होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कैलालीको भजनी नगरपालिकामा सामाजिक सुरक्षा भत्ताको रकम कम आएपछि सेवाग्राहीहरुले पाउनुपर्ने पूरा रकम नपाएको खुलासा भएको छ । आर्थिक वर्ष २०७८/०७९ को अन्तिम चौमासिकमा सामाजिक सुरक्षा भत्ता पाउने नागरिकहरूका लागि सरकारबाटै आउने रकम कम आएका कारण सेवाग्राहीहरुले पाउनुपर्ने रकममा कटौती भएको पाइएको हो । आर्थिक वर्षको तेस्रो चौमासिकसम्म मागअनुसारको रकम आए पनि अन्तिम चौमासिकमा रकम […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्याङ्जा २ मा टिकराज गुरुङलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउने भएको छ । लामो समयदेखि शिक्षण पेशामा आवद्ध गुरुङलाई संघीय संसदका लागि उम्मेदवार बनाउन लागिएको छ । प्रतिनिधि सभाका लागि स्याङ्जा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिन लागेको गुरुङले अनलाइनखबरसँग बताए । ‘उम्मेदवार स्थानीय तहका आकांक्षीबाट छनोट गर्न पार्टीको पद्धति छ […]
काठमाडौँ — आज अपराह्न १ बजेका लागि तय भएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश बुधबार बस्ने गरी स्थगित भएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालका अनुसार अर्को बैठक यही भदौ २९ गते बुधबार बिहान ११ बजे बस्ने गरी समय परिवर्तन भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति र समय निर्धारण […]
काठमाडौँ — शैक्षिक सत्र सुरु भइसक्दा पनि कक्षा ११ र १२ का पाठ्यपुस्तक पाउन नसकेको विद्यार्थी, अभिभावक र शिक्षकले गुनासो गरेका छन् । कक्षा ४–१० को पाठ्यपुस्तक समयमै छाप्न नसकेको जनक शिक्षा सामग्री केन्द्रले कक्षा ११ र १२ को पुस्तक छपाइमा पनि ढिलाइ गरेको हो । पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले बजारमा कक्षा ११ र १२ को […]
नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीलाई समाजवादी गुल्मीले निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ । समाजवादीले क्षेत्र नं. २ मा भने प्रमेश पोखरेललाई प्रतिनिधि सभा सदस्यका उम्मेदवार सिफारिस गरेको छ । वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानका केन्द्रीय सदस्य पोखरेललाई गुल्मी जिल्लाको इन्चार्ज बनाइएको छ । सह-इन्चार्जमा […]
काठमाडौं । दर्शकको स्वास्थ्यमा समस्या आउँदा झण्डै एक घण्टा रोकिएको खेलमा बार्सिलोनाले क्याडिजलाई ४-० ले पराजित गर्दै स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोना यस सिजन पहिलो पटक शीर्ष स्थानमा उक्लेको हो । लगातार चौथो जितपछि बार्सिलोनाले पाँच खेलबाट १३ अंक जोडेको छ । एक खेल कम खेलेको रियल मड्रिडलाई बार्सिलोनाले एक अंकले […]
बुटवल । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला पूर्व इञ्चार्ज डा. बालकृष्ण चापागाईं नेकपा एमालेमै फर्किएका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अध्यक्ष ओली र उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा स्वागत गरेका छन् । एकीकृत समाजवादीको अर्थ तथा योजना विभागको केन्द्रीय उपाध्यक्ष समेत रहेका चापागाईं प्रेस चौतारीका पूर्व केन्द्रीय अध्यक्ष […]
काठमाडौंः नेपाल विद्यार्थी संघले त्रिचन्द्र क्याम्पस अघि निकालेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा संघले प्रदर्शन गरेको थियो। ‘नागरिकता विधेयक प्रमाणीकरण नगरेकाले राष्ट्रपतिको पुत्ला जलाउन लाग्दा प्रहरीले हस्तक्षेप ग¥यो’, त्रिचन्द्रमा अध्यययनरत दिनेश कार्कीले भने, ‘प्रहरीसँगको हानहानमा एउटा साथीको हातमा चोट लागेको छ।’ नेविसंघले राष्ट्रपति विद्या भण्डारीको […]
काठमाडौँ — सामसङ, एप्पल, गुगलजस्ता प्रमुख ब्रान्डका नयाँ–नयाँ मोडलका मोबाइल फोन चलाउनेहरू यति बेला ई–सिमको पर्खाइमा छन् । नेपाल टेलिकम (एनटीसी) मा यसबारे सोधीखोजी गर्ने क्रम बढिरहेको प्रवक्ता शोभन अधिकारीले बताए । टेलिकमले अबको केही दिनभित्र ग्राहकलाई ई–सिम वितरण गर्ने जनाएको छ । ‘यो सिम कसरी लिने, कहाँबाट लिने भनेर हामीलाई धेरै जिज्ञासा आइरहेका छन्,’ अधिकारीले भने, ‘जतिसक्दो […]
काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले आज सूचना जारी गरी भर्ना खुलेको जानकारी दिएको हो । म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त दिन सक्ने छन् । दरखास्त सबै […]
Prezzo ufficiale viagra Questo fatto è stabilito, generalmente effettuano l’ordine da soli compilando un modulo. I vantaggi di una farmacia online sono numerosi. Le stesse condizioni legali si applicano a questi siti. in italia farmacia cialis mg 20 prezzo Ma oggi mi sono imbattuto in questo post sul blog che mi fa chiedere se la […]
काठमाडौं । दार्चुलाका बाढीपहिरो पीडितलाई आजदेखि राहत वितरण सुरु गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आज बिहान (आइतबार) बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको हो । अविरल वर्षासँग शुक्रबार रातिदेखि आएको पहिरो र बाढीले जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो जनधनको क्षति गरेको छ । हालसम्म ५ जनाको शव फेला परेको, […]
वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका नाममा हुने डोजर आतङ्क बन्द हुनुपर्ने बताएका छन् । पछिल्लो समय विकासका नाममा जथाभावी डोजर प्रयोग गरी जङ्गल विनाश गर्नुका साथै ठाउँ–ठाउँमा पहिरा जाने र बाढी पहिराको जोखिम बढ्दै गएकाले विकासमा नाममा जङ्गल तथा डाँडाकाँडा भत्काउने तथा मास्ने कार्य तत्काल बन्द हुनुपर्ने उनले बताएका हुन् । उनले भने, “सडक […]
काठमाडौं । राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको पहिलो खेलमा बङ्गलादेशले पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो । बङ्गलादेशको जितमा कप्तान सबिना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल थपे […]
मुगु — जिल्लाको पर्यटकीय गन्तव्य राराको दोस्रो सर्वेक्षण कार्य सुरु गरिएको छ । २०५४ साल राराको पहिलो सर्वेक्षण गरिएकोमा २५ वर्षपछि पुन: सर्वेक्षण कार्य सुरु भएको रारा रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको आर्थिक सहयोगमा कार्ड इ–टु सर्भिस जेड जेभी प्रालिले भदौ दोस्रो सातादेखि राराको गहिराई, लम्बाई, चौडाइ क्षेत्रफल, […]
काठमाडौँ — दार्चुलामा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिकाका ३ र महाकाली नगरपालिकाका २ जना छन् । बाढी पहिरोमा परी १० जना अझै बेपत्ता छन् । बेपत्ता सबै सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाका छन् । सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार बाढी पहिरोमा परेर मृत्यु हुनेमा महाकाली […]
धनगढीः दार्चुलामा गएराति परेको अविरल वर्षापछिको बाढी र पहिरोमा फसेका घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गर्न थालेको छ। जिल्लाको नौगाड गाउँपालिका २ सल्ला गाउँमा आएको बाढीपहिरोमा परेर पाँच जनाको मृत्यु भएको थियो। गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि सेनाको हेलिकोप्टर बाढीपहिरो प्रभवित क्षेत्रमा पुगेको हो। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट […]
बाजुरा । बाजुराको अर्गानिक स्याउ धनगढी आएको छ। कृषि ज्ञान केन्द्रको सहयोगमा व्यापारीहरुले स्याउ धनगढी ल्याएका हुन्। कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरि पनेरुका अनुसार स्वामिकार्तिक–खापर गाउँपालिकाको स्याउ शनिबार धनगढी पुगेको छ। किसानको बारीबाट भरिया र खच्चरमा तिलिचोसम्म ढुवानी गरिएको स्याउ ट्रकमा धनगढी ल्याइएको हो। साँफे–मार्तडी सडक अवरुद्ध भएकाले कर्णाली करिडोरबाट सुर्खेत–कोहलपुर हुँदै स्याउ धनगढी […]
धनगढीः नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु, सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावल र वनमन्त्री मानबहादुर धामी दार्चुलातर्फ उडेका छन्। मन्त्रीत्रय बडु, रावल र धामी राहत सामग्री लिएर दार्चुलातर्फ लागेका हुन्। बाढीपहिरो पीडितका लागि तत्काल आवश्यक पर्ने त्रिपाल, खाद्यान्न र कम्बलहरु लगायतका राहत सामग्रीसहित मन्त्रीत्रयको टोली त्यहाँतर्फ उडेको […]
काठमाडौं । दार्चुलाको महाकाली नगरपालिकास्थित लास्कु खोलामा आएको बाढीले १३ घर बगाएको छ । बाढीमा परेर ४ जना बेपत्ता भएका छन् । अविरल वर्षापछि शुक्रबार रातिदेखि आएको बाढीले १३ घर बगाएको र ४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरले जानकारी दिए । बेपत्ता हुने महाकाली नगरपालिकाका दुई जना र नौगाड […]