होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विदेशी मुद्रामा ऋण लिने बैंकहरुले हेजिङ सुविधा पाउने
समाचार

विदेशी मुद्रामा ऋण लिने बैंकहरुले हेजिङ सुविधा पाउने

  • नागरिक रैबार
विदेशी मुद्रामा ऋण लिने बैंकहरुले हेजिङ सुविधा पाउने

राष्ट्रिय स्तरका ‘क’ वर्गका वाणिज्य बैंकहरुले विदेशी विनिमय जोखिम मिलानका लागि हेजिङ सुविधा पाउने भएका छन् । यस्तो सुविधा बैंकहरुले एक वर्ष वा सोभन्दा बढी अवधिको विदेशी ऋण भित्र्याउँदा सो बापतको सावाँ तथा ब्याज बराबर हुने रकम र ऋणको अवधिसम्मको डेरिभेटिभ्स (प्रोपर्टी फर्वाड) को खरिद कारोबार गर्दा पाउनेछन् । यसका लागि सोही व्यवस्थाको बुँदा नम्बर ग र घ मा उल्लेखित सीमा लागू नहुने समेत बैंकले बताएको छ । यसअघि यस्तो व्यवस्था थिएन ।
विदेशी विनिमय कारोबार तथा व्यवस्थित गर्न बनको एकीकृत परिपत्र–२०७८ संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

के हो हेजिङ सुविधा ?
विदेशी विनिमयको दरमा आएको परिवर्तन वा उतारचढावबाट सिर्जना हुने सम्भावित जोखिम व्यवस्थापन गर्ने सुविधा नै हेजिङ हो । यस्तो सुविधा बैंकहरुलाई विदेशबाट लगानी ल्याउँदा मुद्राको सटही दरमा परिवर्तनबाट हुने संभावित नोक्सानीबाट बच्न प्रदान गरिन्छ । अर्थात् विनिमयदर तलमाथि हुँदा समेत जुनदरमा ऋण वा लगानी लिइएको हो सोही पहिलेकै दर बराबर कारोबार गर्न पाउने सुविधा नै हेजिङ सुविधा हो । यस्तो सुविधा प्रायः पूर्वाधार क्षेत्रमा लगानी गर्न आउने लगानीकर्तालाई विनिमय जोखिम न्यूनीकरण गर्न हेजिङ फण्डको स्थापनासहित सुविधा प्रदान गर्ने गरिन्छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार