होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । अवैध संरचनाहरु हटाउने अभियान चलाएका मेयर बालेन साह बिहीबार विहान बानेश्वर क्षेत्रको अनुगमनमा आएका थिए । उनले अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गरेका थिए । तर अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको मात्र जिकिर गरेनन्, मेयरलाई डन नबन्न चेतावनी समेत दिएका […]
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको गतिविधिले शंका जन्माएको बताएका छन् । बिहीबार पार्टी पुनर्गठन दिवसका अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले राष्ट्रपतिको गतिविधिबारे सत्ता गठबन्धनले नियालिरहेको बताए । ‘अब भोलिका दिनमा सुन्दै जानुहोला । राष्ट्रपतिका बारेमा पनि कुरा आइरहेका छन् । राष्ट्रपतिले जुन ढंगले आर्मीका पूर्व प्रमुखहरुलाई बोलाएर राष्ट्रपति […]
काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटीका लागि ११ वटा एजेण्डा तय गरेको छ । पार्टी कार्यालय, च्यासलमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदनको सारांश प्रस्तुत गरेका थिए । भोलिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्ने पहिलो एजेण्डा छ । चुनावको तयारी, थपिएका चार जना केन्द्रीय सदस्यको सपथ र […]
काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले सरकारलाई आफ्ना आयोजना र कार्यक्रमहरुबाट ‘मोनोरेल’ शब्द नै हटाउन निर्देशन दिएको छ । बुधबार बसेको समिति बैठकले विश्वका अधिकांश मुलुकहरुबाट विस्थापित भइसकेको मोनोरेल नेपालको राष्ट्रिय गौरवको आयोजना ‘रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजना’को नामबाट ‘मोनोरेल’ शब्द हटाउन भनेको हो । ‘यस (मोनारेल) अन्तरगतका बजेट तथा कार्यक्रमहरु समेत राखिरहन […]
बुटवल । राष्ट्रिय राजनीतिमा समेत प्रभाव जमाउँदै आएको रुपन्देही-२ को निर्वाचनलाई सधैं चासोका साथ हेरिन्छ । यो क्षेत्र एमाले उपाध्यक्ष विष्णु पौडेलले लगातार जित्दै आएको क्षेत्र हो । २०५४ सालयताका सबै चुनाव जितेको एमालेविरुद्ध यसपटक सत्तारुढ ५ दलसहित ६ दलको गठबन्धन बन्दैछ । यो क्षेत्र सत्तारुढ गठबन्धनमध्ये कुन दलको भागमा पर्छ भन्ने टुंगो लागेको छैन […]
नेपाल समाजवादी पार्टी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले केन्द्रीय समितिमा नयाँ नेतृत्व चयन गरेको छ । संगठनको स्थापना दिवसको अवसरमा बुधबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठक नेत्र चापागाईलाई अध्यक्ष र टंक धमलालाई महासचिवमा चयन गरेको छ । नवनिर्वाचित केन्द्रीय समितिमा ४५ सदस्यीय पदाधिकारी र १९९ सदस्य रहेका महासचिव धमलाले जानकारी […]
गत जेठमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका मंगोलियन हार्ट ब्यान्डका चर्चित गायक राजु लामाले जापानको अग्लो हिमाल माउन्ट फुजी समेत आरोहण गरेका छन् । उनले आफुले माउन्ट फुजी आरोहण गरेको सामाजिक संजाल मार्फत जानकारी दिएका हुन् । ३ हजार ७७६.२४ मिटर उचाइको माउन्ट फुजीमा उनले ‘पर्खाइमा भिज्यो सिरानी’ गीत समेत गाएका छन् । जलवायु परिवर्तनको […]
हिन्दी भाषामा समेत रिलिज हुन लागेको नेपाली फिल्म ‘प्रेमगीत ३’मा समावेश ‘कोई ना कोई नाता’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा जुविन नौटियालको स्वर, पवनदिप राजनको संगीत र रुवी फुलारा र सुभाष कालेको शब्द छ । गीतको अडियो बेजोड छ । भिडियोमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र नायिका कृष्टिना गुरुङलाई फिचरिङ […]
भन्सार छलेर वीरगञ्जबाट काठमाडौं ल्याएको सामान प्रहरीले बरामद गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ स्थित त्रिभुवन पार्कबाट ३ ट्रक सामान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । भन्सार छलेर ल्याएका कपडा, किराना सामग्री, स्टेशनरी र मोटरसाइकलका पाटपुर्जा र भाँडा वर्तन बरामद गरिएको छ । बरामद गरिएको सामान राजस्व अनुसन्धान विभागमा […]
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका बहालवाला र पूर्वसैनिक अधिकारीहरूसँग भेटघाट गरेको विषयमाथि प्रश्न उठाएका छन् । बिहीबार ट्वीट गर्दै डा.भट्टराइएले लेखेका छन्, ‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिक/पूर्वसैनिक अधिकारीसँग ‘परामर्श’ गरेको खबर साँचो हो भने त्यो नेपालको संविधान अनुकुल भएन ।’ नेपालको संविधानले राष्ट्रपतिलाई कही कतै […]
धनगढी: आज नेकपा (एकीकृत समाजवादी) डडेल्धुराले पार्टी पुनर्गठन दिवस मनाइरहेको छ। तर, पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीमा गएका सुदूरपश्चिमका ३ नेताले एमालेमै फर्कने तयारी गरेका छन्। पूर्वमन्त्री तारा लामा तामाङ, पूर्व सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही र पूर्वमेयर अशोकले एमाले फर्कने तयारी गरेकाे स्रोतले बतायो। सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत […]
नयाँ दिल्ली : ‘टम्याटो फ्लू’ नाम सुन्दा टमाटरबाट लाग्ने रोग हो जस्तो लाग्न सक्छ तर यो फ्लुको टमाटरसँग कुनै सम्बन्ध छैन। मे ६, २०२२ मा केरलाको कोल्लम जिल्लामा टम्याटो फ्लूको पहिलो बिरामी भेटिएको थियो। जुलाई २६, २०२२ मा केरलामा पाँच वर्ष मुनिका ८२ बालबालिकालाई टम्याटो फ्लू भएको पुष्टि भयो। फेरि अगस्ट २४, २०२२ मा भारतमा टम्याटो फ्लूका […]
धनगढीः कैलालीको धनगढी कलेज अफ इन्फर्मेसन टेक्नोलोजी नामक संस्थाले उद्यम विकास सहजकर्ताको एक वर्षे कोर्ष पढाउँदै आएको छ। उपमहानगरपालिकाको वडा नम्बर १ मा रहेको सो कलेजले छोटो अवधिको तालिम सञ्चालन गर्दै आएको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)बाट कलेजले अनुमति लिएर कक्षा सञ्चालन गर्दै आएको छ। तर, सो कलेजले २०७६ भदौमा भर्ना भएका विद्यार्थीको […]
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् । बिहीबार विहान कांग्रेस पूर्व उपसभापति निधि एक साताका लागि भारत प्रस्थान गरेका हुन् । उनी भारतबाट फर्किएको एक महिना नपुग्दै पुनः भ्रमणमा निस्किएका छन् । उनी भदौ १५ गते स्वदेश फर्किने छन् । साउन २२ गतेमात्र नेपाल फर्किएका उनी भदौ ९ गते फेरि […]
काठमाडौं । दल दर्ताको प्रमाणपत्र पाएको दिनलाई सत्तारुढ नेकपा एकीकृत समाजवादीले पार्टी स्थापना दिवस मनाउँदैछ । अघिल्लो वर्ष आजकै दिन, निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको एकीकृत समाजवादीले स्थापना दिवसलाई ‘पुनर्गठन दिवस’ भनेको छ । पार्टी प्रवक्ता एवम् उपमहासचिव जगनाथ खतिवडाका अनुसार, राजधानी काठमाडौंसहित देशभर पुनर्गठन दिवस मनाइँदैछ । केन्द्रीय कार्यालयले नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्कवेट […]
डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ फुल्लेढुंगामा हिजो साँझ ट्रयाक्टर पल्टिदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा एक बालक घाइते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार स्थानीय १७ वर्षीय जीवन भुल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सोही ठाउँका नारायण बमका १३ वर्षीय छोरा पारसको उपचार स्थानीय अस्पताल भइरहेको […]
पाँच टी-२० र तीन एकदिवसीय खेलका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग पहिलो टी-२० अन्तर्राष्ट्रियमा खेल खेल्दै छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले पहिलो खेलमा मुख्य खेलाडी गुमाउने छ । भिषा समयमै नआउँदा सोमपाल कामी, आदिल […]
काठमाडौं, भदौ ९ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चार प्रमुख विषय उठाएका छन् । आगामी मंसिर ४ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा र प्रदेशसभाका लागि हुने निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गर्दै अध्यक्ष ओलीले भने– ‘चुनाव निष्पक्ष हुनेमा एमालेलाई आशंका पैदा भएको छ, सत्ता गठबन्धनले जसरी […]
धनगढी — नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले बुधबार एक कार्यक्रमबीच उक्त घोषणा गरेकी हुन् । रञ्जिता ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित रेशम चौधरीकी पत्नी हुन् । टीकापुर घटनामा दोषी रहेको अभियोगमा रेशम कैदमै छन् । कारागारमै भएकाले रेशमले चुनाव लड्न सम्भव नभएपछि […]
डाेटी — उच्च रक्तस्रावका कारण जिल्ला अस्पताल डाेटीमा एक सुत्केरीकाे मृत्यु भएकाे छ । आदर्श गाउँपालिका वडा नं ६ गिरीचाैकाकी ३२ वर्षीया जानकी बाेहरा खडायतकाे मृत्यु भएकाे हाे । उनी आफैं पनि गिरीचाैका स्वास्थ्यचाैकीमा कार्यरत स्वास्थ्यकर्मी हुन् । बुधबार एक्कासि रक्तस्राव हुन थालेपछि उनलाई थप उपचारका लागि आदर्श गाउँपालिकाकाे माैवा स्वास्थ्यचाैकीबाट जिल्ला अस्पताल रिफर गरिएकाे […]