होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • दसैंको दिन मुख्यमन्त्री भट्टको सडक अनुगमन
देश/प्रदेश

दसैंको दिन मुख्यमन्त्री भट्टको सडक अनुगमन

  • नागरिक रैबार
दसैंको दिन मुख्यमन्त्री भट्टको सडक अनुगमन

डोटी – दशैं मनाउन आफ्नो गृह जिल्ला डोटी आएका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो निर्वाचन क्षेत्रमा काममा चासो राखेका छन् । उनले दसैंको मुख्य दिन फलेडी बगर धिर्कामाण्डौ सडकको निरिक्षण गरेका छन् ।उक्त सडक मुख्यमन्त्री भट्टको आफ्नो निर्वाचन क्षेत्र ख मा निर्माण भईरहेको छ ।

निरिक्षणका क्रममा उनले सडक निर्माणको काममा शुरुवात देखी नै ध्यान दिन सम्बन्धीत पक्षलाई निर्देशन दिए । फलेडी बगर धिर्कामाण्डौ सडको लम्बाई ९.५ किलोमिटर रहकको छ ।

सो सडक खण्ड कालोपत्रे गर्नका लागि प्रदेश सरकारले २२ करोड ९१ लाख ४९ हजार चार सय ९५ रुपैयामा ठेक्का सम्झौता भईसकेको पुर्वाधार विकास कार्यालय डडेल्धुराका इन्जिनियर दिपक नेगीले जानकारी दिए ।

विज्ञापन

डोटी प्रदेश सभा निर्वाचन क्षेत्र ख बाट निर्वाचित मूख्यमन्त्री त्रिलोचन भट्टको पहलमा जिल्लाका ग्रामिण क्षेत्र जोड्ने ३ वटा सडक अन्तरगत ३२.६ किलोमिटरका लागी कुल ७८ करोड ८८ लाख ६२ हजार ३७ रुपैँयाको लागतमा सडक कालोपत्रेको काम सुरु भएको पुर्बाधार बिकास कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले सिलगढी ओखरबोट ओसाईल बगलेक झिग्राना सडक, सिलगढी कलेना दल्लेक मेल्लेक बझाङ जोड्ने सडक र फलेडी बगर धिर्कामाण्डौैंं जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार