होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अनेरास्ववियु बाजुराले स्व. चेतन अयडीको सम्झनामा स्मृति पार्क निर्माण गर्ने निर्णय गरेको छ।बुधबार नेकपा एमाले जिल्ला कमिटी पार्टी कार्यालय मार्तडीमा बसेको बैठकले उक्त निर्णय गरेको अनेरास्ववियु बाजुराका अध्यक्ष दिलबहादुर थापाले जानकारी दिए। संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी त्रिवेणी नगरपालिकाको–७ मा पार्क बनाउने निर्णय भएको हो।गत मंसिर ४ गते त्रिवेणी नगरपालिकाको ७ को मतदान […]
बाजुरा। बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडी निलम्बनमा परेका छन्। एमालेको विद्यार्थी संगठन अनेरास्वियूका नेता चेतन अयडीको हत्या प्रकरणमा प्रक्राउ परेका वडा अध्यक्ष अयडीलाई पुर्पक्षका लागि जिल्ला कारागार बाजुरा चलान गरेको छ। अयडी थुन चेक आदेशमार्फत कारागार गएपछि स्वतः निलम्बनमा परेको निर्वाचन आयोगका उपन्याधिवक्ता गुरु प्रसाद वाग्लेले बताएका छन्। […]
नागरिक रैबार बाजुरा ६ पुस। अनेरास्ववियुका नेता चेतन अयडीकाे हत्या आराेपमा प्रक्राउ परेका ९ जनालाई पुर्वपक्षका लागि कारागार चलान गरिएकाे छ । हत्याकाे आराेपमा चेतनका बुवा गगन अयडिले दिएकाे किटानी जाहेरी अनुसार २२ जना मध्ये ९ जनालाइ प्रहरीले प्रक्राउ गरि अदालत पेश गरेको थियो । मंगलबार जिल्ला अदालत बाजुराले थुन चेक आदेश मार्फत ९ जनालाई […]
नागरिक रैबार/बाजुरा २ पुस।बाजुरा जिल्लामा विगत ३ वर्ष देखि संचालन हुँदै आएको स्वास्थ्य अधिकार सुधार परियोजना जिल्लाबाट बाहिरिएको छ । कोईकाको आर्थिक सहयोग तथा गुडनेवर्स इन्टरनेशनल, पिसविन, किर्डाकको प्राविधिक सहयोगमा संचालित उक्त परियोजनाको हिजाेबाट ३ वर्ष पुरा गरि बाहिरिएको हो । बाजुराका ५ वटा पालिकामा सन २०२० देखि २०२२ सम्म ३ वर्षका लागि संचालित रहेको […]
नागरिक रैबार/बाजुरा १ पुस।गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दिन बाजुराकाे त्रिवेणी नगरपालिका ७ मा अनेरास्ववियुका नेता चेतन अयडीको विभत्स हत्यामा संलग्नहरुलाई पक्राउ गरि कारवाही गर्न माग गरेको छ । चेतन अयडीको हत्यामा संलग्न रहेकाहरुलाई १ महिना वित्न लाग्दा समेत पक्राउ गर्न नसकेको भन्दै अनेरास्ववियु बाजुराले आज जिल्ला प्रशासन कार्यालय […]
मदन विक/बाजुरा २४ मंसिर। बाजुरा जिल्लामा विगत ३ वर्ष देखि संचालन हुँदै आएको स्वास्थ्य अधिकार सुधार परियोजना प्रभावकारी बनेको पाईएको छ । बाजुराका ३ नगरपालिका सहित २ गाउँपालिका गरी पाँच पालिकामा महिनावारी स्वच्छता व्यवस्थापन मार्फत किशोरी तथा महिलाहरुको स्वास्थ्य र अधिकारमा अभिवृद्धि गर्ने उद्देश्यले लागु भएको थियो । परियोजनाले ३ वर्षको अवधिमा पालिका स्तरका विद्यालयहरुमा […]
नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुरामा मतगणना जारी रहेको छ । प्रदेश सभा –२ तर्फको ८ हजार ४ मत गणना हुँदा राप्रपाबाट उम्मेदवारी दिएका हिमालबहादुर शाहीले ५४ मत पाएका छन् । अहिलेसम्म नेपाली काँग्रेसका पदमबहादुर शाहीले ३ हजार ९ सय ६४ मत पाएका छन् । भने नेकपा एमालेका लालबहादुर थापाले ३८ सय ७४ मत पाएका छन् […]
नागरिक रैबार/बाजुरा १४ मंसिर। विद्यार्थी नेता चेतन अयडीकाे हत्यामा संलग्न रहेको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ४ गते त्रिवेणी नगरपालिका ७ मा मतदान सम्पन्न पछि घरमा सुतिरहेका अयडीको विभत्स हत्यामा संलग्न रहेको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न रहेको भन्दै दुई जनालाई गत बिहीबार प्रहरीले पक्राउ गरेको […]
नागरिक रैबार/बाजुरा १२ मंसिर।नेपाली काँग्रेसका कार्यकर्ताको कुटपीटबाट मृत्यु भएका अनेरास्ववियुका विद्यार्थी नेता चेतन अयडीको एकसातापछि दाह संस्कार गरिएको छ । हत्यारा पक्राउ नगरेसम्म शव नबुझ्ने अडानमा रहेका आफन्तले सातादिन पछि शव बुझेर दाहसंस्कार गरेका हुन् । अयडीको मंसिर ४ गते साँझ गाउँमा काँग्रेसका कार्यकर्ताले कुटीकुटी हत्या गरेको चेतनका बुवा गगन अयडीले बताएका छन् । अयडीको […]
नागरिक रैबार/बाजुरा १० मंसिर। नेकपा एमाले बाजुराले त्रिवेणी नगरपालिका वडा नम्वर ७ का अनेरास्ववियुका नेता चेतन अयडीको विभत्स हत्यामा संलग्न रहेकाहरुलाई तत्काल पक्राउ गरि कारवाही गर्न माग गर्दै मार्तडीमा सिठी फुकेर विरोध प्रर्दशन तथा धर्ना कार्यकक्रम गरेको छ । एमालेले सदरमुकाम मार्तडीमा शनिवार विरोध प्रदर्शन तथा धर्ना कार्यक्रमसहित सिठी फुकेर प्रशासनका विरुद्ध प्रर्दशन गरेको हो […]
बाजुराको त्रिवेणी नगरपालिका ७ का अनेरास्ववियुका नेता चेतन दिप ऐडीको घटनाका आरोपित मध्ये २ जनालाई पक्राउ गरिएको छ। बाजुरा प्रहरीकाअनुसार बिहीबार बिहान प्रहरीले त्रिवेणी नगरपालिका ७ बस्ने २७ वर्षीया रुपा चौधरी ऐडी र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर पक्राउ गरेको हो। गत मंसिर ४ गते मतदान सम्पन्न पछि घरमा सुतिरहेका अयडीको घरभित्रै गएर काँग्रेस […]
नागरिक रैबार/बाजुरा ८ मसिर। अनेरास्ववियूका नेता चेतन अएडीको विभत्स हत्याको बिषयलाई लिएर अनेरास्ववियु बाजुराले आज चाैथाे दिनपनि बिहानैदेखि बजार बन्द गरेको छ । अनेरास्ववियु चेतन अयडीको घटनामा सलग्न रहेकाहरुलाइ तत्काल पक्राउ गर्न माग गर्दै बाजुरामा ४ दिनदेखि प्रर्दशन गर्दै आएको छ । अनेरास्ववियुले हिजो साँझ प्रर्दशनका क्रममा मुख्य निर्वाचन अधिकृत सुरक्षा निकायका प्रमुखहरुलाई दुर्यवहार गरेको […]
नागरिक रैबार/बाजुरा ६ मसिर। नेकपा एमाले बाजुराले मसिर ४ मा भएको निर्वाचनमा बाजुराका ७० मध्ये १७ वटा बुथमा नेपाली काँग्रेसले बुुथ कब्जा गरेर फर्जी मत खसाएकोले उक्त ठाउँमा मतदान स्थगित गरि पुन: मतदान गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाइ माग गरेको छ । मगलबार मार्तडीमा नेकपा एमालेले पत्रकार सम्मेलन गर्दै १७ बुथमा मतदान केन्द्रको निर्वाचन स्थगित […]
नागरिक रैबार/बाजुरा ६ मंसिर।नेकपा एमाले बाजुराले त्रिवेणीमा चेतन अयडीमाथि घटेकाे घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही अघि नबढाउँदासम्म निर्वाचनका कुनै पनि प्रकृया अघि बढाउन नदिने पत्रकार सम्मेलन मार्फत नेकपा एमाले बाजुराले जनाएको छ । मगलबार आज दिउसो पत्रकार सम्मेलनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा एमालेका प्रतिनिधि सभाका उम्मेदवार कणर्बहादुर थापाले बाजुरामा निर्वाचनका क्रममा काँग्रेसले […]
नागरिक रैबार/बाजुरा ५ मंसिर।बाजुराको त्रिवेणी नगपालिका ७ मा मंसिर (४) गते हिजो सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा अनेरास्ववीयुका केन्द्रिय कमिटी सचिवालय सदस्य एंव सुदूरपश्चिम विश्व विद्यालयका अध्यक्ष चेतन अयडीको हत्या सत्ता गठबन्धनको आडमा भएको नेकपा एमाले बाजुराले बताएको छ । नेकपा एमाले बाजुराले सोमबार (आज) एक प्रेस विज्ञप्ति जारी गर्दै त्रिवेणी […]
नागरिक रैबार/बाजुरा ५ मंसिर।बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ७ मा हिजो मतदानका दिन भएको घटनामा सुरक्षाकर्मीले लापरवाही गरेको विषयलाई लिएर नेकपा एमाले समर्थक युवाहरुले प्रर्दशन सहित सदरमुकाम मार्तडी बजार बन्द गरेका छन् । एमालेका युवाहरुले सोमबार विहान सदरमुकाम मार्तडीमा रहेको लोकतान्त्रिक चोक, दुनिहाटबजार र मतगणना स्थल जिल्ला प्रशासन कार्यालय नजिकै रहेको खुलामंचमा टायर बालेर प्रर्दशन […]
नागरिक रैबार/बाजुरा ५ मंसिर।प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि हिजो भएको मतदानमा प्रयोग भएका मतपेटिकाहरु मतगणना स्थलमा ल्याउने क्रम जारी रहेको छ । यातायातको सहज पहुँच भएका मतदान स्थलका मतपेटिकाहरु सदरमुकाम आइसकेका छन् । अहिलेसम्म बाजुराका ७० मध्ये ६५ वटा मतदान स्थलका मत पेटिकाहरु सदरमुकाम मार्तडीमा आईपुगेको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र […]
बाजुराको त्रिबेणी नगरपालिका ७ बस्ने अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको काँग्रेस कार्यकर्ताको कुटपिट बाट मृत्यु भएको छ । निर्घात कुटपिट भएका अयडिको मृत्यु भइसकेको बयालपाटा अस्पतालको प्रमुख डा. मन्दिप पाठकले वताएका छन् । त्रिबेणी ७ को नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई लिएर नेपाली काँग्रेसका कार्यक्रताहरुले चेतन अयडी घरमै गएर कुटपिट गरेर हत्या गरेका छन । […]
बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एक जनाको मृत्यु भएको हो। सोही ठाउँका सन्जिव अयडीको गोली लागेर मृत्यु भएको त्यहाँका वडाध्यक्ष जुद्धबहादुर ऐडीले पुष्टि गरे। यहाँ अवस्था त्रासपूर्ण छ। कोलाहल र रुवाबासी चलेको छ। स्थानीयले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन्।’ यस्तै उनकाअनुसार […]