होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • महाअभियोग सिफारिस समितिले नेताहरुलाई नबोलाउने
समाचार

महाअभियोग सिफारिस समितिले नेताहरुलाई नबोलाउने

  • नागरिक रैबार
महाअभियोग सिफारिस समितिले नेताहरुलाई नबोलाउने

काठमाडौं । महाअभियोग सिफारिस समितिले राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाउने भएको छ ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग एकसरो बयान लिएर सकेको समितिको बैठक आज बिहान बसेको छ । सो बैठकले जबराले नाम लिएका पूर्वन्यायाधीश लगायतसँग पनि सोधपुछ गर्ने निर्णय गरेको छ ।

समितिका ज्येष्ठ सदस्य राम बहादुर विष्टका अनुसार चोलेन्द्रले बयानको क्रममा नाम लिएका पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुलाई समितिमा बोलाउने निर्णय गरेको छ । आज उनीहरुलाई पत्राचार गर्ने निर्णय गरेको विष्टले जानकारी दिए ।

तर राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाउने समितिका एक जना सदस्य एवम् नेपाली कांग्रेस नेता मिन विश्वकर्माले जानकारी दिए ।महाअभियोग सिफारिस समितिको बैठक भोलि बस्ने छ । तर समय यकिन हुन बाँकी छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार