होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • विष्णु माझी र डम्बर विश्वकर्माको स्वरमा ‘डडेलो’ गीत बजारमा
Breaking News

विष्णु माझी र डम्बर विश्वकर्माको स्वरमा ‘डडेलो’ गीत बजारमा

  • नागरिक रैबार
विष्णु माझी र डम्बर विश्वकर्माको स्वरमा ‘डडेलो’ गीत बजारमा

नागरिक रैबार/बाजुरा १७ कार्तिक।नेपाली सांगितिक बजारमा एकपछि अर्को गर्दै निरन्तर गीतहरु सार्वजनिक भइरहेका छन् । यसै विच डम्बर विश्वकर्माले पनि सांगितिक बजारमा नयाँ नयाँ गीतहरु सिर्जना गरेर बजारमा ल्याउने क्रम जारी छ । उनले दशैं तिहार पछि आफ्नो ‘डडेलो’ बोलको लोक गीत बजारमा ल्याएका छन् ।

सुदुरपश्चिम प्रदेशको बिकट जिल्ला बाजुराको बडीमालिका नगरपालिका ७ मा जन्मेका विश्वकर्मा केही वर्षदेखि मलेशियामा रहेका छन् । विदेशमा हुँदा हुँदै पनि नेपाली गीत संगितलाई निरन्तरता दिईरहेका विश्वकर्मा र विश्णु माझीको स्वरमा डडेलो बोलको लोक गीत बजारमा आएको छ ।

विश्वकर्माकै शब्दमा तयार भएको उक्त गीतको लय गणेश अधिकारीले गरेका छन् । गीतमा मोडेल विमल अधिकारी, खगेन्द्र संगम खत्री र सुशिला तामाङ्गले अभिनय गरेका छन् ।

विज्ञापन

गीतलाई कपिल लामाको निर्देशनमा तयार पारिएको हो भने हरिश महराले छायांकन गरेका छन त्यस्तै नविन घर्तिमगरले सम्पादन गरेका छन् । भावना म्युजिक सोलुसनको प्रस्तुतिमा बजारमा आएको उक्त गीत भावना म्युजिक सोलुसनकै अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो तल हेर्नुहोस ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार