेदन ०७९ को प्रदेशसभा सचिवालयअन्तर्गत बैठक खर्च शीर्षकमा भनिएको छ, ‘सचिवालयको मुख्य काम नै कानुन निर्माण गर्ने हो। सचिवालयका पदाधिकारी र कर्मचारीको बैठक भत्तामा ३८ लाख ६ हजार खर्च भएको छ। कार्यालय समयमा […]
काठमाडौँ — असमान ढंगले कर्मचारीहरुको तलव बढाइएको भन्दै काठमाडौं, भक्तपुर र ललितपुरका नायव सुब्बाहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन् । सोमबार अर्थ मन्त्रालयअगाडि तीन जिल्लाका नायव सुब्बाहरुले कर्मचारीको तलव समान ढंगले बढाउन माग गर्दै धर्ना दिएका हुन् । आइतबार सार्वजनिक भएको तलवमानमा बजेटको घोषणाविपरीत तलव बढाइएको भन्दै नायव सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचाहरू आन्दोलनमा […]
काठमाडौँ — यतिबेला ६ वटा वाणिज्य बैंकहरूको आधार दर नै दोहोरो अंकमा पुगेको छ । बैंकहरुले सार्वजनिक गरेको असार मसान्तसम्मको चाैथाे त्रैमासिक वित्तीय विवरणअनुसार सबै वाणिज्य बैंककाे औसत आधार दर ९.४६ प्रतिशत पुगेको छ । जबकि २०७८ असार मसान्तसम्म यस्तो आधार दर ६.८९ प्रतिशत थियो । एक वर्षको अवधिमा आधार दर नै २.५७ प्रतिशत बिन्दुले […]
काठमाडौं । खुद ब्याज आम्दानी वृद्धिसँगै सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकमबाट राइटब्याक गर्दा राष्ट्रिय वाणिज्य बैंकको नाफा बढेको छ । बैंकले गत आर्थिक वर्षमा ५ अर्ब भन्दा बढी मुनाफा आर्जन गरेको छ । शुक्रबार बैंकले आर्थिक वर्ष २०७८/७९ मा पाँच अर्ब २५ करोड ३९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको […]
बझाङ: बझाङको मस्टा गाउँपालिकाले ४० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ। आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्याक्रममार्फत ४० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो। सोही निर्णय अनुसार गाउँपालिकाले आइतबार सार्वजनिक सूचना जारी गर्दै ४० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ताका लागि आवेदन दिन अनुरोध गरेको […]
गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले साढे २१ करोड रुपैयाँभन्दा बढीको तास विभिन्न देशबाट आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्यको तास आयात गरेको हो । सो अवधिमा २१ करोड ५४ लाख ४५ हजार रुपैयाँको तास नेपाल भित्रिएको विभागले जनाएको छ । उक्त मूल्यमा १ करोड […]