होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन १, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सरकारले दबाब महसुस गरिरहेको छ : प्रधानमन्त्री दाहाल
समाचार

सरकारले दबाब महसुस गरिरहेको छ : प्रधानमन्त्री दाहाल

  • नागरिक रैबार
सरकारले दबाब महसुस गरिरहेको छ : प्रधानमन्त्री दाहाल

हेटौंडा : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले दबाब महसुस गरिरहेको बताएका छन्। आतबार हेटौंडामा समाजवादी मोर्चाले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै दाहालले सरकार भ्रष्टाचार, बेथिती र कुशासनविरुद्धको अभियानमा भएकाले सरकार र आफूविरुद्ध दबाब बढाउन एक समूह नै लागिपरेको बताएका बताए।

उनले भने, ‘सरकारविरुद्ध एक प्रकारको दबाब महसुस भइरहेको छ।’ उनले परिवर्तनको रक्षा र समाजवादी अभियानलाई अगाडि बढाउन समाजवादी मोर्चा गठन भएको बताउँदै आज बागमती प्रदेश स्तरीय कमिटीसमेत घोषणा हुने बताए।

उनले आफूविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धा सामान्य नभएको टिप्पणी गरे। दाहालले आफू प्रधानमन्त्री भएपछि पटक-पटक अदालतमा मुद्दा परेको भन्दै चिन्ता व्यक्त गरे। अन्नपूर्णपोष्टबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै