होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए राति आगलागी भएको छ । आगलागीका कारण सवारी जलेर ध्वस्तसमेत भएको छ । “म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो”, उनले भने, “उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो ।” करिब दुई घण्टापछि हरमटारबाट […]
प्रदेश २ मा सांसददेखि सभामुखसम्म निजी सचिवालयको तलबभत्ता आफ्नो व्यक्तिगत खातामार्फत बुझ्दै आएका छन् ।सभामुख, उपसभामुख, मुख्य सचेतक, प्रमुख प्रतिपक्षी दलका नेता र प्रदेशसभा सदस्यले निजी खातामार्फत तलब बुझेका हुन् ।उच्च पदस्थ पदाधिकारीलाई यस विषय गैरकानुनी हो भन्ने थाहा हुँदाहुँदै पनि सरोकारवाला निकायले ध्यान नदिँदा तलबभत्ता बुझ्न नरोकिएको हो । प्रदेशभरी वित्तिय अनुशासन कायम गर्नुपर्ने […]
नागरिक रैबार/बाजुरा २० मंसिर । बडीमालिका नगरपालिकाका पाँच वटा वडामा गैर सरकारी संस्था युएन हेविटेडलाई काम गर्न रोक लगाईने भएको छ । नगरपालिकाका ८ वटा वडामा राजनीतिक आस्थाका आधारमा एकलौटी सहजकर्ता छनोट गरिएपछि पाँच वटा वडाका अध्यक्षले संयुक्त विज्ञप्ती जारी गर्दै काम गर्न नदिने जानकारी गराएका छन् । नगरपालिकाले परीक्षामा सहभागि नभएकालाई वैकल्पीकमा राखेको र […]
सङ्घीय संसद् अधिवेशनको तयारी भइरहँदा समितिका बैठकहरू पनि बाक्लिएका छन् । विचाराधीन विधेयकका दफाबार छलफलमा समितिहरू जुट्न थालेका छन् । राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा तथा स्वास्थ्य समिति, कानुन, न्याय तथा मानवअधिकार समिति लगायतले विधेयकको दफाबार छलफलका लागि बैठक बोलाएका छन् । बिहीबार कानुन समितिले प्रमाण ऐन संशोधन विधेयकको दफाबार छलफलका लागि बैठक बोलाएको […]
दश वर्षे शसस्त्र महान जनयुद्धको जगमा सफल र सम्पन्न २०६२÷०६३ को जनआन्दोलन–२ (अप्रिल क्रान्ति) को उपज देशले सघिंय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ असोज ०३ प्राप्त गरेको छ । सबै प्रकारका जात–जाती, भेषभूषा र भासाभासी नेपाली जनताले न्याय, समानता, अधिकार र मुक्ति सहितको पहिलो पटक सार्भ–भौमिकता प्राप्त गरेका छन् । २३८ वर्षे एकात्मक केन्द्रकृत सामन्ति […]
नागरिक रैबार/बाजुरा १८ मंसिर। त्रिवेणी नगरपालिका १ छताराका भिमबहादुर मिजारले नेपाली काँग्रेस पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । मार्तडीस्थित नेपाल कम्युनिष्ट पाटी –नेकपा) को पार्टी कार्यालयमा मिजारले नेपाली काँग्रेस परित्याग गरेको विज्ञप्ती सहित नेकपामा प्रवेश गरेका हुन् । मिजारलाई नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) बाजुराका सचिव भरत बुढा, नेकपा […]
काठमाडौं- प्रतिनिधिसभा, प्रदेशसभा सदस्य तथा स्थानीय तहका रिक्त स्थान गरी ३७ जिल्लाका ५२ स्थानमा मंसिर १४ गते उपनिर्वाचन भयो । यो निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भइसकेको छ । निर्वाचनकै परिणाम हेर्दा आफूलाई भोट नै नहाल्ने उम्मेदवार पनि भेटिएको छ । यसरी आफैंलाई भोट नहाल्ने उम्मेदवारको संख्या २२ रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार […]
आफैंले बलात्कार प्रयासको आरोप लगाएपछि पूर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरालाई छुटाउन रोशनी शाही सक्रिय भएकी छिन् । संसद सचिवालयकी कर्मचारीसमेत रहेकी शाहीले महरालाई छुटाउन उच्च अदालत पाटनमा आज निवेदन दिएकी हुन् । काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश बेरितको भन्दै महरा पनि उच्च अदालत पुगेका छन् । सुनुवाइका क्रममा रोशनीले […]
नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुराको त्रिवेणी नगरपालिका १ छतारामा वडा अध्यक्षको लागि भएको उपनिर्वाचन हारेको विषयलाई लिएर नेपाली काँग्रेसका कार्यकर्तावीच आपसमा कुटाकुट भएको छ । शनिबार सम्पन्न भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका खगेन्द्र चंदारा नेकपाका मनराजे बुढासंग २० मतले पराजित भएको विषयलाई लिएर नेपाली काँग्रेसका भीम चंदारा र कालु चंदारावीच सोमबार आपसमा कुटाकुट भएको बताईएको छ […]
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाले बम पड्काएर उपचुनाव बढी जितेको दाबी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार भीमबहादुर तामाङको सातौं स्मृति सभामा देउवाले सरकारले सत्ताको दूरुपयोगका साथै बम पड्काएर चुनावी नजिता आफ्नो पक्षमा परेको बताए । उनले भने, ‘पोखरामा काँग्रेसको बाहुल्यता भएको ठाउँमा बम पड्काए, मतदाता भड्काए । काँग्रेसले […]
काठमाडौं– शनिवार सम्पन्न उपनिर्वाचनाको मत गणना अन्तिम चरणमा पुगेको छ । धरान उपमहानगरपालिकाको मेयर र धरानकै वडा नम्बर ७ को वडाध्यक्षको नितजा सार्वजनिक भएसँगै उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको हो । धरानमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई २६,७०९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३,९१४ मत पाए । […]
१६ मंसिर, काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई निर्वाचित भएका छन् । उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रकाश राईलाई २ हजार ७९५ मतान्तरले पराजित गरे । तिलकले २६ हजार ७०९ मत पाएका छन् । प्रकाशले भने २३ हजार ९१४ मत पाए । धरानमा कांग्रेसको यो पहिलो जित हो । ०७४ को स्थानीय […]
सुदूरपश्चिममा भएको उप–निर्वाचनमा नेकपाले कांग्रेसका दुई सिट खोसेर एक गुमाएको छ। प्रदेशका पाँच जिल्लाका सात वडामा अध्यक्षका लागि भएको उप–निर्वाचनमा नेकपाले ५ र कांग्रेसले २ स्थानमा जित हात पारेका छन्। ती मध्ये नेकपा, अछाम र बाजुरामा यसअघि काँग्रेसले जितेका दुई स्थानमा विजयी भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ५ र त्रिवेणी नगरपालिका १ बाजुरामा […]
चितवन-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र रहेको भरतपुर महानगरपालिका वडा नम्बर १७ मा नेपाली कांग्रेस विजयी भएको छ । चितवनमा ३ वडामा भएको उपनिर्वाचनमा तीनै वडामा कांग्रेस विजयी भएको छ । भरतपुर महानगरपालिका १६ मा कांग्रेसका अमृत हमाल विजयी भए । त्यस्तै खैरहनी नगरपालिका ४ मा पनि कांग्रेसकै देब […]
बिभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन २०७६ को हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २२, नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी (नेपाल)का तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् । कास्की जिल्ला निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य, […]
नागरिक रैबार/बाजुरा १५ मंसिर। बाजुराको त्रिवेणी नगरपालिका–१ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मनराजे बुढा विजयी भएका छन् । शनिबार भएको उपनिर्वाचनमा बुढाले ३ सय ६७ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् । बुढाका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका खगेन्द्र चंदाराले ३ सय ४७ मत ल्याएर पराजित भएका छन् । वडामा रहेका एक […]
पोखरा– कास्की –२ को मतगणना तारजालीभित्र हुने भएको छ ।शनिवार(आज) सम्मपन्न उपनिर्वाचन सकिएसँगै विभिन्न मत केन्द्रबाट मतपेटिका ल्याउने क्रम जारी छ । प्रारम्भिक नतिजा अनुसार ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्र सुवेदीले बताए । ५ बजे मतदान सकिएर सहिदचोकस्थित जिल्ला समन्वय समितिमा मतपेटिका ल्याउने क्रम जारी रहेको हो । ८ बजे सर्वदलीय […]
कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका कृष्ण बहादुर तामाङ बिजयी भएका छन्। उनी ५ सय २८ मत ल्याउँदै बिजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिलबहादुर तामाङले ३ सय १० मत पाएका छन्। प्रजातन्त्र पाटी नेपालका पदमबहादुर शाहीले ७ र समाजवादी पार्टीका भीम बहादुर पाख्रिनले ७५ मत पाएका छन्। ४ मत भने बदर भएको छ। आज […]
नागरिक रैबार/ बाजुरा १४ मंसिर। जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. १ को वडा अध्यक्षका लागि भएको उपनिर्वाचनमा स्थानीयहरुले शान्तिपूर्ण रुपमा हर्षोलासका साथ मतदाताहरुले मतदान गरेका छन् । छतारामा रहेको छतारादेवी आधारभुत विद्यालयकाे प्रागणमा विहान ७ बजेबाट सूरु भएको मतदान अहिले साँझ ५ बजेसम्म शान्तिपूर्ण तरिकाले सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । […]
सुदूरपश्चिममा ७ वडा अध्यक्षका लागि हुने उपनिर्वाचनको तयारी पूरा भएको छ। शनिबार हुने उपनिर्वाचनका लागि खटिएका कर्मचारीले मतदान केन्द्र व्यवस्थापन र अन्य तयारी पूरा गरेका छन्। जिल्ला निर्वाचन कार्यालयहरुले सबै मतदान केन्द्रमा खटिएका कर्मचारी पुगिसकेका र मतपत्र, मतपेटिका लगायत आवश्यक सामग्री पठाइसकिएको जानकारी दिएका छन्। डोटीका जिल्ला निर्वाचन अधिकारी दलवहादुर मलासीले सबै सुरक्षा निकायको सहभागितामा […]