होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संविधान दिवसमा एमालेको मर्निङ वाक, ओली हिँडेरै बसन्तपुर जाने
समाचार

संविधान दिवसमा एमालेको मर्निङ वाक, ओली हिँडेरै बसन्तपुर जाने

  • नागरिक रैबार
संविधान दिवसमा एमालेको मर्निङ वाक, ओली हिँडेरै बसन्तपुर जाने

काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसर पारेर असोज १ गते वाकाथन नामक प्रातःकालीन पैदल भ्रमण आयोजना गर्ने भएको छ ।संविधान दिवस असोज ३ गते पर्ने भए पनि निर्वाचन आयोगसँग सम्बन्धित अभियानहरुमा सहभागी हुनुपर्ने भएकाले एमालेले दुई दिन अगावै मर्निङ वाक कार्यक्रम राखेको हो ।

अरु बेलाका कार्यक्रमजस्तो झन्डा, ब्यानर नलगी विशुद्ध मर्निङ वाककै रुपमा काठमाडौंका पाँच ठाउँबाट पैदलै वसन्तपुर डबली जाने कार्यक्रम रहेको एमाले नेता विष्णु रिजालले अनलाइनखबरलाई बताए ।

रिजालका अनुसार एमाले अध्यक्ष ओलीले नयाँ बानेश्वरबाट पैदल हिँड्नेछन् । संविधान निर्माणका बेला कांग्रेस नेतृत्वको सरकार रहे पनि देशी–विदेशी चुनौती सामना गर्दै निर्णायक पहल एमालेले लिएको विगत सम्झना गर्दै ओली आफैं पैदल हिँड्न लागेको उनले बताए ।

विज्ञापन

‘संविधान निर्र्माणको नेतृत्व गर्ने पार्टी एमाले हो भन्ने समाजमा स्थापित नै छ, यसका सबलता र कमजोरी सबै हाम्रो पहलकदमीमा भएकै हुन्,’ रिजालले भने, ‘यसैवापत नाकाबन्दी पनि देशले बेहोर्नुपर्‍यो । केही सातापछि ओली प्रधानमन्त्री भएपछि नै भारतसँग अडान लिने काम सुरु भयो, हामीले सफलता पनि पायौं । हामी यसको पनि सम्झना गर्नेछौं, यो वाकाथनमा ।’

एमालेले आफूलाई संविधानको संरक्षक, पालक, पोषक भएको प्रचार लैजान लागेको हो । संविधान संशोधन गराएर चुच्चे नक्सा अनुमोदन गराउने नेतृत्व पनि एमालेकै भएकाले यो संविधान दिवसलाई विशेष रुपमा मनाउन लागेको उनले बताए । असोज १ गते बिहान ६ः४५ बजे बाट मर्निङ वाक सुरु गर्ने भन्दै एमालेले शुभेच्छुक, सर्वसाधारणलाई पनि सहभागी हुन अपिल गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार