होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डा. बालकृष्ण चापागाईं एमालेमै फर्किए
समाचार

डा. बालकृष्ण चापागाईं एमालेमै फर्किए

  • नागरिक रैबार
डा. बालकृष्ण चापागाईं एमालेमै फर्किए

बुटवल । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला पूर्व इञ्चार्ज डा. बालकृष्ण चापागाईं नेकपा एमालेमै फर्किएका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा स्वागत गरेका छन् ।

एकीकृत समाजवादीको अर्थ तथा योजना विभागको केन्द्रीय उपाध्यक्ष समेत रहेका चापागाईं प्रेस चौतारीका पूर्व केन्द्रीय अध्यक्ष समेत हुन् ।

नेकपा एकीकृत समाजवादी नेपाली कांग्रेस र माओवादी केन्द्रको पुच्छर मात्रै बनेको र आफ्नो बेग्लै पहिचान स्थापित गर्न असफल भएकाले नेपालको कम्युनिष्ट आन्दोलन, आर्थिक समृद्धि र विकासको नेतृत्व एमालेले मात्रै गर्न सक्छ भन्ने निष्कर्षका साथ एमालेमै फर्किएको चापागाईंले बताए ।

विज्ञापन

‘एकीकृत समाजवादीमा रहेका इमान्दार सबै साथीहरु एमालेमै फर्किनुहुन्छ,’ डा.चापागाईंले भने, ‘मुलुकमा अब वाम प्रगतिशील शक्तिको नेतृत्व गर्ने एमाले र पूँजीवादी दक्षिणपन्थी शक्तिको नेतृत्व गर्ने कांग्रेस गरी दुई धारमा राजनीति ध्रुविकृत हुन्छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार