होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । एकीकृत समाजवादीका १० सांसद मन्त्री हेरफेरको निर्णयविरुद्ध उभिएका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ८बुँदे ध्यानाकर्षण पत्र बुझाएकका उनीहरुले बजेटमाथि छलफल चलिरहेका बेला मन्त्रीमण्डल पुनर्गठन गर्न खोज्नुलाई स्वाभाविक मान्न नसकिने बताएका छन् । बिहीबार बुझाइएको ध्यानाकर्षण पत्र बुझाउने १० सांसदमा मन्त्रीबाट फिर्ता बोलाउने निर्णय भएका रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार […]
नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरुले पार्टीको निर्णय नमानेको भन्दै नेताहरु आक्रोशित भएका छन् । पार्टीको सचिवालय र स्थायी समिति बैठकले मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेपनि मन्त्रीहरु सरकारमा टाँसी रहेको भन्दै नेताहरुले दुःख व्यक्त गरेका हुन् । ‘पार्टीले गत वैशाख २२ गतेको सचिवालय बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गर्यो । मन्त्रीहरुले बजेटमाथिको मन्त्रालयगत रुपमा जवाफ […]
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईले मन्त्री आलेलाई कुनै पनि सार्वजनिक पदमा आउन नहुने र आगामी निर्वाचनमा समेत प्रतिस्पर्धा गर्न रोक लगाउनेगरी आदेश माग गरेका छन्। मन्त्री आले बारम्बार विवादमा आउने गरेको र अश्लील गालीगलौज गरी समाजमा अश्लीलता फैलाउने काम […]
काठमाडौं, ८ असार । सत्ता गठबन्धनका शीर्ष नेताहरु संघीय संसद्को निर्वाचनको मिति घोषणा गर्नेगरि छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । […]
मंगलबार काठमाडौंमा घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता रोक्न निर्वाचन आयोगमा थप अर्को उजुरी परेको छ । बुधबार आगामी प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका मनोज पण्डित, राजकुमार बजगाइँ, पुष्कर शाहसहित ४ जनाले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता रोक्न माग गर्दै आयोगमा उजुरी दिएका हुन् । उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई बुझाएको निवेदनमा भनिएको […]
काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति घोषणा नहुँदै गठबन्धनका विकल्प र सिट बाँडफाँटका विषयमा प्रमुख दलहरूले गृहकार्य थालेका छन् । स्थानीय निर्वाचनमा जस्तै पाँचदलीय गठबन्धन र एमालेसहितको विपक्षी दलबीच प्रतिस्पर्धा हुने सम्भावना छ । तर बहुमतको अंकगणितीय खेल र सिट बाँडफाँटको दाउपेचले समीकरण फेरिने सम्भावना पनि रहेको राजनीतिक दलका नेताहरू बताउँछन् । सत्तारूढ पाँच दलमा यसअघि नै […]
काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।काठमाडौंमा एक कार्यक्रम गरेर उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने माग पनि राखेका छन् । उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे ।स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रहेको […]
सांसदहरूले सरकारले समयमै विद्यालयमा किताब पुर्याउन नसकेको सरकारको आलोचना गरेका छन्।मंगलबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसदहरूले किताब पुर्याउनेजस्तो कुरामा यो वा त्यो बहाना गर्न नमिल्ने बताए।बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले नेताहरू दुर्गममा हेलिकप्टर चढेर पुग्न सक्छन् भने पुस्तक किन पुग्दैन भनेर प्रश्न गरे। ‘ठूला नेता हेलिकप्टरमा दुर्गम क्षेत्र […]
काठमाडौं, ७ असार । राजनीतिमा होमिएका रवि लामिछाने आफ्नो पार्टीका संरचनाबारे जानकारी गराएका छन् । उनले मंगलबार आयोजित घोषणा सभामा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को सात विशेषताबारे जानकारी गराएका हुन् । आफूले प्रस्तावित गरेको पार्टीले प्रत्यक्ष निर्वाचिन प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्मको विशेषता प्रस्तुत गरेका छन् । उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट […]
काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने कुन ठाउँबाट चुनाव लड्लान् भन्ने चासो सबैलाई छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरे पनि उनले आफूले कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भनेर स्पष्ट खुलाएनन् । ‘मलाई निर्वाचन क्षेत्रका बारेमा पनि प्रश्न आइरहन्छ,’ उनले भने, ‘तपाईँ कुन निर्वाचन क्षेत्रबाट कहाँबाट उठ्नुहुन्छ भन्ने प्रश्न आउँछ ।’ आफूलाई […]
चर्चित सञ्चारकर्मी रवि लामिछानेले राजनीतिको हिलो सफा गर्न आफू हिलोमा डुबुल्की मार्न आएको बताएका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा आफू राजनीतिमा आएको घोषणा सभामा बोल्दै उनले राजनीतिको हिलो सफा गर्न आएको उल्लेख गरेका हुन् । उनले भने–‘राजनीतिमा कति हिलो–मैलो छ मलाई थाहा छ । यो राजनीतिको हिलो सफा गर्न म हिलोमा डुबुल्की मार्नुपर्छ । […]
काठमाडौँ — स्थानीय तह निर्वाचनमा गाउँपालिका, नगरपालिका र उपमहानगरभन्दा महानगरपालिकामा मत बदर बढी भएको पाइएको छ । निर्वाचन आयोगले तयार गरेको मत बदरसम्बन्धी प्रारम्भिक विवरणमा बाजुराको बुढीगंगाबाहेक निर्वाचन सम्पन्न भएका सबै गाउँपालिकामा खसेको कुल मतको औसत १४.३१ प्रतिशत बदर भएको छ । गाउँपालिकाका सातै पदमा २ करोड ९४ लाख ८८ हजार ९ सय ८८ मत खसेकामा ४२ […]
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले परराष्ट्रमामिलामा कार्ड खेल्न नहुने बताएका छन् । मंगलबार काठमाडौंमा पूर्वराजदूतहरूको समूहले नेपालको परराष्ट्रमामिलाबारे गरेको अन्तरक्रियामा ओलीले छिमेक सम्बन्धनमा कार्ड खेल्दा नेपाल फस्ने बताएका हुन् । छिमेकीसँग एउटा कुरा गर्ने र बाहिर अर्को कुरा गर्दै पृथ्वीनारायण शाहले भनेझैं ‘दुई ढुंगाबीचको तरुल’का रूपमा नै नेपाल रहिरहने […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असार १० गतेभित्रै विभाग गठनको तयारी थालेका छन् ।नवनिर्वाचित कार्यसमितिले सपथ लिएको असार १० गते ६ महिना पुग्ने भएकाले त्यसअघि नै देउवाले विभाग गठन गर्ने तयारी गरेका हुन् । विधान अनुुसार विभाग तथा समितिहरु महाधिवेशन पश्चात् ६ महिना भित्र गठन गरिसक्नुपर्ने व्यवस्था छ । पुस १० गते सपथ […]
टेलिभिजन प्रस्तोता छाडेका रवि लामिछानेका दाजुभाइ नै संघीय संसदको निर्वाचनमा उठ्ने भएका छन् । दशकौँ लामो सक्रिय सञ्चार कर्म छाड्ने घोषणा गरेका रविका दाजु हरिशरण लामिछानेसमेत संघीय संसदमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि हरिशरणले ‘स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माण’ अभियानको घोषणा गरेका छन् । ‘देशैभरका स्वतन्त्र उम्मेदवारबीच न्युनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरि […]
काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई निलम्बन गरेको छ । आइतबार काठमाडौंमा बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले उपाध्यक्ष कार्की र ८ जना केन्द्रीय सदस्यरुलाई निलम्बन गर्ने निर्णय गरेको हो । कार्कीसहित केन्द्रीय सदस्यहरु बसन्ता भण्डारी, पदम नेपाली, रमेश खड्का, बालकुमार केसी, उपदेश यादव, सन्जिव चौधरी, रविन बस्नेत र […]
काठमाडौं, ६ असार । नेकपा एमालेका नेता लालबाबु पण्डितले अर्थमन्त्री जनार्दन शर्मा राजीनामा गरी जेल जान तयार हुनुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पण्डितले भने, “बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिसँग साँठगाँठ गरी निश्चित व्यक्ति र संस्थालाई लाभ पुग्ने हिसाबले राजस्वको दरहरु परिवर्तन […]
बाजुरा- नागरिक रैबार/बाजुरा ५ असार । हिमाली गाउँपालिकाको प्रवक्तामा भिमानन्द पाण्डेलाई तोकिएको छ । गाउँपालिमा आज नवनिर्वाचित कार्यपालिकाकाे पहिलाे बैठकबाट हिमाली ४ का वडा अध्यक्ष समेत रहेका पाण्डेलाई पालिकाको प्रवक्तामा तोकिएका हो । त्यस्तै पालिकाको पहिलो बैठकले गरेको निर्णय सार्बजनिक गर्दै स्वास्थ, शिक्षा, खानेपानी र विद्युतमा विशेष लगानी गर्ने गाउँपालिकाले जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कारबाहीको माग गर्दै उजुरी परेको छ । संघीय संसद सचिवालयमा आइतबार उनीविरुद्ध उजुरी परेको हो । सांसदसमेत रहेका आलेलाई सांसदको आचारसंहिता उल्लंघन गरी अपशब्द बालेको तथा धम्क्याउनु कार्यमा संलग्न भएकाले कानुनी कारबाहीको माग गर्दै सचिवालयमा उजुरी परेको हो । अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराई तथा कानुनकी विद्यार्थी […]