होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, २० चैत । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्लीस्थित दूतावासमा चुच्चे नक्सा झुन्ड्याएर फर्किने कि त्यसै फर्किने भनेर प्रश्न गरेका छन् । एमालेनिकट बुद्धिजीवी परिषद्को १०औं राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रधानमन्त्रीज्यू, भारत भ्रमणबाट दूतावासमा चुच्चे […]
काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आजदेखि हुने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गरेका नेपालसहित १४ जना सांसद्विरुद्ध दायर गरेको रिटमा सर्वोच्चले यसअघि अन्तिम सुनुवाइका लागि चैत २० गते पेसी तोक्न आदेश जारी गरेको थियो। एमालेबाट अलग हुनु अघि नै […]
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार दुई प्रधानमन्त्रीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्धिपक्षीय वार्ता हुनेछ । द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा […]
काठमाडौँः प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले दुईतिहाइ बढी सिट ल्याउने दाबी गरेका छन्। ललितपुर महानगरपालिका वडा नम्बर १८ मगरगाउँमा शुक्रबार आयोजित कार्यक्रम सम्बोधन गर्दै उनले वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा एमालेले दुईतिहाइ बढी सिट ल्याउने दाबी गरेका हुन्। आसन्न निर्वाचनले एमालेलाई स्थानीय तहमा फेरि १ नम्बरको शक्तिशाली […]
, काठमाडौं । लगानी बोर्डले सूर्यतारा सिमेन्ट परियोजना निर्माण, सञ्चालन एवम् व्यवस्थापनका लागि १४ अर्ब २७ करोड ५० लाख बराबरको लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको ५० औं बैठकले लगानी स्वीकृत गरेको हो । सूर्यतारा सिमेन्ट उद्योग सुर्खेतको पञ्चपुरमी स्थापना हुने छ । यस्तै बैठकले नवलपरासीको […]
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज नयाँदिल्ली प्रस्थान गर्दैछन् । देउवा देशको पाँचौ पटक प्रधानमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो भारत भ्रमण हो । नेपालको प्रधानमन्त्रीले पछिल्लो चार वर्षमा गर्न लागेको यो भारतको पहिलो भ्रमण पनि हो । भारत भ्रमणको नाममा यसपटक प्रधानमन्त्री देउवाले तीनवटा परम्परालाई तोडेका छन् । उनले […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री धवल शम्शेर राणाबीच भेटवार्ता भएको छ ।नेपालगञ्जको स्नेहा होटलमा बिहीबार राति ओली र राणाबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो । अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको […]
नागरिक रैबार/बाजुरा १७ चैत्र। नेपाली काँग्रेस बाजुराको चुनावी सभा मार्तडीमा सम्पन्न भएको छ । घर-घर जाऔं काँग्रेस जिताऔं भन्ने मुल नाराका साथ नेपाली काँग्रेस बाजुराले विहिबार दोस्रो पटक जिल्ला स्तरीय चुनावी सभाको आयोजना गरेको थियो । चुवानी सभालाई सम्बोधन गर्ने सवै नेताहरुले आगामी बैशाख ३० गतेको चुनावमा काँग्रेसलाई देशकै ठुलो पार्टी बनाउन सवै जनताले लाग्नु […]
काठमाडौं । चैत १४ गते कपिलवस्तुमा आयोजित नेकपा एमालेको सभामा बोल्दै अभिनेत्री करिश्मा मानन्धले आफ्नो न्वानरको नाम सुर्जेकुमारी भएको बताइन् । उनको यो अभिव्यक्तिले राम्रै चर्चा बटुल्यो । राजनीतिक वृत्तदेखि फिल्म नगरीसम्म करिश्माको कपिलवस्तु कथनलाई लिएर गसिप बने । कतिपयले उनको यो भनाइलाई लिएर व्यंग्य समेत गरे । कतिपयले करिश्माको छातीमा खोपिएको ट्याटुलाई लिएर सामाजिक […]
काठमडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफूहरुले २०० पालिका प्रमुखमा जित हासिल गर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा वामपन्थी दलहरुमध्ये आफूहरु पहिलो हुने दावी गरे । गठबन्धन भएमा एमालेले १६० पालिका जित्ने उहाँहरुकै अध्यन रिपोर्ट छ । बाहिर ७० […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानु अघिल्लो दिन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्यो । चुनावी तालेमलबारे छलफल बोलाइएको बैठकमा सत्तारुढ दलका नेताहरुले भारत भ्रमणको एजेण्डाबारे चासो राखेका थिए । नेकपा एकीकृत समाजवादी नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एजेण्डा राखेर सुझाव दिन आग्रह गरेका […]
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज कर्णालीका जिल्लाहरुको दौडमा छन् । उनी सिम्रिक एअरको हेलिकप्टरमा विहान नौ बजे दैलेखको दुल्लुमा दुल्लु नगर कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेर जुम्ला गइसकेका छन् । दुल्लुमा सम्बोधन गर्दै उनले दैलेख जनताको सुख, दुःखमा एमाले साथमा रहेको बताए । ओलीले भने, ‘एमाले हिजो पनि विकास […]
, काठमाडौं । सत्तारुढ दलहरुले स्थानीय तह चुनावमा एकतावद्ध भएर जाने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले चुनावमा मिलेर जाने सहमति गरेको हो । बैठकले महानगरपालिकाको उम्मेद्वारीबारे निर्णय केन्द्रबाटै गर्ने र अन्यका लागि निर्णय गर्न अधिकार तल्ला तहमा दिने निर्णय पनि बैठकले गरेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए । […]
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् । बिहीबार रिपोर्टस क्लब नेपालको २४ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री कार्कीले १० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढेकाले यसमा सबैको साथ र सहयोग आवश्यक रहने बताए । सरकार प्रेस स्वतन्त्रता, […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन निर्वाचनसम्म कायम रहनेमा दुविधा नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले गठबन्धन एउटा सन्दर्भमा जन्मिएको भन्दै संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनाइएको गठबन्धन कायम रहने नरहने भन्नेमा कुनै दुविधा नरहेको बताएका हुन् । ‘निर्वाचन अगाडि छ […]
नागरिक रैबार/बाजुरा १६ चैत्र ।नेपाली काँग्रेसका एक कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको २४ घण्टा नपुग्दै आज फेरी आफ्नै पार्टी काँग्रेसमै फर्किएका छन् । हिजो मंगलबार काँग्रेस छाडेर एमाले प्रवेश गरेका बडीमालिका ८ गणखेतका अर्जुन रावल एमाले प्रवेश गरेको २४ घण्टा नपुग्दै आज फेरी काँग्रेसमै फर्किएका हुन् । बडीमालिका नगरपालिका ८ का वडा अध्यक्ष प्रकाश रावलले […]
काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनबिना एमालेसँग चुनाव लड्न सक्ने हिम्मत नै नभएको बताएका छन् । अहिलेको पाँच दलिय गठबन्धनमा रहेका दलहरूलाई एक्ला एक्लै चुनावमा लड्ने हिम्मत नै नभएको बताए । ‘एक्लै एमालेसँग लड्छु भन्ने सोच्नै सकिँदैन। हामीलाई पनि अलिकति हैसियत मिल्नेसँग चुनाव लड्न सजिलो हुन्छ । उनीहरू एक्लै भयो भने त हामीले […]
काठमाडौं । विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको पहिलो राष्ट्रिय भेला बिहीबार सुरु हुने भएको छ ।भेलाबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य मदन अर्यालले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भोलि दिउँसो १२ बजे भेलाको उद्घाटन हुने र भेलामा ५० जिल्लाका प्रतिनिधि सहभागी हुने जानकारी दिए । भेलाको उद्घाटन समारोहमा नेकपा क्रान्तिकारी […]
काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मिलेमतो गरेको भन्दै एमाले संसदीय दलले मुख्यमन्त्री केसीको राजीनामा मागेको हो । १२०० शय्याको १० तले अस्पताल भवन बनाउन करिव डेढ अर्ब घोटाला गर्ने गरी स्पेसिसिकेसन बनाएर ठेक्का लगाइएको थियो । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का प्रक्रियामा […]
नेकपा एमाले मकवानपुरले आगामी चैत २५ गतेभित्र स्थानीय तह निर्वाचनको लागि उम्मेदवार छनोट गर्ने भएको छ । एमाले मकवानपुरको मंगलबार बसेको जिल्ला सचिवालय बैठकले एक सर्कुलर जारी गर्दै निर्वाचन सम्बन्धी कार्यतालिका निर्माण गर्दै आगामी चैत २५ भित्रै उम्मेदवार छनौट गर्ने तय गरेको हो । कार्यतालिका अनुसार गाउँपालिकाको वडा कमिटीको बैठक चैत २३ र २४ गते […]