होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
केन्द्र सरकारले नेतृत्व गरेको दल नेकपा एमालेमा बढेको अन्तरविरोधको प्रभाव प्रदेश सरकारहरूमा ‘फटाफट’ देखिन थालेको छ । गण्डकी प्रदेशबाट शुरु भएको हलचल कर्णाली हुँदै लुम्बिनीसम्म पुगेको छ । संसद विघटन, अदालतबाट एमाले–माओवादीको पुर्नस्थापना, एमालेभित्रको अन्तरविरोध र कारवाही प्रकरणले यसअघि मजबुत रहेका भनिएका प्रदेश सरकारविरुद्ध धमाधम अविश्वास प्रस्ताव आउन थालेका छन् । यससँगै प्रदेशहरूमा ‘हलचल’ नै […]
काठमाडौं । एमाले नेता सुवास नेम्वाङले सरकारले सोमबार जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड तथा आदेश कार्यान्वयनमा आइनसकेको बताएका छन् । सरकारले उक्त आदेश जारी गरेको भोलिपल्ट बालुवाटारमै प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरुले स्वास्थ्य सुरक्षा मापदण्ड र आदेश किन पालना नगरेको भनेर संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङलाई गरेको प्रश्नमा उनले सुरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना […]
बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सोमबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।भावी मुख्यमन्त्रीमा नेकपा माओवादीका केन्द्रीय सदस्य कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । नेपाली कांग्रेस, माओवादी र जसपाका ५ नेतासहित ४१ जनाको हस्ताक्षरमा प्रस्ताव दर्ता गरिएको कांग्रेसका मुख्य सचेतक फकरुद्धिन खानले बताए । […]
६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसदको सामना गर्न नसकेर संसद अधिवेशन स्थगित गरेको बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौं शाखाले गरेको कार्यक्रममा उनले अधिवेशन स्थगित गरेर सरकारले आफ्नो कायरता प्रदर्शन र संसदको मानमर्दन गरेको टिप्पणी गरे । उनले संसद अधिवेशन अन्त्यलाई संसदीय ब्यवस्थामाथिको अर्को प्रहार भनेका छन् । […]
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का मुख्य सचेतक देव गुरुङले सरकार कर्णाली प्रदेशको दृश्य देखेर डराएको आरोप लगाएका छन्। सरकारले आज दिउँसो १ बजेदेखि प्रतिनिधिसभाको चालु अधिवेशनको अन्त्य गरेपछि प्रतिक्रिया दिँदै सचेतक गुरुङले दिनभरमा फेरिनसक्ने घटनाक्रमले ओली डराएको बताए। यसैबीच, पार्टीको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ। आज बस्ने भनिएको बैठक […]
६ वैशाख, काठमाडौं । सोमबार दिउँसो बोलाएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । पछिल्लो परिस्थितिबारे अन्य दलहरुसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । माओवादी केन्द्रले सोमबार दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएको थियो । तर सोमबार सरकारले हठात् प्रतिनिधिसभाको अधिवेशन अन्त्य […]
काठमाडौँ — माओवादी केन्द्रले पार्टी छाडेर एमालेमा लागेकालाई कारबाही गर्न थालेपछि संघीय संसद् र प्रदेशसभा सदस्यहरूको पद धमाधम खाली हुन थालेको छ । माओवादी केन्द्रले दल त्याग गरेको सूचना दिएका आधारमा प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका १३ जनाको पद रिक्त भइसकेको छ । प्रतिनिधिसभामा चार, राष्ट्रिय सभामा एक र प्रदेशसभामा आठ जनाको सांसद पद खारेज भएको हो । […]
काठमाडौँ — प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकको अघिल्लो दिन आइतबार एमालेको झलनाथ खनाल–माधव नेपाल समूह आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेको छ । ओलीले गत फागुन २८ पछि गरेका केन्द्रीय कमिटीमा मनोनयनलगायत सबै निर्णय अवैधानिक भएको तर्क गर्दै खनाल–नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनअनुसार छिनोफानो गरिदिन आयोगलाई निवेदन दिएको हो । निर्वाचन […]
काठमाडौं । राष्ट्रियसभा सदस्य खोसिएसँगै गृहमन्त्रीबाट पदमुक्त भएको केही घण्टामै रामबहादुर थापाले पुन:नियुक्ति पाए । प्रधानमन्त्री केपी शर्मा ओलीले, संघीय संसदको सदस्य नभएका व्यक्ति पनि मन्त्री बन्नसक्ने संविधानको धारा ७८ (१) अनुसार थापालाई पुनः मन्त्री नियुक्त गरेर गृहको जिम्मेवारी दिएका हुन् । थापाले आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएर पदभार पनि ग्रहण गरेका छन् […]
काठमाडौं । मंगलबार संसद बैठक तय भइसकेको अवस्थामा प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन् । त्यसअघि मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।
काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।बैठक प्रधानमन्त्री निवास बालुवाटारमा १ बजेलाई डाकिएको छ ।बैठकमा साविकका २४१ जना र फागुन २८ मा मनोनित २३ सहित २६४ सदस्यहरूलाई खबर पठाइएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । बैठकमा अध्यक्ष आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र लुम्बिनी प्रदेशमा पार्टी ह्विप विपरित ‘फ्लोर क्रस’ […]
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले एकै दिन बैठक बोलाएका छन् । नेकपा एमालेले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ भने माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको हो ।एमालेको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए । उनका […]
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् । आइतबार आफ्नो निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जन जातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका हुन् । तर नेपाली काँग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने बताए […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ लाई मन्त्री पदमा नियुक्त गरी गृह मन्त्रालयको कार्यभार तोकेकी छन् । राष्ट्रपति भण्डारीले आइतबार थापालाई गृह मन्त्रालयको कार्यभार तोकेकी हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा थापालाई नियुक्ति गरिएको हो । ओलीको नेतृत्वमा २०७४ फागुन […]
प्रतिनिधिसभाको अधिवेशन सुरु भएदेखि एक दिन पनि सदनमा उपस्थित नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाको सर्वदलीय बैठकमा सभामुखको आलोचना गरेका छन् । ओलीले सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभालाई विजनेस नदिएको भन्दै आलोचना गरेका हुन् । सरकारले विजनेस नदिइकन बैठकको कार्यसूचीमा कुनै पनि विषय राख्न नमिल्ने संसदीय अभ्यास छ । संसदीय अभ्यासविपरीत प्रधानमन्त्री ओलीले अमेरिकी मिलिनियम […]
कैलाली । नेकपा एमाले माधव–खनाल पक्षका सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज भीम रावलले कर्णाली प्रदेश जस्तै सुदूरपश्चिम प्रदेशमा पनि हुनसक्ने बताएका छन् । आज नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले शनिबार धनगढीमा आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले पार्टीको विधान नमान्ने, कानुन नमान्ने र […]
फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि माओवादीलाई राजनीतिक रुपमा नराम्रोसँग झड्का लागेको छ । सोही फैसलाअनुसार नेकपा विघटन भएर एमाले र माओवादी केन्द्र ब्युँतिए पनि तत्कालीन माओवादीका प्रदेशदेखि सङ्घीय संसदसम्म प्रतिनिधित्व गर्ने सांसदहरु एमालेतिर लागे । उनीहरु मुल पार्टीमा नफर्किएपछि माओवादी केन्द्रका १३ सांसदले पद गुमाएका छन् । अर्थात माओवादीले विभिन्न प्रदेश, सङ्घीय प्रतिनिधि सभा […]
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल आइतबारदेखि राष्ट्रिय सभा सदस्य पदबाट मुक्त भएका छन् । विद्यमान कानूनी व्यवस्थाअनुसार अब बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन गरिसक्नुपर्ने हुन्छ । राष्ट्रियसभा सदस्यको पद रिक्त भएमा ३५ दिनभित्रै उपचुनावमार्फत पदपूर्ति गर्नुपर्ने कानूनी व्यवस्था छ । प्रतिनिधिभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदहरु जहिल्यै पूर्ति गरे पनि हुन्छ । […]
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटघाट नगर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भेटघाटको प्रस्ताव राख्दै शुक्रबार दाहाललाई फोन गरेका थिए । दाहालले ‘भेटघाट बालुवाटारमा होइन, सिंहदरबारमा गरौं । अबदेखि बालुवाटारमा भेटघाट नगरौं’ भन्ने जबाफ दिँदै आफू बालुवाटार नआउने स्पष्ट पारे । यसपटक प्रधानमन्त्री ओलीले दाहाललाई लामो समयको […]
३ वैशाख, सुर्खेत । नेकपा एमालेका चार प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा २२ मत परेको छ । प्रस्तावको विपक्षमा १५ मत मात्र परेको छ । मतदानमा ३७ प्रदेशसभा सदस्यले भाग लिएका थिए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले […]