होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ – नसिम साहले लगातार दुई छक्का प्रहार गरेपछि अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै पाकिस्तान एसिया कप २०२२ को फाइनलमा प्रवेश गरेको छ । एक सय ३० रनको लक्ष्य पछ्याएको पाकिस्तानलाई जितका लागि अन्तिम ओभरमा ११ रनको आवश्यकता थियो । नवौं विकेटको रुपमा आसिफ अलि आउट भएपछि दबाबमा आएको पाकिस्तानका नसिम साहले २०औं ओभरको […]
काठमाडौँ- राष्ट्रियसभाअन्तर्गत चार वटा विषयगत समितिदले आज सभापति पाउने भएका छन्। राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१) बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेको छ । चार वटा समितिको सभापतिका लागि चार जनाको मात्रै उम्मेदवारी परेका कारण उनीहरु सबै निर्विरोध निर्वाचित हुनेछन्। आज दिउँसो […]
लन्डन — रोबर्ट लेवनडोस्कीको ह्याट्रिकको मदतले बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगमा बुधबार भिक्टोरिया प्लाजेनलाई ५–१ ले हराएर विजयी सुरुआत लिएको छ । पोलिस फरवार्डले बायर्न म्युनिक छाडेर बार्सिलोना आएयता ह्याट्रिक गरेको यो पहिलो हो । समूह ‘सी’ को अर्को खेलमा बार्यनले इन्टर मिलानमाथि २–० को जित रच्यो । समूह ‘डी’ मा टोटनहमले मार्सेलाई २–० ले पन्छायो […]
बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भवन थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै तीन घण्टा लाग्छ । आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे । खबर पाउनासाथ क्लिनिकबाट अनमी […]
रुकुमपूर्व । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्र रुकुम पूर्वले उम्मेदवार सिफारिस गरेको छ । पार्टीले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ गणेशमान पुन, पूर्णबहादुर घर्तीमगर, कमला रोका, दजजीत सेर्पाइली र जुनकुमारी रोकालाई सिफारिस गरेको […]
अर्थमन्त्री जनार्दन शर्मा आगामी असोज १० गतेदेखि १४ गतेसम्म फिलिपिन्समा आयोजना हुने एशियाली विकास बैंकको बोर्ड अफ गभर्नरको ५५ औं बार्षिक बैठकमा सहभागी हुने भएका छन् । गत भदौ २१ गते बसेको मन्त्रिपरिषद बैठकले अर्थमन्त्री शर्मा नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई सो वार्षिक बैठकमा सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । बुधबार मन्त्रालयमा आयोजित नियमित […]
बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पाटनमा डोजर लगाएर सडक खन्ने काम भइरहेको छ । डोजरले यस क्षेत्रका पाटनहरुलाई छियाँ छिया पारिरहेको छ । मार्तडी बडिमालिका पर्यटकीय सडक नाम दिइएको सो सडक निमार्णमा स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकार बीच समन्वय छ । ‘फूलचढाउने भन्दा अगाडि सडक नलैजान भनेर स्थानीयले बिरोध गरे पनि […]
नागरिक रैबार/बाजुरा २२ भदौ। बाजुरामा पनि बिबिध कार्यक्रम गरि १९ औं निजामती सेवा दिवस मनाईएको छ । निजामती सेवा दिवसको अवसरमा आज बिहान प्रभात फेरी कार्यक्रम र दिउसोँ बृक्षारोपण गरि मनाइएको हो । १९ औं निजामती सेवा दिवस ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ दिउसोँ नेपाली सेनाको ब्यारेक थापाथलीमा […]
काठमाडौं । फिल्म ‘हिजोआजका कुरा’को ट्रेलर सार्वजनिक कार्यक्रममा ऋचा शर्माको हाँसो र आँसुले उपस्थितको ध्यान खिच्यो । इमोसनका अनेक भावभंगीमामा उनी पत्रकार सम्मेलनमा सहभागी रहिन् । रोएर फिल्म चल्दैन भन्दै उनी निकै रोइन् । उनी रुँदा पत्रकार सम्मेलनका कार्यक्रम होस्टदेखि को-स्टारसम्मलाई सम्हाल्न गाह्रो भयो । तर उनी अन्ततः सम्हालिइन् र रुनुको कारण खुलाइन् । रोएर […]
काठमाडौं । नाबालिगमाथि जबर्जस्तीकरणीको उजुरी दर्ता भएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्नका लागि इन्टरपोलको सहयोग लिइने भएको छ । प्रहरी प्रवक्ता डिआईजी टेकप्रसाद राईले प्रहरीमा सन्दीपविरुद्ध जबर्जस्तीकरणीको उजुरी दर्ता भएसँगै उनलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिइने र प्रक्रिया अघि बढिसकेको बताए । डिआईजी राईले भने, ‘काठमाडौंमा भएको भए नेपाल प्रहरी आफैले […]
काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लागेको समाचार विदेशी सञ्चार माध्यमहरुमा पनि छ्याप्छयाप्ती भएका छन्। लामिछानेविरुद्ध पीडित नाबालिगले प्रहरी वृत्त, गौशालामा बलात्कारको जाहेरी दिएको समाचार स्वदेशी मिडियासँगै विदेशी मिडियाहरुमा पनि हाल चर्चामा छ। विशेषगरी भारतीय सञ्चारमाध्यमले सन्दीपको समाचारलाई महत्वका साथ स्थान दिएका छन्। आईपीएल खेलेको कारणले पनि सन्दीपसँग सम्बन्धित यस घटनालाई […]
काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह एको खेलमा भारतले पाकिस्तानलाई ३-०ले हराएको छ । दशरथ रंगशालामा भएको खेलमा भारतले आत्मघाती गोलबाट अग्रता लिएको थियो । २१ औं मिनेटमा पाकिस्तानी गोलरक्षक शाहिद बुखरीले पञ्च गरेको बललाई कप्तान मारियाले आफ्नै पोष्टमा गोल गरेकी हुन् । त्यसको २ मिनेटमा नै भारतकी ग्रेस डाङ्मीले अन्जु तामाङको पासमा पहिलो […]
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले खुला प्रतियोगितात्मक तर्फको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले असोज २६ गतेदेखि २८ गतेसम्म अन्तर्वार्ताको मिति तय गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश १ को […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन् । बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएका हुन् । शर्मा, महासचिवका दावेदार थिए । तर ४ भदौमा देव गुरुङ महासचिव बनाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई उपमहासचिव बनाए । […]
काठमाडौं, २२ भाद्र । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको उजूरी परेपछि अनुसन्धान अगाडि बढेको छ । १७ वर्षीया नाबालिगको स्वास्थ्य परीक्षण गरिएको र बयानका आधारमा बसेको होटलमा समेत अनुसन्धान बढाइएको छ । सिनामंगलस्थित होटलको ३०५ नम्बर कोठामा ६ भाद्रको राति सन्दीप लामिछाने नाबालिगसँगै पुगेको प्रमाण फेला परेको छ । सीसीटीभी फुटेजका आधारमा […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी संयन्त्रप्रति असन्तुष्टि जनाएका छन् । देशको दुर्गती हुनुमा राजनीतिक दलहरु मात्र हो कि कर्मचारी सयन्त्र पनि जिम्मेवार छ भनेर छलफल गर्नुपर्ने उनले बताएका छन् । निजामती सेवा दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भने, ‘जबसम्म ब्यूरोक्रेसीको सहयोग हुँदैन, तबसम्म देश अघि बढ्नै सक्दैन । अहिले स्थानीय तहसम्म ब्यूरोक्रेसी […]
काठमाडौं । यसवर्षको दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ १ असोजदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको विभागका महानिर्देशक डा. टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार दशैंमा काठमाडौं छाड्ने यात्रुहरुले अग्रिम टिकट बुकिङको सुविधा लिन सक्ने छन् । विभागका महानिर्देशक […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पार्टीमा राम्रो उत्तराधिकारी तयार होऊन् भन्ने चाहेको बताएका छन् ।बुधबार अखिल क्रान्तिकारीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीका नेताहरुको रक्षा गर्ने र हुर्काउन आफूले मुख्य भूमिका खलेको समेत बताए। उक्त कार्यक्रममा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले आफू अध्यक्ष प्रचण्डको सबैभन्दा कडा आलोचक पनि रहेको र सबै […]
काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक थोमस टुचेल बर्खास्तीमा परेका छन् । मंगलबार राति च्याम्पियन्स लिग अन्तर्गत डाइनामो जग्रेबसँग पराजित भएपछि चेल्सीले प्रशिक्षक बर्खास्त गर्ने निर्णय लिएको हो । क्लबको वक्तव्यमा भनिएको छ, ‘आफ्नो समयमा क्लबमा सबै प्रयासका लागि प्रशिक्षक थोमस र उनका कर्मचारीप्रति आभार व्यक्त गर्दछ । च्याम्पियन्स लिग, सुपर कप र […]
काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामै एक हजार रुपैयाँ र चाँदीको मूल्य तोलामै १५ रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला ११ सय १० रुपैयाँ तोकिएको छ […]