होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पाँच बर्षअघि बलिउड फिल्म ‘मेरी कोम’मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका थिए, अभिनेता सुनील थापा । लामो समय उनी यही गेटअपमा देखिरहे । बलिउडबाटै फिल्म यात्रा तय गरेका ६४ बर्षीय यी अभिनेता अब सलमान खान प्रोडक्सनको फिल्म ‘क्वाथा’ मा देखिने पक्का भएको छ । फिल्ममा काम गर्नेबारे आफूले सहमति जनाइसकेको अभिनेता थापाले बताए । अर्कोसाता […]
काठमाडौं, १७ कार्तिक । बलिउड अभिनेता गोविन्दा नेपाल आउने भएका छन् । कात्तिक २१ गतेबाट वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । महोत्सव आयोजक चलचित्र निर्माता संघले उनलाई विशेष अतिथिका रुपमा निमन्त्रण दिएको थियो । महोत्सवका लागि गोविन्द नेपाल आउनतय भएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले […]
नागरिक रैबार/बाजुरा १७ कार्तिक।नेपाली सांगितिक बजारमा एकपछि अर्को गर्दै निरन्तर गीतहरु सार्वजनिक भइरहेका छन् । यसै विच डम्बर विश्वकर्माले पनि सांगितिक बजारमा नयाँ नयाँ गीतहरु सिर्जना गरेर बजारमा ल्याउने क्रम जारी छ । उनले दशैं तिहार पछि आफ्नो ‘डडेलो’ बोलको लोक गीत बजारमा ल्याएका छन् । सुदुरपश्चिम प्रदेशको बिकट जिल्ला बाजुराको बडीमालिका नगरपालिका ७ मा […]
नेपाली लोक दोहोरी र तीज गीतको क्षेत्रका पार्वती राई चर्चित कलाकार हुन् । उनी कुशल डान्सर हुन् । हाल अमेरिकामा बस्दै आएकी उनले ४ सयभन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छन् । उनले चलचित्र ‘मेरो जीवनसाथी’ र ‘हम जाएगा’मा पनि अभिनय गरेकी थिइन् । तर उनलाई लोक दोहोरी नृत्यांगनाकै रुपमा चिन्ने गरिएको छ । पार्वतीले […]
हुनत, चलचित्र बजारमा नायिकात्रय केकी अधिकारी, रीमा विश्वकर्मा र बेनिशा हमालको मित्रताको चर्चा हुन्छ । तर, चलचित्रकर्मीको छनोटमा भने केकी र ऋचा बढी परेका छन् । रीमा र वेनिशाको करिअर चलचित्र बजारमा सुखद छैन । असफल चलचित्र दिएपनि केकी र ऋचालाई चलचित्रको अभाव भने छैन । चलचित्र बजारमा केकी, बेनिशा र रीमाको चर्चा भएपनि चलचित्रमा […]
मुम्बई – बलिउड फिल्म ‘हाउसफूल ४’ ले राम्रो प्रतिक्रिया नपाए पनि बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । तिहारको अवसर पारेर रिलिज भएको यो फिल्मले नेपालमा पनि राम्रो व्यापार गरेको छ । बक्स अफिस इन्डियाको वेबसाइटअनुसार यो फिल्मले छैठौँ दिनमा १५ करोड कमाइ गरेको छ । फिल्म विश्लेषकका अनुसार ‘हाउसफूल ४’ ले ६ दिनसम्म आइपुग्दा […]
नागरिक रैबार/बाजुरा ११ कार्तिक। आइएमई नेपाल लोक स्टार सिजन १ का टप ५ सम्म पुग्न सफल पविन्द्र सुनारलाई मार्तडीमा भव्य स्वागत गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति बाजुरा सोमबार विहान सदरमुकाम मार्तडीमा पन्चेबाजा सहित दोसल्ला ओढाएर भब्य स्वागत गरेका हुन् । सुनार धनगढीको टिकापुरबाट सोमबार विहान सदरमुकाम मार्तडीमा पुगेका थिए […]
काठमाडौं : रोल्पाका शनि विश्वकर्माले नेपाल लोकस्टारको उपाधि चुमेका छन्। एपीवान टेलिभिजनबाट प्रसारित सर्वाधिक पुरस्कार राशिको रियालिटी सो नेपाल लोकस्टारको उपाधिसँगै उनले ५० लाख नगद पुरस्कार र सिटिजन्स लाइफ इन्सोरेन्सका तर्फबाट २५ लाख बराबरको जीवन बिमा हात पारेका छन्। भृकुटीमण्डपस्थित खुला मैदानमा शुक्रबार आयोजित फाइनलमा उनले ‘अमिलो रसैले…’ बोलको गीत गाएका थिए। प्रतियोगितामा स्याङ्जाका चेतन गोतामे […]
काठमाडौं / लोक गायक धर्मराज पोखरेलको वहुप्रतिक्षित लोकगीत ‘तरुनी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । दशैको अवसर पारेर युट्युव च्यानलमार्फत शनिबार म्युजिक भिडियो सार्वजनिक गरिएको हो । शिखर गजरकोटेको लय/शब्दलाई लोक गायक पोखरेल, राजेशपायल राई, अन्जु पन्त, शिव संगम राई, राई नविन, स्मृति शाही, सौरवी गदालले स्वर दिएका छन् । म्युजिक भिडियोको निर्देशन शंकर वि […]
काठमाडौं – दसैँको छेको पारेर गत असोज २४ गते रिलिज भएको फिल्म ‘छ माया छपक्कै’ले प्रदर्शनको दोस्रो साता पनि राम्रो ब्यवसाय गर्न सफल भएको छ । फिल्मले प्रदर्शनको पहिलो साता झै दोस्रो साता पनि राम्रो व्यवसाय गरिरहेको निर्माता रोहित अधिकारीको भनाइ छ । ‘फिल्मले गत शनिबार पहिलो साताझै देशभरका हलमा हाउसफलुको ब्यवसाय गर्यो’ अधिकारीले भने […]
काठमाडौं– राष्ट्रिय साँस्कृतिक पहिचान र गौरब बोकेको नेपालीको महत्वपूर्ण चाड यमपञ्चक (तिहार) लाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । वैमनश्य र तिक्तता त्यागेर आपसी सद्भाव, समन्वय तथा मित्रता अभिवृद्धि गरी चाड मनाउन अनुरोध गर्दै मन्त्रालयले विकृतिपूर्ण क्रियाकलाप भए गरेमा कानून अनुसार कारवाही गर्ने चेतावनी दिएको छ । […]
काठमाडौं । गायक तथा मोडल दुर्गेस थापाले आफूले २४ घण्टाभित्र पुनः ह्याप्पी तिहार गीत अपलोड गर्ने बताएका छन् । महानगरीय प्रहरी परिसर टेकुमा प्रहरीसँगको छलफलपछि सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै गायक थापाले प्रहरी भनेका केही शब्दहरुमा बिप गरेर २४ घण्टापछि गीत अपलोड गरिने जानकारी दिए । दुर्गेसले आफूले गल्ती गरेको पनि स्वीकारेका छन् । उनले भने, ‘मैले गल्ती […]
काठमाडौं । मौलिक रियालिटी शो (सांगीतिक प्रतियोगिता) ‘नेपाल लोक स्टार’को ग्रान्ड फिनाले यही कात्तिक ८ गते हुने भएको छ । काठमाडौंको प्रदर्शनीमार्ग स्थित भृकुटीमार्गमा ग्रान्ड फिनाले हुनेछ । साँझ ५ बजेबाट ८ बजेम्म फिनाले चल्नेछ । उक्त ग्रान्ड फिनालेबाट पहिलो नेपाल लोक स्टार घोषणा गरिने आयोजकले जनाएको छ । ‘नेपाल लोक स्टार’मा चार जना प्रतिस्पर्धीलाई […]
नागरिक रैबार/ बाजुरा ३ कार्तिक। चर्चित देउडा गायिका शोभा थापाका ३ वटा देउडा गीतको छायाकंन मालिका माविको प्राङ्गणमा गरीएको छ । सुदूरपश्चिमका बनपाखामा गाईने देउडा गीतहरुको छायाङ्कन मार्तडीमा गरिएको गीतका गायिका शोभा थापाले बताएकी छन् । गितले खोजेको परीबेश अनुसारका देउडा गीतहरुको बाजुरा जिल्लामा सहभागि भएको समय पारी तिन ओटा देउडा गितको छायाङ्कन गरीएको गायिका […]
काठमाडौं /एपी वान एच डी टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी शो नेपाल लोकस्टारको फाइनल कात्तिक ८ गते हुने भएको छ। गत असार १२ गतेबाट सुरु भएको लोकस्टार कार्यक्रम भृकुटिमण्डपबाट प्रत्यक्ष प्रशारण हुँदै समापन हुँदैछ। नेपालको लोक संस्कृतिको प्रचारप्रसार र विकास गर्न केही नयाँ काम गरौं भन्ने उद्देश्यका साथ चाहना मिडिया प्रालिले यो कार्यक्रम सञ्चालन गरेको हो। […]
काठमाडौं / दिदी र भाईको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने पर्व तिहार नजिकिँदै गर्दा बरिस्ठ सर्जक रमेश बिजीको मर्मस्पर्शी शब्द संयोजन र होनाहार संगीतकार बिबी अनुरागीको संगीतमा बहुचर्चित सर्वप्रिय गायक राम कृष्ण ढकालको स्वरले सजिएको “टिका माला” बोलको तिहार गीत बजारमा आएको छ । चर्चित गायक तथा मोडल प्रकाश सपूत र सरिता लामिछानेको जीवन्त अभिनय रहेको […]
नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हबले प्रहरीमा कपिराइटको उजुरी गरेको छ। यस विषयमा छलफल गर्न प्रहरीले अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको समूहलाई बोलाएको छ। महानगरीय प्रहरी परिसर टेकुबाट आफूलाई फोन आएको घिमिरेले बताए। उनले भने, ‘उहाँहरुले आफ्ना क्यारेक्टरहरु नक्कल गरेको भनेर कपिराइटको उजुरी हाल्नु भएको रहेछ। त्यसैले हामीलाई […]
नागरिक रैबार/बाजुरा २ कार्तिक। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा बाजुराको पाँचौ बैठक मार्तडीमा सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा बाजुराका अध्यक्ष नरबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको उक्त बैठकले नजिकिदै गरेको दिपावलीमा देउसी भैलो खेल्ने निर्णय गरेको छ । शुभ–दिपावलीको अवसरमा प्रतिष्ठानमा आवद्ध कलाकारहरुले जिल्लाको बाम्का […]
काठमाडौं । लोक तथा दोहोरी गीतका उत्कृष्ट सर्जक एवम् गायक खेम सेञ्चुरीले ‘कपलु कोरेर’ बोलको गीत सार्वजनिक भएको पाँच दिनमै युट्युवमा चर्चा बटुलिरहेकाे छ । गायक सेञ्चुरीले वरिष्ठ गायक एवम् सर्जक स्व.तीर्थबहादुर गन्धर्वप्रति श्रद्धाञ्जलि स्वरुप यो गीत ल्याएको जनाएका छन् । गीतमा गायक सेञ्चुरी र गायिका सम्झना भण्डारीको स्वर रहेको छ । गीतका एरेञ्जर विनोद […]
काठमाडौं । एपी वान एच डी टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी शो नेपाल लोकस्टारको फाइनल कात्तिक ८ गते हुने भएको छ। गत असार १२ गतेबाट सुरु भएको लोकस्टार कार्यक्रम भृकुटिमण्डपबाट प्रत्यक्ष प्रशारण हुँदै समापन हुँदैछ। नेपालको लोक संस्कृतिको प्रचारप्रसार र विकास गर्न केही नयाँ काम गरौं भन्ने उद्देश्यका साथ चाहना मिडिया प्रालिले यो कार्यक्रम सञ्चालन गरेको हो। […]