होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार २७, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कांग्रेसले प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गर्ने
देश/प्रदेश

कांग्रेसले प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गर्ने

  • नागरिक रैबार
कांग्रेसले प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गर्ने

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले आजको प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गर्ने भएको छ ।सेक्युरिटी प्रिन्टिङ प्रेस कमिसनको विषयमा सञ्‍चार तथा सूचना प्रविधिमन्‍त्री गोकुल बाँस्कोटाको अडियो टेप सार्वजनिक भएको विषयलाई लिएर कांग्रेसले बैठक अवरुद्ध गर्न लागेको हो ।

कांग्रेस सांसद प्रकाश स्‍नेहीले आजको प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने पार्टी संसदीय दल कार्यसमिति बैठकले निर्णय गरेको जानकारी दिए। उनका अनुसार संसदीय दल कार्यसमितिको बैठक बानेश्वरमा केहीबेर बसेको थियो।

बिहीबार बसेको राष्ट्रिय सभा बैठक सञ्‍चारमन्‍त्री गोकुल बाँस्कोटालाई पदबाट बर्खास्त गर्नुपर्ने, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्ध छानबिन समिति गठन लगायत माग राखेले कांग्रेस सांसदहरुले अवरुद्ध गरेका हुन्। आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठक अझै सुरु भएको छैन।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै