होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ ।पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराज पौडेलको निधन भएका कारण बैठक स्थगित गरिएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । उनले भने, ‘वरिष्ठ नेताज्यूको भाइको निधन भएकाले आजको बैठक स्थगित गर्न सभापतिले भन्नुभयो । अब अरु सल्लाह गरौंला यो बीचमा भन्नुभयो । […]
रामेछाप । जतिबेला चारजना सांसद्को सदस्यता पुष्पकमल दाहाल प्रचण्डको चिठ्ठीका आधारमा प्रतिनिधि सभाबाट खारेज गरिँदै थियो त्यसबेला टोपबहादुर रायमाझी रामेछापमा हुनुहुन्थ्यो । रामेछापको सुनापति गाउँपालिकामा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै टोपबहादुर भन्दै हुनुहुन्थ्यो– ‘हामीलाई पद होइन पार्टी चाहिन्छ, हामीलाई जनता चाहिन्छ । पदका लागि मरिहत्ते गर्ने प्रचण्ड हो । हामी मन्त्री सांसद् जस्ता पद […]
जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन भएका छन्। उनी सर्वसम्मत अध्यक्ष भएका हुन्। शनिबार महाधिवेशन सुरू भएको थियो। अध्यक्ष र महासचिवबाहेक अरू पदमा निर्वाचन भएको थियो। निर्वाचनको मतपरिणाम सोमबार बिहान आएको छ। पहिलोपटक भएको महाधिवेशनबाट उपाध्यक्षमा अब्दुल खान र बसन्त कुसहवा विजयी भएका छन्। महासचिवमा चन्दन सिंह निर्विरोध चयन भएका छन्। महासचिव सिंहले सेतोपाटीलाई दिएको […]
काठमाडाै–‘भीम रावलले मलाई कारवाही गरेको भद्दा मजाक पनि मिडियामा आउँछ र ?’ नेकपा एमालेका नेता कर्ण थापाले प्रतिप्रश्न गर्नुभयो । नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपालको गुटका सदस्य भीम रावलले नेता थापालाई कारवाही गरेको घोषणा गर्नुभएको छ । रावलले गर्नुभएको कारवाही पछि थापाले भन्नुभयो–‘मलाई उनीहरुले गरेको कारवाही ‘जोक्स अफ दि इयर’ हो । हास्यास्पद हो […]
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज (सोमबार) बस्दै छ । आसन्न महाधिवेशनलाई लिएर आज दिउँसो २ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार क्रियाशील सदस्यता वितरण, नवीकरणका काम र समायोजन बैठकको एजेण्डा छ । यसअघि २० चैतको केन्द्रीय कार्यसमिति बैठकले चैत ३० गतेसम्म क्रियाशील सदस्यता बाँड्ने निर्णय […]
धनगढी : नेकपा एमालेका उपाध्यक्ष तथा माधवकुमार नेपाल समूहका सुदूरपश्चिम प्रदेश संयोजक भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन र कम्युनिष्ट आन्दोलनलाई विसर्जनतर्फ लैजान खोजेको आरोप लगाएका छन् । धनगढीमा समूहको सुदूरपश्चिम प्रदेश समितिले गरेका निर्णय सार्वजनिक गर्दै नेता रावलले राष्ट्रलाई अफट्यारो दिशातर्फ लैजान खोजेको आरोप लगाए । ‘केपी शर्मा ओलीले फागुन […]
धनगढी: नेपाल कम्युनिष्ट पार्टी एमाले(माधव नेपाल) पक्षले नेकपा एमाले सुदूरपश्चिमका सह–संयोजक कर्णबहादुर थापालाई कारवाहीका लागि सिफरिस गरिएको छ। आइतबार धनगढीमा आयोजित पत्रकार सम्मलेनमार्फत नेकपा एमालेका निलम्बित प्रदेश संयोजक भीम रावलले थापालाई अनुशासनको कारवाही सिफारिस गरिएको जानकारी दिएका हुन। ‘नेकपा एमालेको विधान, नियमावली, पद्धति र मान्यताको उल्लंघन गरी पार्टी विभाजन गर्ने जस्तो घातक कार्यमा संलग्न हुनुका […]
केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्रका चार जनाको सांसदको पद गुमेको छ । माओवादी केन्द्रले बुधबार संसद सचिवालयमा दल त्यागको सूचना दिएपछि बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बढेर सुनाएका थिए । सांसद पद गुमाउनेमा मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरी रहेका छन् । प्रतिनिधि सभा बैठकअघि बसेको कार्यव्यवस्था […]
काठमाडौं । नेकपा एमालेका नेता माधव नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आन्दोलन र पार्टीमाथि कुठाराघात गरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंको बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा आयोजित झलनाथ खनाल–माधव नेपाल पक्षको बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गर्दै नेता नेपालले ओली निरंकुश बन्दै गएको आरोप लगाए । उनले भने, ‘ओलीले आन्दोलन र पार्टीमाथि कुठारघात गर्नुभयो […]
२४ चैत, सुर्खेत । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनैजना मन्त्रीले मंगलबार संयुक्तरुपमा राजीनामा दिएका छन् । माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् । राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री […]
धनगढी: सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको माधव नेपाल समूहले समानान्तर कमिटी बनाउने भएको छ। सोमबारदेखि धनगढीमा सुरु भएको माधव पक्षीय प्रदेशस्तरीय बिस्तारिक बैठकले समानान्तर कमिटी बनाउने तय गरेको हो। एमालेबाट ६ महिनाका लागि निलम्बित माधव समूहका नेता भीम रावलको नेतृत्वमा सोमबारदेखि प्रदेश पार्टी कार्यालयमा बैठक सुरु भएको छ। सोमबार बैठक नसकिएपछि मंगलवार पनि जारी रहने भनिएको […]
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आइतबार विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बैठक स्थगित भएको हो । केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले केही नेताहरु काठमाडौं उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको जानकारी दिए । उनका अनुसार बैठकको अर्को मिति तोकिएको छैन । ढकालले भने, […]
काठमाडौं । एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षका स्थायी समिति सदस्यहरुको बैठक सुरु भएको छ । कलंकीस्थित मेगा पार्टी प्यालेसमा ११ बजे बस्ने भनिएको बैठक झण्डै डेढ घण्टा ढिलागरी सुरु भएको हो । बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल तथा नेताहरु सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, युवराज ज्ञवाली, घनश्याम भुषाल, योगेश भट्टराई,अष्टलक्ष्मी शाक्यलगायत सहभागी छन् । […]
काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत दस्तावेज तयार गर्ने भएको छ । यसका लागि समूहले आफ्ना पक्षका स्थायी समिति सदस्यहरुको बैठक बोलाएको छ । बैठक कलंकीस्थित मेघा पार्टी प्यालेसमा ११ बजेपछि बस्ने सो पक्षका नेताहरुले बताएका छन् । बैठकले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत कार्ययोजना बनाउने बताइएको छ । ति नेताका अनुसार […]
काठमाण्डाै – नेकपा एमालेका नेता याेगेश भट्टराईले अहिले नेपालमा विद्वानमाथि कारबाही हुने गरेकाे बताउनुभएकाे छ । बिहीवार एमालेका नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डे निलम्बनमा परेपछि भट्टराईले यस्ताे प्रतिक्रिया दिनुभएकाे हाे । भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ॠषिमुनि र बुद्धकाे ज्ञान भूमी अनि मार्क्सवादको उर्बर भूमि नेपालमा आजकाल : विद्वान, इमानदार र नैतिकवनहरूमाथि कारबाही हुन्छ […]
नेकपा माओवादी केन्द्रले देशको परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न खोजेको आरोप लगाएको छ । सर्वोच्च अदालतले बिहीबार नेकपा बारेको फैसलामा पुनरावलोकनको माग गर्दै दायर भएको रिटमा निस्सा दिन अस्वीकार गरेपछि माओवादीले तीव्र असन्तुष्टि जनाउँदै यस्तो आरोप लगाएका हो । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले अदालतले देशको समग्र परिवर्तन र राजनीतिलाई गलत दिशामा धकेल्न […]
१९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षाका लागि शिक्षकको गुणस्तर वृद्धि गर्नुपर्ने बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत छनोटमा परेका विद्यालयको विवरण प्रस्तुत गर्ने कार्यक्रममा उनले शिक्षकको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन् । विद्यार्थीको ध्यानाकर्षण गर्न सक्ने, विद्यार्थीले बुझ्ने गरी पढाउन सक्ने र शिक्षण विधि तथा […]
पोखरा । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री खड्गप्रसाद (केपी) ओलीले कम्युनिष्ट पार्टी ध्वस्त बचाउनतर्फ लागेको बताएका छन् । अध्यक्ष ओलीले लाखौं कार्यकर्ता र जनताको अपेक्षा विपरित झण्डै दुईतिहाइको बहुमत हासिल गर्न सफल भएको कम्युनिष्ट पार्टीलाई टुक्र्याएर विध्वंश निम्त्याउन खोजेको आरोप लगाएका हुन् । बिहीबार कास्की जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्दै नेता नेपालले पार्टी […]
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रतिगमनकारी प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा आफूहरू नजाने बताएका छन् । बिहीबार ट्वीट गर्दै भट्टराईले रेशम चौधरीलगायतका राजवन्दीको रिहाइलाई सरकारमा जाने कुरासँग नजोड्न अनुरोध गरेका छन् । उनले लेखेका छन्, ‘रेशम चौधरीलगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासँग नजोडियोस् । के बन्दी बिपीको रिहाइ माग गर्ने […]
एमालेका निलम्बित नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई निजी कम्पनी बनाउन चाहेको आरोप लगाएका छन् । बिहीबार पोखरामा आयोजित आफू पक्षीय कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा नेपालले अध्यक्ष ओलीले पार्टीलाई आफ्ना समर्थकको समूह बनाउन चाहिरहेको आरोप लगाएका हुन् । ‘केपी ओली सिस्टममा पार्टी चलाउन चाहँदैनन्, विधि र विधानको पालना गर्न चाहँदैनन् किनभने उनलाई […]