होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ६ साउन। नेपाली काँग्रेसका संस्थापक सभापति पहिलो जन निर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस बाजुराले वृक्षारोपण गरेर दिवस मनाएको छ । नेपाली काँग्रेस बाजुरा र बडीमालिका नगर कार्य समितिको संयुक्त आयोजनामा शनिबार मार्तडीस्थित पार्टी कार्यालय परिसरमा विभिन्न प्रजातीका ५० बढी बोट बिरुवा रोपेको हो । मुलुकमा प्रजातन्त्रको स्थापनाका […]
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सभापति शेरबहादुर देउवालाई पूर्व गृहमन्त्री बालकृष्ण खाँण रोज्ने कि सरकार भनेर प्रश्न गरेका छन् । तीनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उनले भने– ‘बालकृष्ण खाँणलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ । सभापतिज्यू, हाम्रो द्विविधा अचम्मकै छ । खाँणप्रति अन्याय भयो भन्ने हो भने यो सरकारबाट […]
४ साउन, काठमाडौं । सांसद डा. स्वर्णिम वाग्लेले मौद्रिक नीतिलाई धेरै भारी बोकाउन नहुने बताएका छन् । उनले पब्लिक फाइनान्स र प्राइभेट फाइनान्स दुवैमा समस्या रहेको भन्दै मौद्रिक नीतिलाई मात्र धेरै भारी बोकाउन नहुने बताए । प्राइभेट फाइनान्स उत्पादनमा केन्द्रित भएर अन्य क्षेत्रमा केही कसिलो हुनुपर्ने भन्दै उनले त्यसले राजस्वमा भने दबाब पार्न नहुने बताए […]
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महामन्त्री गगन थापाले अतिरञ्जित कुरा गरेको बताएका छन् । केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा पाण्डेले संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने थापाको अभिव्यक्तिप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । ‘हाम्रो विधानले सभापति र संसदीय दलको नेता हटाउने व्यवस्था गरेको छ । विधानको अभ्यास गर्न कसैले […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका गम्भीर बुँदामा बहस नभएकोमा आपत्ति जनाएका छन् । यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले आवाज उठाउँदा कुरै नबुझी आलोचना भएको जनाए । संसदीय अभ्यासमा आफ्नो दल नयाँ भएकोले प्रक्रियामा कमजोरी भए पनि आफूहरूले उठाएका एजेन्डामा कुनै खोट नभएको दाबी गरे । […]
३ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् ।कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि ओली मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।ओलीको भ्रमणदलमा पत्नी राधिका शाक्य र उपमहासचिव विष्णु रिमाललगायत छन् । कम्बोडिया प्रस्थान गर्नुअघि ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई र संसदीय दलको नेताको जिम्मेवारी […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली जाने भएका छन् । आज बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता समेत रहकी रेखा शर्माले जानकारी दिइन् । ‘संयुक्त राष्ट्र संंघको खानी तथा कृषि सङ्गठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन फुड्स सिस्टम २०२३ स्टकटेकिङ मुभमेन्टमा सहभागी हुन सम्माननीय प्रधानमन्त्रीको भ्रमण […]
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय गरेको छ । बुधबार बिहान बालुवाटारमा बसेको बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जन गर्ने सूचना प्रकाशित गर्ने निर्णय गरेको हो । त्यस्तै, […]
२ असार, काठमाडौं । नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ । पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले २० साउन २०८० देखि ३१ असार २०८१ सम्म अभियान चलाउने प्रस्ताव राखेका हुन् ।उनले अगाडि भने, ‘कम्तीमा ५ […]
काठमाडौँ। नेकपा एमालेका नेता भीम रावल पुनः पार्टीमा सक्रिय भएका छन् ।गृह जिल्ला अछाम पुगेका पूर्व उपाध्यक्ष रावल पुनः पार्टीमा सक्रिय भएका हुन् । अछाम, साँफेबगरमा एमालेका नेता र कार्यकर्ताहरूसँग उनले पार्टीका गतिविधि र काम कारबाहीका बारेमा छलफल गरेका छन् । उनले त्यसको भिडियो पनि सामाजिक सञ्जालमा राखेका छन् । चितवन महाधिवेशनमा अध्यक्ष केपी ओलीसँग […]
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । विधानअनुसार प्रत्येक दुई महिनामा कम्तीमा एकपटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने उल्लेख भए पनि एक वर्षपछि आज बैठक बस्न लागेको हो । यसअघि हिजो बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय कार्य समिति बैठकका लागि विभिन्न कार्यसूची तय गरेको […]
काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको बैठकका लागि सुझाव मागेका छन् । बैठकमा राजनीतिक परिस्थिति, पार्टीको साङ्गठनिक गतिविधिसहितका विषयमा छलफल हुने भन्दै महामन्त्री थापाले आफ्ना विचार र सुझाव इमेल गर्न आह्वान गरेका हुन् ।यसबीचमा जिल्लामा पुग्दा पाएका सुझाव र सल्लाहलाई केन्द्रीय समितिमा राख्ने पनि उनले बताए । आफ्नो इमेल आइडी ([email protected]) र […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले प्रतिनिधिसभाको बैठकको कार्यसूचीबाट मिटरब्याजी बिरुद्ध ल्याइएको विधेयकमाथिको छलफल कसका कारण कार्यसूचीबाट हटाइयो ? भन्दै प्रश्न गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सो विधेयकमाथिको कार्यबाही कार्यसूचीबाट हटेपछि उनले आपत्ति जनाउँदै अर्को बैठकमा विधेयक नल्याए राष्ट्रियस्वतन्त्र पार्टीले संसद चल्न नदिने चेतावनी दिए । उनले भने– ‘कार्यसूचीमा […]
२९ असार, काठमाडौं । पत्नीशोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन एमाले संसदीय दलको टोली बालुवाटार गएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर समवेदना व्यक्त गर्न एमाले संसदीय दल उपनेता सुवास नेम्बाङको नेतृत्वमा प्रतिनिधिसभा र राष्ट्रिय सभा सांसदहरु पुगेका हुन् । टोलीमा विगतमा प्रचण्डको मन्त्रिपरिषद्मा मन्त्री बनेका नेताहरु पनि सहभागी रहेका थिए । उनीहरुले […]
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विधेयक पारित गर्न मत विभाजनमा जानुपर्ने एमालेको अडानपछि आजको बैठकको कार्यसूची हेरफेर गरिएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा यसअघि ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ विधेयक पारित गर्ने कार्यसूची तय गरिएको थियो । सो विधेयक पारित गर्ने हो भने मत विभाजनबाट पारित गर्नुपर्ने एमालेले अडान […]
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै दायर रिटमाथिको सुनुवाइ सकिएको छ । सुनुवाइ सकिएकाले बुधबार नै आदेश आउने सर्वोच्च अदालत स्रोतले बताएको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको रिटमाथि खाजा समयपछि सुनुवाइ सुरु भएको थियो । अपरान्ह ४ः३० बजे सुनुवाइ सकिएको छ । एमाले नेतृत्वको सरकार अल्पमतामा परेपछि […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवं पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ । पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकले बुधबार र बिहीबार माओवादीको सबै पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको महासचिव देवप्रसाद गुरुङले जानकारी दिए […]
काठमाडौँ । पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने सरकारले स्पष्ट पारेको छ ।बिहीबार मन्त्रीपरिषद्का निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यस्तो बताएकी हुन् । मन्त्री शर्माले यस विषयमा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने बताइन् । कार्यक्रममा प्रधानमन्त्रीले कुनै अन्यथा नबोलेको पनि […]
२० असार, विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरुको पनि समर्थन लिएर थापा बिहीबार साढे ४ बजे मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालय जान लागेका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा […]
२१ असार, काठमाडौं । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले बिहीबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । दिउँसो १ बजे बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए ।बैठकमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्रीले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामा नदिएसम्म सदन चल्न नदिने बताए । गत सोमबार प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक […]