होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • शिक्षकहरुका लागि पांच दिने शिक्षण सिकाइ सीप अभिवृद्दी तालिम सम्पन्न
बाजुरा बिशेष

शिक्षकहरुका लागि पांच दिने शिक्षण सिकाइ सीप अभिवृद्दी तालिम सम्पन्न

  • नागरिक रैबार
शिक्षकहरुका लागि पांच दिने शिक्षण सिकाइ सीप अभिवृद्दी तालिम सम्पन्न

राजेन्द्र बिक बाजुरा,६पौष
युनेसेफ/बिश्व शिक्षा नेपाल को आर्थिक तथा प्राबिधिक सहयोग ,स्थानिय निकायहरु संगको समन्वय तथा सेतोगुरांस बालबिकास सेवा बाजुरा द्वारा संचालित समता र समाबेशी शिक्षा कार्यक्रम अन्तर्गत प्रारम्भिक कक्षा सिकाइ सम्वन्धि पांचदिने शिक्षण सिकाइ सीप अभिबृद्दी तालिम मार्तडीमा सम्पन्न भएको छ।शिक्षकको पेशागत ज्ञान,सीप, र दक्षतालाई थप प्रभावकारी बनाइ बालबालिकाको सिकाइ गुणस्तरमा अभिबृदि गराउने उदेश्यका साथ सेतोगुरांस बालबिकास सेवा बाजुरा का कार्यक्रम संयोजक देवराज पाध्याय को अध्यक्षतामा संचालन गरिएको तालिमको आज समापन गरिएको हो।तालिममा प्रमुख अथितीको आसन बाट बोल्नु हुंदै बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल बिक ले तालिम पछि शिक्षकहरुले सिकेको कुरा बिद्यालयमा गइ प्रारम्भिक कक्षाका बालबालिकाको सिकाइमा अधिकतम उपयोग गर्ने बिस्वास आफुले लिएकाले तालिममा सिकेका कुरा कार्यान्वयनमा लिन शिक्षकहरुलाइ आग्रह गर्नुभएको छ। तालीम प्रारम्भिक कक्षाका बालबालिकालाइ प्रारम्भिक कक्षा सिकाइ गणितीय आधारभुत क्षेत्र ,समाबेशी शिक्षा,बहुकक्षा बहुस्तर शिक्षण सिकाइ पद्धति ,समावेशी कक्षाकोठा ब्यबस्थापन,मातृ भाषाका माध्यम बाट शिक्षणलाइ कसरि प्रभावकारी बनाउने भन्ने बिषयमा केन्द्रीत रहेको प्रशिक्षक बिष्णुलाल पाण्डेले बताउनु भएको छ।बालबालिका हरुको स्तर निर्धारण गरि पाठ्यक्रम अनुसारका सिकाइ सामग्री को उल्लेख्य मात्रामा निर्माण तथा प्रयोग गरेर खेल्दै सिक्दैको रमाइलो वातावरणमा उनिहरुको मनस्थिती अनुसारको सिकाइ शिक्षणले मात्र बालबालिकाहरुको सिकाइलाई प्रभावकारी बनाउन सकिने कुरा आफुले तालिमबाट सिकेकाले यो तालिम शिक्षक हरुका लागि धेरै महत्त्वपूर्ण र प्रभावकारी रहेको तालिममा सहभागी नेपाल राष्टृय माध्यामिक बिद्यालय बडिमालिका-६कोर्धका शिक्षक प्रकाश थापाले बताएका छन्। युनिसेफ/तालिम प्राप्त शिक्षकहरुको बिद्यालयमा युनिसेफ/बिश्व शिक्षा नेपाल र सेतोगुरांस बालबिकास सेवा बाजुराको सहयोगमा नेपाली र गणित बिषय संग सम्बन्धित सिकाइ सामग्री पनि वितरण गरिएकाले त्यसको प्रयोग विधि बारे पनि शिक्षकले तालिममा सिकेकाले बालबालिकाको सिकाइ गुणस्तर अभिबृदी गर्नमा टेवा पुग्ने बिस्वास आफुले लिएको बिश्व शिक्षा नेपालका फिल्ड अधिकृत प्रकाश बिनाडिले बताउनु भएको छ। खप्तड छेडेदह र हिमाली गाउंपालिका तथा बडिमालिका नगरपालिकाका २२जना शिक्षिका र ६१ जना शिक्षक गरि जम्मा ८३जनाको सहभागिता रहेको थियो।उक्त ५दिने तालिम ३चरण सम्म गरि १५ दिन संचालन गरिएको सेतोगुरांस वालबिकास सेवा बाजुराका कार्यक्रम संयोजक देवराज पाध्यायले जानकारी दिनुभएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार