होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१९ जेठ, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूले राखेको ६ बुँदे प्रस्ताव कार्यान्वयन भए एमाले एकताको अझै सम्भावना रहेको बताएका छन् । जनसंगठनहरूको भर्चुअल बैठकमा नेता नेपालले एकता प्रयासले सार्थक रुप नलिइरहेको बताए । ‘हामी एकताको विपक्षमा छैनौं । तर ६ बुँदे प्रस्ताव कार्यान्वयन हुने सम्भावना देखिंदैन,’ नेता नेपालको भनाइ थियो । बैठकमा […]
१९ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई लिएर वक्तव्यवाजी नगर्न नेकपा एमालेका जनसंगठनहरुले चेतावनी दिएका छन् । १६ जनसंगठनका प्रमुखहरुले संयुक्त वक्तव्य जारी गर्दै अदालतमा विचाराधीन मुद्दालाई प्रभाव पार्ने बदनियत राखेर वक्तव्यबाजी गरिएको भन्दै निन्दा प्रकट गरेका छन् । ‘…सम्मानित सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित समेत गर्ने बदनियत राखी वक्तव्यबाजी गर्ने कार्यको […]
१९ जेठ, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले आफूलाई पार्टीले मासिक २० हजार तलब दिने बताएका छन् ।हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसग कुराकानी गर्दै उनले सो खुलासा गरेका हुन् ।तपाईंलाई तपाईंको पार्टीले मासिक कति तलब दिन्छ भनी सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘म २० हजार लिन्छु ।’ सो कार्यक्रममा बोल्दै विप्लवले […]
१९ जेठ, काठमाडौं । बिघटित प्रतिनिधिसभाको चौथो दल जनता समाजवादी पार्टी (जसपा) को कलह अन्ततः निर्वाचन आयोग पुगेको छ । एकअर्कालाई निस्कासन गरिएको जानकारी सहित दल दर्ता किताब अद्यावधिक गरिदिन दुवै पक्ष (महन्थ ठाकुर र उपेन्द्र यादव) ले आयोगसँग आग्रह गरेका छन् । मंगलबार दिउँसो अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर सहित बरिष्ठ […]
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का दोस्रो पुस्ताका नेताहरू पार्टी जोगाउन दौडधुपमा छन् । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कार्यदलको उपादेयता नरहेको र अनौपचारिक माध्यमबाट छलफल चलिरहेको बताइरहेका बेला दोस्रो पुस्ताका नेता नियमितजसो संवादमा छन् । सोमबार साँझ पनि दुवैतर्फका नेताहरू सघन संवादमा जुटे । प्रधानमन्त्री केपी ओलीका तर्फबाट सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री […]
१९ जेठ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बोलाइएको छ । दिउँसो चार बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए । मंगलबार पनि स्थायी कमिटीको बैठक बसेको थियो । बैठकले एमालेको एकता जोगाउन सकेसम्म पहल गर्ने निर्णय गरेको थियो । तर तत्कालै बैठक बोलाइएको छ । एमालेको विवाद उत्कर्षमा पुग्दा […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रमको रकम यो वर्षपछि पूर्ण खर्च नहुने देखिएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा ४२ करोड बजेट सो कार्यक्रमका लागि विनियोजन गरेकोमा झण्डै १७ करोड खर्च नहुने देखिएको हो। ४२ करोड बजेटको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रममा ६० प्रतिशत मात्र खर्च हुने अनुमान […]
नेकपा एमालेले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने र त्यसका लागि लचकता अपनाउने निर्णय गरेको छ । तर, त्यो प्रयास र लचकताले पनि २०७५ जेठ २ अघिको अवस्थामै पार्टी फर्केला भन्ने कुरामा चाहिँ नेताहरु अझै विश्वस्त देखिएका छैनन् । दुबै पक्षका एमाले नेताहरुको प्रतिक्रियाबाट पनि अब एमालेमा एकता भइहाले पनि माधव नेपाल बाहेकको एकता […]
आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन्। माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न ओली […]
काठमाडौं, जेठ १९ । तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको २० वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो। उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकान्ड अहिले पनि रहस्यमय नै छ। जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ। राजतन्त्र […]
काठमाडौँ– नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी विभाजन हुनबाट रोक्न अन्तिमसम्म प्रयास गर्नुपर्ने निष्कर्ष निकालेको छ।आज बसेको स्थायी कमिटी बैठकले पार्टी एकता गर्न लचिलो हुनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । बैठकपछि उनले भने, ‘पार्टी एकताका लागि विभिन्न रूपमा छलफल भइरहेका छन्। अहिले कार्यदलको अस्तित्व छैन। अब आवश्यक भए अर्काे बन्नसक्छ। त्यो कार्यदल […]
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका एमालेका तर्फबाट सामेल मन्त्रीहरुले पार्टीको प्रदेश कमिटीले गरेको कारवाही सिफारिस षड्यन्त्रपूर्ण र अनुचित भएको बताएका छन् । उनीहरुले विधि तथा प्रक्रिया मिचेर सिफारिस गरिएको आरोप समेत लगाएका छन् । प्रदेश सरकारमा एमालेबाट सहभागी ६ मन्त्री र प्रदेशसभामा एमाले संसदीय दलको सचेतक सहितले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दैै आफूहरुमाथि पार्टी एकतालाई […]
काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।
नेपाली काँग्रेसले बायो मेडिकल इञ्जिनियरहरूको स्वयंसेवी समूह निर्माण गरेको छ । कोरोना उपचारका उपकरणहरुको पुनर्निर्माणमा अस्पताल, स्वास्थ्य संस्थाहरू एवं आवश्यक व्यक्तिहरुलाई देशव्यापी रूपमा निःशुल्क सेवाको उद्देश्यका साथ काँग्रेसले ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ सञ्चालन गरेको हो । कोरोनाको महामारीबाट दैनिक रूपमा सय बढीको मृत्यु भइरहेको यो स्थिति नियन्त्रण गर्दै नागरिकको रक्षा गर्न र महामारी उपर विजय […]
नेकपा एमालेले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने र लचकता अपनाउने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकमा पार्टी एकता बचाउन भैरहेका छलफलबारे विवेचना गर्दै एकता बचाउन प्रयास जारी राख्ने निर्णय भएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । ‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे विवेचना भयो, एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म […]
१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले चार नेतालाई पार्टीबाट निष्कासनको घोषणा गरेको छ । पार्टी निर्णय विपरीत काम गरेको भन्दै यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको एक नेताले जानकारी दिए ।
१८ जेठ, काठमाडौं । सत्तारुढ नेकपा एमालेमा फेरि औपचारिक वार्ता गर्ने प्रयास सुरु भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध माधवकुमार नेपाल समूहका सांसदहरु पनि सर्वोच्च अदालत गएपछि कार्यदल स्तरको वार्ता समेत अवरुद्ध भएको थियो । लगत्तै अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र भएको स्थायी कमिटीको बैठकले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई पार्टीबाट निस्कासन […]
काठमाडौं । बजेट निर्माणमा संग्लन अधिकारीहरुका अनुसार मन्त्री र राजनीतिक दलका नेताले बजेट ‘म्यानुपुलेसन’ गर्ने प्रयास गर्नु नौलो होइन । मैले यो कार्यक्रम ल्याएँ, त्यो कार्यक्रम ल्याएँ भनेर जनतामा जाने बहानाका लागि पनि उनीहरु बजेट ‘म्यानुपुलेसन’ गर्न चाहन्छन् । यो पटक राजनीतिक परिस्थिति फरक थियो । प्रतिनिधिसभा विघटन गरेर कात्तिक ७ र मंसिर ३ गतेका […]
काठमाडौँ- नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ ।आइतबार र सोमबार बस्दै नबसी स्थगित गरिएको बैठक आज विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा पार्टीको अनुशासनवपिरितका गतिविधि गरेको भनेर प्रष्टीकरण सोधिएका १२ जना सांसदलाई थप कारबाही गर्ने या नगर्ने भन्नेबारे निर्णय हुने सम्भावना रहेको तामाङले […]
१७ जेठ, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफूहरुले चाहे नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवै दल फुटाउन सक्ने दाबी गरेका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिएका बस्नेतले कांग्रेसका २३ सांसद पार्टी विभाजनको पक्षमा रहेको दाबी गरे । माओवादी केन्द्रका पनि २५/२६ सांसद प्रचण्डबाट पार लाग्दैन भन्ने निष्कर्षमा […]