होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले लुम्बिनीको चुनावः ५ पदाधिकारीमा १५ जनाको उम्मेदवारी
समाचार

एमाले लुम्बिनीको चुनावः ५ पदाधिकारीमा १५ जनाको उम्मेदवारी

  • नागरिक रैबार
एमाले लुम्बिनीको चुनावः ५ पदाधिकारीमा १५ जनाको उम्मेदवारी

सर्वसम्मत नेतृत्व चयन हुन नसकेको नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पदाधिकारीका लागी १५ जनाको उम्मेदवारी परेको छ। अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित ५ जना पदाधिकारीका लागि १५ जनाको उम्मेदवारी परेको हो।

निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार अध्यक्षमा निवर्तमान अध्यक्षसमेत रहेका पाल्पाका राधाकृष्ण कँँडेल र प्युठानका हरि रिजालको उम्मेदवारी परेको छ।

कँँडेल र रिजालले आइतबार राति नै उम्मेदवारी दर्ता गरेका थिए भने केही पदाधिकारीका उम्मेदवारले सोमबार बिहान पनि उम्मेदवारी दिएका हुन्। उपाध्यक्षमा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ, रूपन्देहीकै अनुप बराल र बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वलीले उम्मेदवारी दिएका छन्।

विज्ञापन

सचिव पदका लागि दुईजनाको उम्मेदवारी परेको छ। निर्वाचन मण्डलका प्रमुख हरिप्रसाद भण्डारीका अनुसार सचिवमा दाङका लक्ष्मण आचार्य र गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी दिएका छन्।

महिला एकजना उपसचिव पदमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बर्दियाकी लिला रानाले उम्मेदवारी दिएका छन्। त्यस्तै पुरुषतर्फ एक उपसचिव पदमा रूकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका

दुर्गाप्रसाद चौधरी, रोल्पाका पूर्ण बुढामगर र गुल्मिका हिरा एसिले उम्मेदवारी दिएका छन्। शनिबारदेखि सुरू भएको अधिवेशनमा सहमतीको प्रयास असफल भएपछि निर्वाचनबाट नेतृत्व चयनको प्रक्रिया अगाडि बढेको हो ।

प्रमुख निर्वाचन आयुक्त भण्डारीका अनुसार उम्मेदवारहरूको पहिलो नामावली सोमबार दिउँसो १ बजे प्रकाशित गरिएको र दावी विरोधपछि अन्तिम नामावली प्रकाशन गरिने छ।

अधिवेशनबाट ५ पदाधिकारीसहित २ सय ५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छ । लुम्बिनी प्रदेशको यो अधिवेशनलाई एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल र महासचिव शंकर पोखरेलको शक्तिको लडाइँको रूपमा लिँदा अझ पेचिलो बन्दै गएको छ।

महासचिव पोखरेलले केन्द्रीय सदस्य समेत रहेका रिजाललाई समर्थन गरेका छन् भने उपाध्यक्ष पौडेलले वर्तमान अध्यक्ष कडेललाई समर्थन गरेका छन्। योसँगै पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरूसमेत कँडेल र रिजालमा विभाजित भएको देखिन्छ।

पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीसँगै केन्द्रीय सदस्यहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल र शिव सुवेदी रिजालको पक्षमा लागेका छन् भने सचिव छविलाल विश्वकर्मा तथा गोकर्ण विष्ट, पोलिटब्युरो सदस्यहरू लिला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, बैजनाथ चौधरीलगायत कँडेलको पक्षमा खुलेका छन्।

अधिवेशन प्रतिनिधीहरूसमेत नेताहरू जस्तै दुई भागमा बाँडिएका छन्। उम्मेदवारहरू पनि पार्टी संगठन निर्माणमा गरेको योगदानको मूल्याङ्कन गर्दै आ–आफ्नो पक्षमा मत माग्न सुरू गरेका छन्।

२०३६ सालमा पाल्पामा गाउँ कमिटीको सक्रिय सदस्य भई तत्कालीन नेकपा मालेबाट राजनीतिक यात्रा सुरू गरेका कँडेल २०३८ सालमा अनेरास्ववियूको पाल्पा जिल्ला सदस्य बनेका थिए। २०३४ सालमा अनेरास्ववियूको पाल्पा जिल्ला अध्यक्ष, २०४० सालमा अनेरास्ववियूको लुम्बिनी अञ्चल सचिव हुँदै सोही वर्ष गाउँ पार्टी सक्रिय दलको सचिव बनेका थिए।

त्यस्तै २०४५ सालमा अनेरास्ववियू काठमाडौंको सहसचिव बनेका कँडेल २०४७ सालमा पाल्पा इलाका २ को पार्टी सचिव, २०५० मा पाल्पा जिल्ला कमिटी सदस्य, २०५५ मा पार्टी उपसचिव, २०६० मा पार्टी जिल्ला सचिव, २०६६ राष्ट्रिय परिषद् सदस्य हुँदै २०६५ सालमा पाल्पा जिल्ला अध्यक्ष बनेका थिए।

२०७३ सालमा ५ नम्बर प्रदेश सचिवालय सदस्य बनेका कँडेल २०७८ साल पुसदेखि लुम्बिनी प्रदेश संगठन कमिटी अध्यक्ष बनेका थिए। संसदीय राजनितीमा २०७० सालमा भएको दोश्रो संविधान सभा निर्वाचनमा पाल्पा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए। उता अध्यक्षका अर्का उम्मेदवार रिजालले २०३७ सालमा अनेरास्ववियू हुँदै कम्युनिस्ट आन्दोलनमा सहभागी भएका थिए।

पञ्चायतकालमा दुई वर्ष डोल्पा बसेर भूमिगत अवस्थामा तत्कालीन मालेको संगठन विस्तार गरेका रिजालले प्युठानमा पार्टीलाई ग्रासरूटमा पुर्‍याउन महत्वपूर्ण योगदान दिएका थिए। एमालेको गाउँ कमिटी सचिव हुँदै जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य भएका रिजालले पार्टीलाई लुम्बिनी प्रदेशमा गतिशिल बनाउन अध्यक्षको उम्मेदवारी दिएको बताएका छन्। यसअघि २०७४ सालमा लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित भएका रिजाल गत निर्वाचनमा भने कांग्रेस उम्मेदवार रोज राणासँग प्रदेश सभा सदस्य पराजित भएका थिए। सेतोपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार