होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘नेपाल लोक स्टार’को ग्रान्ड फिनाले ८ गते
मनोरञ्जन

‘नेपाल लोक स्टार’को ग्रान्ड फिनाले ८ गते

  • नागरिक रैबार
‘नेपाल लोक स्टार’को ग्रान्ड फिनाले ८ गते

काठमाडौं । मौलिक रियालिटी शो (सांगीतिक प्रतियोगिता) ‘नेपाल लोक स्टार’को ग्रान्ड फिनाले यही कात्तिक ८ गते हुने भएको छ । काठमाडौंको प्रदर्शनीमार्ग स्थित भृकुटीमार्गमा ग्रान्ड फिनाले हुनेछ ।

साँझ ५ बजेबाट ८ बजेम्म फिनाले चल्नेछ । उक्त ग्रान्ड फिनालेबाट पहिलो नेपाल लोक स्टार घोषणा गरिने आयोजकले जनाएको छ ।

‘नेपाल लोक स्टार’मा चार जना प्रतिस्पर्धीलाई फाइनलमा पुर्याइएको छ । रामकुमार नेपाली, शनी विश्वकर्मा, विनोद दनुवार र चेतन गोतामे फाइनलमा पुगेका छन् । ३२औं श्रृंखलाबाट चार उत्कृष्ट फाइनलिष्ट तयार भएका थिए ।

विज्ञापन

‘नेपाल लोक स्टार’का अनुसार गत शनिबार दिउँसो १२ बजेबाट कात्तिक ८ गतेसम्म चार प्रतिस्पर्धीलाई स्रोता तथा  दर्शकले भोट गर्न पाउने छन् । प्राप्त भोटका आधारमा विजेता घोषित हुने छन् ।

उत्कृष्ट २० देखि ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकको नम्बरका आधारमा ‘शो’मा प्रतिस्पर्धीको निर्णय हुँदै आएको थियो ।

‘नेपाल लोक स्टार’मा जयनन्द लामा, बिबी अनुरागी, रामजी खाँड र सुनिता दुलाल निर्णायक छन् ।

विजेताले करसहित नगद ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार