होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, माघ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • नेकपाका नेताले कुटे आफ्नै पार्टीका वडाअध्यक्ष
पत्रपत्रिका

नेकपाका नेताले कुटे आफ्नै पार्टीका वडाअध्यक्ष

  • नागरिक रैबार
नेकपाका नेताले कुटे आफ्नै पार्टीका वडाअध्यक्ष

ओखलढुंगामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी सचिवालय सदस्य अशोक थापाले आफ्नै पार्टीका वडाअध्यक्षमाथि कुटपिट गरेका छन् ।शनिबार बेलुका पार्टीको आन्तरिक विवादकाकारण थापाले चिसंखुगढी गाउँपालिका–२ का वडा अध्यक्ष नरेन्द्र वस्नेतलाई गिलास प्रहार गरेका हुन् ।

गिलास प्रहारबाट बस्नेतको आखामाथी चोट लागेको छ । पार्टीको कार्यक्रम सकेर वडा नं. २ स्थित पोखरेमा खाजा खाने क्रममा विवाद हुँदा थापाले आफूमाथि गिलास प्रहार गरेको घाईते वस्नेतले बताए ।

उनको खानीभञ्ज्याङ्स्थित स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । बस्नेत नेकपाका चिसंखुगढी गाउँपालिका कमिटीका अध्यक्ष समेत हुन् । पार्टीको आन्तरिक असहमतिका विषयलाई लिएर अघि देखि नै थापासहितका नेता र नेकपाको कमिटीबीच विवाद हुँदैै आएको थियो ।

विज्ञापन

नेकपा जिल्ला कमिटी सचिवालय सदस्य थापाले आफू र प्रदेशसभाका सांसद अम्बिरबाबु गुरुङलाई जोडेर गाली गलौज गर्दै आक्रमणको प्रयास गरेकाले प्रतिवाद गर्न खोज्दा उनी घाईते भएको बताए ।

उनले आफूमाथि हात हालेपछि घटना भएको स्वीकारेका छन् । उनीहरुबीच स्थानीय एक विद्यालयमा कर्मचारी नियुक्ति, सोही गाउँपालिकाको वडानम्बर ३ मा २० गते हुने भनिएको दशै विशेष कार्यक्रम तथा थापाको जिम्मेवारीमा काम भएको चार्खु–आँपस्वाँरा सडक आयोजनामा भएको भनिएको अनियमितताको विषयलाई लिएर पार्टी कमिटी तथा जनप्रतिनिधीहरुसँग विवाद भएको घटनाका प्रत्यक्षदर्शीहरुले बताउने गरेका छन् । घटनाका बिषयमा नेकपाका नेताहरु मौन रहेका छन् । रातोपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार