होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैंकहरुले अझै पनि गरिबलाई ऋण प्रवाह गरेका छैनन् : अध्यक्ष ओली
समाचार

बैंकहरुले अझै पनि गरिबलाई ऋण प्रवाह गरेका छैनन् : अध्यक्ष ओली

  • नागरिक रैबार
बैंकहरुले अझै पनि गरिबलाई ऋण प्रवाह गरेका छैनन् : अध्यक्ष ओली
file photo

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले गरिबका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

ठूलो पुँजीपतिहरुलाई खोजेर अर्बांै लगानी गर्ने बैंकहरुले अझै पनि गरिबलाई ऋण नदिएको अध्यक्ष ओलीको भनाई थियो । उनले साना बैंक तथा वित्तीय संस्थाले बाख्रा पालन जस्ता व्यवसायको लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको स्पष्ट पारे ।

पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले आइतबार च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गरिबलाई पनि बैंकहरुले कुनै व्यवसाय गर्नका लागि सिड मनिको रुपमा ऋण प्रवाह गर्नुपर्ने बताए । सहकारी संस्थाहरुसँग सरकारले पनि सहकार्य गरेर अघि बढ्नुपर्ने उनले बताए ।

विज्ञापन

अध्यक्ष ओलीले राष्ट्रिय अर्थतन्त्रको निर्माणको सबैभन्दा महत्त्वपूर्ण माध्यम सहकारी हुने भएकाले त्यसको विकासका लागि सरकारलाई सचेत गराए । रातोपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार