होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १८ पुस। समाज सुधार महिला कृषि सहकारीको साधारण सभा मार्तडीमा सूरु भएको छ । २०६९ सालमा स्थापना भएको उक्त सहकारीको सातौं साधारण सभा आजबाट सूरु भएको हो । सहकारीको सातौ साधारण सभा हुँदासम्म २ सय ५७ जना सेयर सदस्य पुगेको जानकारी गराईएको छ ।त्यस्तै साधारण सभामा हालसम्म २७ लाख बराबरको कारोबार गरिएको वार्षिक […]
मदन बिक/बाजुरा १४ पुस। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य प्रकाश शाहले केपि ओलीले ल्याएको अध्यादेश र विद्यादेशले देशमा ठुलो संकट उत्पन्न भएको बताएका छन् । मंगलबार बाजुरा सदरमुकाम मार्तडीमा प्रचण्ड-माधव समूह पक्षले ओलीले चालेको असंबैधानिक कदम विरुद्धमा आयोजित विरोध प्रर्दशनको सभालाई सम्बोधन गर्दै नेता शाहले सो कुरा बताएका हुन् । नेता शाहल फरक […]
रामबहादुर विक./बाजुरा १४ पुस।बुवाको मृत्युपछि अलपत्र परेका बडीमालिका नगरपालिका वडा नं. ९ का अन्दाजि १० बर्षिया सम्राट विकलाई सामाजिक अभियान्ता तथा साहित्यकार रिता शाहि राहत सहयोग गर्न घरमै पुगेकी छ्न । सोमबार १३ औ दिनको पुण्य तिथिको अबसरमा अलपत्र परेका सम्राटलाई राहत घरमै पुगेकी हुन् ।सामाजिक अभियान्ता ज्वाला सग्रौला र मोहन खरेलको आर्थिक सहयोग उक्त […]
नागरिक रैबार/बाजुरा १४ पुस। बाजुराको सदरमुकाम मार्तडीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको जिल्ला कमिटी विस्तारित बैठक तथा विरोध सभा कार्यक्रम हुने भएपछि मार्तडीमा सुरक्षा व्यवस्था कडा पारिएको हो । नेकपा बाजुराको विस्तारित बैठक तथा विरोध सभाको सुरक्षालाई ध्यानमा राखेर मंगलबार विहानै देखि सदरमुकाम मार्तडी बजार भित्र नेपाल […]
नागरिक रैबार/बाजुरा १२ पुस। उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशकाे कार्यकारिणी सदस्यमा बाजुराका गाेपाल कार्की निर्विरोध चयन भएका छन् । शनिबार दिपायलमा भएको उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेश साधारण सभाबाट बाजुराका कार्की सदस्यमा निर्विरोध चयन भएका हुन् । बाजुरा वाणिज्य संघका सचिव समेत रहेका कार्की उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशकाे कार्यकारिणी सदस्यमा बाजुराबाट निर्विरोध चयन भएको […]
मदन वि.क./बाजुरा १२ पुस। बुवाको मृत्युपछि अलपत्र परेका बडीमालिका नगरपालिका वडा नं. ९ का अन्दाजि १० बर्षिया सम्राट विकलाई आजबाट विद्यालयमा भर्ना गरिएको छ । अलपत्र परेका सम्राटलाई आज सदरमुकाम मार्तडीको क्रेटर जोन एकेडेमी बोडिङ्ग स्कुलमा भर्ना गरिएको हो ।बुवाको मृत्युपछि अलपत्र परेको खबर पत्रकार जीवन कैलाले पालिका खबरमा प्रकाशन गरेपछि काठमाण्डौंमा रहेका सामाजिक अभियान्ता […]
रामबहादुर बिक/बाजुरा ११ पुस। नेपाल उद्योग बाणिज्य महासघ सुदूरपश्चिम पर्देशको चौथो वार्षिक साधारण सभाबाट बाजुराका शुरेन्द्र नाथ सम्मानित भएका छ्न । बाजुरा उद्योग बाणिज्य सघंका सदस्य एबम रेडियो पौरखी सचालक समितिका सहसचिव समेत रहेका नाथ सुदुरपश्चिम कै नमुना ब्यबसायको रुपमा छनोटमा परि सम्मानित भएका हुन । उनलाई डोटी जिल्ला दिपायलको चौथो बार्शिक साधारण सभाबाट मायाको […]
नागरिक रैबार/बाजुरा १० पुस। जिल्लाको बडीमालिका नगरपालिका वडा न ७ रजातोली स्थित ज्ञानोदय माबिको विव्यस अध्यक्षमा धर्म पाध्याय सर्बसम्मत भएका छन् । बडीमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा आम भेलाको आयोजना गरी सो विद्यालयको विव्यस अध्यक्षमा धर्म पाध्याय सर्वसम्मत बिब्यस अध्यक्षमा चयन गरिएको हो । धर्म पाध्यायको अध्यक्ष रहने गरी […]
नागरिक रैबार/बाजुरा १० पुस। जिल्ला प्रहरी कार्यालय बाजुराको प्रहरी हिरासत भित्र प्रहरीको कुटाईबाट शक्त घाईते भएका बडीमालिका नगरपालिका ९ का २२ वर्षिया गोपाल विकको बाजुरा जिल्ला अस्पतालमा उपचार भईरहेको छ । प्रहरी हिरासतमा २४ दिनदेखि रहेका विकलाई प्रहरीले हिरासत भित्र कुटपिट गरी शक्त घाईते बनाएको विककी आमा तुला चंदाराले बताएकि छन् । उनले भनिन् छोराले […]
नागरिक रैबार/बाजुरा ९ पुस। बडीमालिका नगरपालिका वडा नं. ९ बृद्धवृद्धालाई चिसो छल्न कम्बल वितरण गरिएको छ । बाजुरा ईसाइ समाजको सहयोग तथा बडीमालिका ९ को समन्वयमा वडाका ६० जना वृद्धवृद्धालाई कम्बल वितरण गरिएको हो । जाडो याम सुरु भएसंगै वृद्धवृद्धालाई चिसोबाट बचाउँन न्यानो लुगा स्वरुप कम्बल वितरण गरिएको बाजुरा इसाई समाजका प्रविन कुमारले बताएका छन् […]
नागरिक रैबार/बाजुरा ८ पुस। बाजुराका महिलाहरुलाई आयआर्जन तथा व्यवसायमा आकर्षित गराउने उद्देश्यले सदरमुकाम मार्तडीमा संचालन भएको ७ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय र आईएन एफ नेपालको सहयोग र आयोजनामा संचालन भएको उक्त तालिम आज सम्पन्न भएको हो ।। १५ जना सहभागि महिलाहरुलाई ७ दिनसम्म स्थानीय स्तरमा पाईने […]
नागरिक रैबार/बाजुरा ७ मंसिर। जिल्लाकाे सदरमुकाम मार्तडीमा चरेश जस्तो देखीने शंकास्पद कालो पदार्थ सहित एक महिला पक्राउ परेकी छन् । मंगलबार दिउसो सदरमुकाम मार्तडी बजारबाट ५ सय ग्राम चरेश जस्तो देखिने कालो पदार्थ सहित एक महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरी प्रमुख मदनजित महराका अनुसार पक्राउ पर्नेमा गौमुल गाउँपालिका वडा […]
नागरिक रैबार बाजुरा ७ मंसिर बडीमालिका नगरपालिका वडा नं. ९ स्थित ओखलढंगा टोल सुधार समितिका महिलाहरुले मालिका मावि आसपास क्षेत्रको सरसफाई गरेका छन् । ओखलढुंगा टोल सुधार समितिकि अध्यक्ष सोधा नेपालीको नेतृत्वमा मालिका माविका भवनहरुको पछाडी रहेका नालाहरुमा थुप्रिएको फोहोरलाई सरसफाई गरेका हुन् । मालिका माविमा ४ जना विद्यार्थीमा कोरोना देखिएपछि गत आईतबारबाट १० दिनका […]
राजेन्द्र बिक बाजुरा,६पौष युनेसेफ/बिश्व शिक्षा नेपाल को आर्थिक तथा प्राबिधिक सहयोग ,स्थानिय निकायहरु संगको समन्वय तथा सेतोगुरांस बालबिकास सेवा बाजुरा द्वारा संचालित समता र समाबेशी शिक्षा कार्यक्रम अन्तर्गत प्रारम्भिक कक्षा सिकाइ सम्वन्धि पांचदिने शिक्षण सिकाइ सीप अभिबृद्दी तालिम मार्तडीमा सम्पन्न भएको छ।शिक्षकको पेशागत ज्ञान,सीप, र दक्षतालाई थप प्रभावकारी बनाइ बालबालिकाको सिकाइ गुणस्तरमा अभिबृदि गराउने उदेश्यका […]
नागरिक रैबार/बाजुरा ५ पुस। बाजुराका महिलाहरुलाई आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले सदरमुकाम मार्तडीमा ७ दिने अचार बनाउने सम्वन्धि तालिम सुरु गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय र आईएन एफ नेपालको सहयोग तथा आयोजनामा यहाँका १५ जना महिलाहरुलाई ७ दिने अचार बनाउने तालिमको सूरु गरिएको हो । तालिम गत पुस २ गतेबाट संचालन गरिएको थियो […]
नागरिक रैबार/बाजुरा ५ पुस। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ८ र ९ का १३ वटा टोल सुधार समितिका पदाधिकारीहरुलाई २ दिने सेनेटरी प्याड बनाउने तालिम प्रदान गरिएको छ । आईएन एफ नेपाल बाजुराको आर्थिक सहयोग तथा बडीमालिका नगरपालिकाको समन्वयमा संचालन गरिएको उक्त २ दिने तालिममा सहभागि महिलाहरुलाई महिनावारी स्वच्छता, नियमित सरसफाई, सेनेटरी प्याडको प्रयोग बारे […]
नागरिक रैबार बाजुरा ५ पुस जिल्लाकाे बडीमालिका नगरपालिका वडा नम्बर ८ र ९ का सामुदायिक तथा निजि विद्यालयहरू १० दिनका लागि बन्द गरिने भएका छन् । सदरमुकाम मार्तडी स्थित मालिका नमुना माद्यामिक विद्यालयका ४ जना विद्यार्थीमा काेराेना पाेजेटिभ देखिएपछि साे विद्यालय लगायत ८ र ९ का सबै सामुदायिक तथा निजि विद्यालय १० दिनका लागि बन्द […]
नागरिक रैबार/बाजुरा २ पुस। जिल्लाको बडीमालिका नगरपालिकाका ३ महिला सहित ११ जना पुरुषमा कोरोना पोेजेटिभ देखिएको छ । मंसिर ३० गते बडिमालिका नगरपालिकाको स्वास्थ्य शाखाले नगरभित्रका २ सय ४८ जनाको स्वाव संकलन गरेर धनगढीको सेति प्रादेशिक अस्पतालमा पठाएको र उनीहरु मध्ये ४८ जनाको कोरोना टेष्ट गर्दा ३ महिला र ११ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो […]
नागरिक रैबार/बाजुरा २ पुस। गत साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढीका कारण बगाएको बेलिवृज पुनः निर्माण कार्य सुरु भएको छ । बेलिवृज बगाएको करिव साढे ४ महिनापछि उक्त ठाउँमा नयाँ बेलिवृज निर्माण गर्न लागिएको सडक डिभिजन कार्यलय साँफेबगरले जनाएको छ । उक्त ठाउँमा बेलिवृज निर्माणका लागि सडक डिभिजन कार्यालयले १ करोड ८८ लाखको […]
नागरिक रैबार/ बाजुरा ३० मंसिर।बडीमालिका नगरपालिका वडा नं. ९ तुफानडाँडा देखि बडुवालवाडा सम्मको बाटो मर्मत नहुँदा स्थानीयलाई आवत जावतमा समस्या भएको छ । वर्षातको समयमा बाटो माथिबाट खसेको पहिरोले उक्त क्षेत्रको बाटो पुरै भत्केको छ । भत्केको बाटोमा दिनहुँ पैदल यात्रा गर्न समस्या हुने गरेको स्थानीय निशान्त बडुवालले बताएका छन् । जिल्लाको सदरमुकाम मार्तडीसंगै जोडिएको […]