होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • चपली हाइटमा ओली-नेपालबीच वार्ता
राजनीति

चपली हाइटमा ओली-नेपालबीच वार्ता

  • नागरिक रैबार
चपली हाइटमा ओली-नेपालबीच वार्ता

प्रधानमन्त्री एवं नेकपाका एमालेका अध्यक्ष केपी शर्मा ओली बूढानीलकण्ठ, चपली हाइटस्थित व्यापारी रामेश्वर थापाको घरमा पुगेका छन् । प्रधानमन्त्री ओली बरिष्ठ नेता माधवकुमार नेपालसँग वार्ताका लागि थापाको घरमा पुगेका हुन् ।

अध्यक्ष ओलीले केही अगाडि नै पुगेर माधव नेपाललाई प्रतिक्षा गरेका थिए । केही ढिलो गरी पुगेका नेता नेपालसँग अहिले ओलीले छलफल गरिरहेका छन् ।

अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच आज निर्णायक वार्ता हुने बताइएको छ । प्रधानमन्त्री ओली जेठ २ को अवस्थामा फर्कन तयार नभएर सामुहिक राजीनामा दिने माधव नेपाल पक्षको तयारी छ । ओली पक्ष पनि नेता नेपालसँग केही नरम देखिएको छ ।

विज्ञापन

प्रधानमन्त्री ओलीले विहीबार बिहानै बालुवाटारमा स्थायी कमिटीको बैठक राखेर माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको निलम्बनको कारवाही फुकुवाको गरेका थिए । कारवाही फुकुवाको निर्णयलाई माधव पक्षका गोकर्ण विष्ट, योगेश भट्टराई लगायतले सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

तर, प्रधानमन्त्री ओली र भीम रावल लगायतका नेताहरुले भने जेठ २ मा फर्कनुपर्ने मागलाई नै बटमलाइन बनाएका छन् । यो माग पूरा नभए सामुहिक राजीनामा दिने माधव पक्षको अडान छ । तर, माग पूरा भए मिल्न सकिने नेता नेपालले आफू निकटस्थहरुलाई बताएका छन् ।

उता केपी ओली खेमाले थप निर्णय लिनुपर्ने भएमा अध्यक्ष ओलीले निर्णय गर्न सक्ने अधिकार प्रत्यायोजन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।

केपी ओलीले पार्टीलाई जेठ २ को अवस्थामा फर्काउन तयार नहुने हो भने संसद सचिवालयमा गएर सामुहिक राजीनामा दिने भन्दै नेता नेपालले सबैको राजीनामा पत्र तयारी अवस्थामा राखेको स्रोतले  बतायो ।

अहिले भइरहेको ओली माधव वार्ताप्रति यसकारण पनि सबैको चासो छ कि यो वार्ताको सफलता र असफलताले सरकार गठन प्रक्रियामा प्रभाव पार्ने देखिन्छ । जसपाको महन्थ ठाकुर पक्षले सहयोग नगरेपछि बहुमत जुटाउन नसकिरहेका काँग्रेस सभापति शेरबहादुर देउवाले माधव नेपालको निर्णय कुरिरहेका छन् । माधव पक्षले सामुहिक राजीनामा दिएको अवस्थामा आफ्नो बहुमत पुग्ने आशमा काँग्रेस सभापति देउवा छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार