होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२८ वैशाख, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताएका छन् । केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले प्रकाशित गरेको कोभिड–१९ विशेष बिजनेश म्यागाजिनको मंगलबार भर्चुअल माध्यमबाट विमोचन गर्दै उनले सबै क्षेत्र कोभिडविरुद्ध जुट्नुपर्ने बेला आएको बताए । उनले सरकार अहिले कोभिड नियन्त्रणमा असफल […]
नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बस्न लागेको स्थायी समिति सदस्य युवराज ज्ञवालीले जानकारी दिए । ‘भौतिक रुपमा बस्न समस्या भएकाले भर्चुअल गर्ने कि के गर्ने भन्नेमा छलफल हुँदैछ । अपरान्ह २–३ बजे तिरको समय मिलाउने कुरा भएको […]
यादव देवकाेटा । विचार । बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ लाखौंका लागि उजाड छ यो देश मुठीभरलाई त स्वर्ग छ । पञ्चायतकालीन दिनमा जेबी टुहुरेले गुन्जाएको यो गीत आजको दिनमा सत्तामा अडेस लागेर बसेकाहरूले नागरिकलाई निरीह बनाउँदै आफ्नो ‘स्वर्ग’ उजिल्याउन मच्चाएको लुटको लगामहीन खेलका कारण झन्झन् सान्दर्भिक भैरहेको छ । दुःखको कुरा, टुहुरेले यो गीत गाउँदा […]
काठमाडौं। प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठन कसरत थालेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो। कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवले […]
२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । दिउँसो तीन बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारसम्म संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलहरुको सरकार गठनका निम्ति आह्वान गरेकी छन् । राष्ट्रपतिले छोटो समय दिएकाले आजै कांग्रेसको बैठक बस्न लागेको […]
काठमाडौं । राष्ट्रपतिबाट दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान भएअनुसार दलहरु संसदीय अंकगणितको लेखाजोखा गर्न थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत हासिल गर्न नसके पनि नयाँ सरकार गठनका लागि बहुमत जुटाउन दलहरुलाई पनि सहज देखिँदैन । प्रतिनिधिसभाको तत्काल कायम सदस्य संख्या २७१ हो । नेकपा माओवादी केन्द्रका […]
२७ वैशाख, काठमाडौं । प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । सोमबार अपरान्ह प्रधानमन्त्री ओली पदमुक्त भए लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी भन्दा दलको सरकार गठन गर्न आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले तीन दिनको समय दिएकाले अबको राजनीतिक कोर्स नयाँ […]
वैशाख २०७८, सोमबार ENGLISH होमपेज / राष्ट्रपतिलाई तीन दलको आग्रह : बहुमतको सरकार गठनका लागि आह्वान होस् अनलाइनखबर २०७८ वैशाख २७ गते १८:२७ मा प्रकाशित 2प्रतिक्रिया 909Shares काठमाडौं २७ बैशाख । विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा भएलगत्तै कांग्रेस सभापति […]
नेपालको संविधानको धारा १०० को ३ अनुसार अब प्रधानमन्त्री पदमुक्त भएका छन्। उपधारा (१) र (२) बमोजिम पेस भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुनेछ। नेपालको संविधान धारा १०० को उपधारा ३ उपधारा (१) र (२) बमोजिम पेस भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका […]
काठमाडौं २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी छन् । प्रतिनिधिसभामा सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दा पक्षमा जम्मा ९३ मत मात्र प्राप्त भएपछि उनी पदमुक्त भएका छन् । यसबारेमा संसद सचिवालयको आधिकारिक पत्र पाएपछि राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने […]
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। लुम्बिनी प्रदेशसभाको बैठक वैशाख १९ गते विशेष अधिवेशन बोलाएर अन्त्य भइसकेको छ। पोखरेलविरुद्ध यसअघि पनि अविश्वास प्रस्ताव दर्ता दर्ता भएको थियो। तर, राजीनामा दिएर एमालेको एकल बहुमतको दावीसहित उनी पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए। कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका विपक्षी गठबन्धनका सांसदहरूले […]
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका हुन । आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो । सो बैठकपछि मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो ।
काठमाडौं । नेकपा एमाले विभाजनको उत्कर्षमा पुगेकै बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट वार्ता गर्न अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई खटाएका छन् । ओलीको आधिकारिक प्रतिनिधि बनेर दुवै नेता अहिले सिंहदरबार पुगेका छन् । नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले राजीनामाको लागि हस्ताक्षर गरेर बुझाइसकेको बेला ओलीले […]
काठमाडौँ — पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादले सफलता नपाएपछि एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसद राजीनामा दिने निष्कर्षमा पुगेका छन् । यो समूहका स्थायी कमिटी सदस्यहरूको शनिबार बसेको बैठकले सामूहिक राजीनामाको निष्कर्ष निकालेको हो । पार्टीलाई जीवन्त र एकताबद्ध राख्न गरिएको अन्तिम प्रयासमा ओली पक्ष उदासीन भएपछि राजीनामा दिनुको विकल्प नभेटिएको नेता […]
काठमाडौं- सत्तारुढ नेकपा एमालेमा चुलिएको शक्तिसंघर्ष अन्ततः उत्कर्षमा पुग्ने भएको छ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको यो संघर्षले अब निश्चित बिग्रहको बाटो समातेको छ। नेपालपक्षका २३ जना प्रतिनिधि सभा सदस्यले पदबाट राजीनामा दिने पत्रमा हस्ताक्षर गरेका छन्। प्रधानमन्त्री ओलीलाई सरकारबाट हटाउन उनीहरुले यो कदम चालेका हुन्। प्रधानमन्त्री ओलीले […]
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । काँग्रेस संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने र अरु दललाई पनि मत नदिन आग्रह गर्ने निर्णय गरेका प्रमुख सचेतक बालकृष्ण खाणले बताए । खाणका अनुसार बैठकले पार्टी केन्द्रीय कार्यसमितिको चैत २१ गतेको […]
२५ वैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गरेको छ । बैठकले प्रधानमन्त्री विश्वासको मत लिन […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठकमा नजान सदस्यहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि परिषद्को बैठक बेलाएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा नजाने बताएका छन् भने प्रमुख विपक्षी दलका नेता शेबरहादुर देउवाले परिषद्को बैठकमा नजान अरु सदस्यहरुलाई अपील गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार […]
प्रतिनिधिसभा र राष्ट्रियसभाका १९ सांसदसहित १६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संसद सचिवालयका अनुसार संक्रमितमा १९ सांसदबाहेक संसद सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मीलगायत रहेका छन् । प्रतिनिधिसभाको बैठक वैशाख २७ गते बस्ने लागेकाले वैशाख २३ र २४ गते २०५ जना सांसदसहित १२३५ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये १६० जनामा संक्रमण पुष्टि भएको […]
२५ वैशाख, काठमाडौं । कोरोना संक्रमण पुष्टि हुने प्रतिनिधिसभा सदस्यको संख्या १८ पुगेको छ । वैशाख २२,२३ र २४ गते गरिएको पीसीआर परीक्षणको रिपोर्टमा प्रतिनिधिसभाका १८ र राष्ट्रियसभाका एक जना सांसदमा कोरोना संक्रमण देखिएको छ । संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा १६० जनामा पोजेटिभ […]