होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नवलपरासी । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी संगठनका तीन विद्यार्थी नेता पक्राउ परेका छन । अखिल क्रान्तिकारीका लुम्बिनी ब्युरो इन्चार्ज विरेन्द्र विक, अखिल क्रान्तिकारीका पश्चिम नवलपरासीका जिल्ला संयोजक शारदा भण्डारी र अर्घाखाँची जिल्ला सदस्य एवम् नवलपुरका पूर्व विद्यार्थी संयोजक नयनसिंह खड्का नविनलाई प्रहरीले नवलपरासीको सुनवलको रमवापुरबाट पक्राउ परेका हुन ।
नागरिक रैबार/बाजुरा ९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यस समिति बाजुराका सभापति कविराज पण्डितले जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत डिएसपी उद्धवसिंह भाटले बाजुरामा कानुन विपरित काम गरिरहेको आरोप लगाएका छन् । प्रेस युनियन जिल्ला शाखा बाजुराले विहिबार विहान मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति पण्डितले यस्तो आरोप लगाएका हुन् । बाजुरामा डिएसपी भाटले आस्था र […]
काठमाडौं – गृह मन्त्रालयले कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानका लागि प्राविधिक विज्ञ टोली गठन गरी अनुसन्धान सुरु गरेको छ। मन्त्रालयले एक हप्ताअघि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजालको संयोजकत्वमा प्रहरी प्रधान कार्यालयका प्रहरी अधिकृत, शिक्षण अस्पतालका चिकित्सकसहितको अनुसन्धान टोली गठन गरेको हो। मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्णल […]
खबर संवाददाता/बाजुरा ४ असोज। ‘विप्लव’ समुहका बाजुरा जिल्लाका सह–सचीव दानबहादर सड्का (किशोर) नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । उनले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गरेका हुन् । विश्वभरी सुरुभएको कम्युनिष्ट आन्दोलनका एक हिंसाका रुपमा नेपालमा पनि समान्ती, दलाल, पुजीवादी, अधियानयकत्वका विरुद्ध संर्घष गरी गरिव, निमुखा […]
काठमाडौँ — सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कसैको रहरले संविधान संशोधन नहुने बताएका छन् । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा बिहीबार मन्त्री बाँस्कोटाले उक्त कुरा बताएका हुन् । ‘औचित्य र आवश्यकताको आधारमा मात्र संविधान संशोधन हुन्छ। कसैलाई रहर लाग्दैमा संशोधन हुँदैन,’ उनले भने,’संशोधन केका लागि हो? कसको अधिकार संविधानले रोक्यो? पुष्टि […]
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले अवतरणको तयारीमा रहेका जहाज आकाशमै होल्ड भएको बारे छानविन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन्। बिहीबार बिहान दूरी मापन गर्ने उपकरण अचानक बिग्रिएपछि कतार एयरलाइन्सलगायतका ठूला जहाजलाई करिब दुई घन्टा आकाशमै होल्ड गरिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओम्नीडाइरेक्सनल […]
काठमाडौँ — नेकपाले एकीकरणपछि पहिलोपटक सञ्चालन गर्न लागेको स्कुल विभागको प्रशिक्षण सम्मेलनमा कार्यकर्तालाई ‘सी चिनफिङ पथ’ बारे प्रशिक्षण दिने भएको छ । असोज ६ र ७ गते काठमाडौंमा हुने सम्मेलनको पहिलो कक्षामै चिनियाँ राष्ट्रपति सी चिनफिङको राजनीतिक दर्शन र सिद्धान्तबारे जानकारी गराउने तयारी भएको विभाग प्रमुख ईश्वर पोखरेलले बताए । सम्मेलन तयारीका लागि चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि […]
जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको मोह अत्यधिक बढ्न थालेको पाइएको छ । जनप्रतिनिधि दिनहुँ ताँती लगाएर विदेश भ्रमणमा गइरहेका छन् । पछिल्लो १४ महिनाको अवधिमा मात्रै ३ सय जनप्रतिनिधि विदेश भ्रमणमा गएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार […]
१ असोज, काठमाडौं । मलेसियामा जाने कामदारको मेडिकल शुल्क बढेको छ । दुईदेशबीच भएको श्रम समझदारी अनुरुप नै मेडिकल शुल्क बढेको हो । मेडिकलको सबै शुल्क भने मलेसियाली रोजगारदाता कम्पनीले नै बेहोर्ने भनिएको छ । नेपालबाट मलेसिया जाने कामदारको मेडिकल परीक्षणबात अब ७ हजार ६६४ रुपैयाँ तिर्नुपर्नेछ । यसमा स्वास्थ्य परीक्षण शुल्क ४ हजार ५ […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अराजक तत्त्वहरुले भ्रम सिर्जना गर्दै वर्तमान व्यवस्थालाई मास्ने षड्यन्त्र भइरहेकाले प्रतिवाद गर्न आव्हान गरेका छन् । ‘केही त्यस्ता तत्त्वहरुले हत्केलाले सूर्यलाई छेक्ने जस्तो प्रयास गरिरहेका छन् । जनतामा भ्रम छरिरहेका छन् । त्यस्ताप्रति सर्तक र रहन र त्यस्ताविरुद्ध प्रतिवाद गर्नुस्,’ अध्यक्ष प्रचण्डले भने । […]
नागरिक रैबार/बाजुरा २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा नेकपा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । दुई दिन अघि धनगढीमा बसेको नेकपा सुदूरपश्चिम कमिटीको बैठकले सुदूरपश्चिमका ९ वटै जिल्लाका ८८ वटा स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशले […]
धनगढी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले पार्टीभित्र गुटगत भेला गरे कारबाही गर्ने निर्णय गरेको छ।पार्टीको प्रदेश कमिटी बैठकले गरेका निर्णय सार्जजनिक गर्न शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अनुशासन पालना गर्न सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिएको हो। एकताबद्ध दुवै पूर्व पार्टीभित्र (तत्कालीन नेकपा र तत्कालीन माओवादी) का कतिपय समूहले पार्टी निर्णय विपरीत समूहगत […]
नागरिक रैबार/बाजुरा २७ भदौ। नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका बाजुराका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका बाजुरा जिल्लाका सह– सेक्रेटरी दानबहादुर खड्का लाई प्रहरीले शुक्रबार दिउसो बुढीगंगा नगरपालिकाको वडा नं. ७ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख एंव प्रहरी निरिक्षक जनकराज ढुंगानाले बताएका छन् । प्रहरी निरिक्षक ढुंगानाका अनुसार […]
कैलाली २७ भाद्र/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । दुई दिन सम्म धनगढीमा बसेको नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले ९ जिल्लाका ८८ वटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो । सबै स्थानीय तहका अध्यक्ष र सचिवको टुङगो लगाएको नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ। दुई दिन सम्म धनगढीमा बसेको नेकपाको सुदूरपश्चिम कमिटीको बैठकले ९ जिल्लाका ८८ वटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो। ८८ वटै स्थानीय तहका अध्यक्ष र सचिवको टुङगो लगाईएपनि आज सार्वजनि गर्ने तयारी रहेको नेकपाले जनाएको छ। नेकपा […]
काठमाडौं : आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले निर्वाचन आयोगमा दल दर्ता गरेको छ। बिहीबार पार्टीका निर्वाचन विभाग प्रमुख प्रदीप ज्ञवाली नेतृत्को टोलीले आयोगमा दल दर्ता गराएको हो। नेकपाले दल दर्ताका लागि महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको थियो। महासचिव पौडेलले आयोगमा दर्ताका लागि तयार गरेको पत्र पार्टीको निर्वाचन विभाग […]
जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश २ का दुई जिल्लाका केही पदाधिकारीहरुलाई बिरोधकै बीच शपथ ग्रहण गराइएको छ । पदाधिकारी चयनप्रति असन्तुष्टी जनाउँदै बिरोध गरेका नेता÷कार्यकर्ताहरु घर फर्केपछि नेकपाले केही पदाधिकारीहरुलाई राति शपथ ग्रहण गराएको हो । नेतृत्व वर्गले सदस्य नै नभएका व्यक्तिहरुलाई पदाधिकारीसम्म बनाएको भन्दै शपथ ग्रहण स्थलमा नाराबाजी गर्दै कुर्सी तोड्फोड […]
काठमाडौं। निर्वाचन आयोगले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि ३७ जिल्लामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाता रहेको बताएको छ । आयोगले विभिन्न ३७ जिल्लामा हुने उपनिर्वाचनका लागि १ सय ५४ वडामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाताको नामावली संकलन भएको बताएको हो । आयोगले मतदाता नामावलीउपर दाबी विरोधसमेत आह्वान गरेको […]
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ । नेकपाभित्र पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल, नारायकाजी श्रेष्ठ तथा रामबहादुर थापाल छुट्टाछुट्टै गुट सञ्चालन गर्दा त्यसको असर तलसम्म परेको हो । नेताबीचको विवादलाई लिएर सामाजिक सञ्जालमा केन्द्रीय नेताले जथाभावी […]
काठमाडौं : प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो बस्दैछ। दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईले जनाएका छन्। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।