होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दसैंमा सार्वजनिक यातायातलाई देशभर रुट पर्मिट खुला
समाचार

दसैंमा सार्वजनिक यातायातलाई देशभर रुट पर्मिट खुला

यात्रुले मास्क प्रयोग गर्नुपर्ने

  • नागरिक रैबार
दसैंमा सार्वजनिक यातायातलाई देशभर रुट पर्मिट खुला

काठमाडौँ — दसैंमा सार्वजनिक सवारीसाधनलाई देशभर रुट पर्मिट खुला हुने भएको छ । दसैंमा यात्रुको चाप हुने स्थानमा सवारीसाधनको व्यवस्थापन सहज होस् भन्ने उद्देश्यले यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी तथा यातायात व्यवसायीबीच बुधबार बसेको बैठकले सो निर्णय गरेको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले जानकारी दिए । घटस्थापनाको दिन अर्थात् असोज १० गतेदेखि पूर्णिमाका दिन अर्थात् २३ गतेसम्म सार्वजनिक सवारीसाधनलाई देशभर सञ्चालनका लागि रुट पर्मिट जरुरत पर्ने छैन । यद्यपि कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीका सम्बन्धमा भने बन्देज यथावत रहनेछ ।

त्यस्तै असोज १५ देखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म अत्यावश्यक ढुवानीबाहेकका ट्रेलर तथा ढुवानीका साधन सञ्चालनमा रोक लगाउने निर्णय पनि बैठकले गरेको छ । कोभिड १९ को जोखिम यथावत रहेकाले दसैंका यात्रुलाई यातायात व्यवसायीले मास्कको प्रयोग गराउनुपर्नेछ । दसैंका लागि असोज १ देखि सार्वजनिक सवारीसाधनको टिकट बुकिङ खुला हुँदैछ ।

विज्ञापन

May be an image of text

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार