होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाल टेलिकमले शनिबार राती केही समय आफ्नो सेवा नचल्न सक्ने जनाएको छ । टेलिकमले फोरजी एलटिई सेवा अपग्रेड गर्ने भएकोले शनिबार राती केही समयको लागि सेवा अवरुद्ध हुन सक्ने जानकारी दिएको हो । शनिबार राती साढे ११ बजेदेखि अपग्रेडको काम सुरू हुने भएकोले त्यस समयमा मोवाइल सेवा प्रयोगमा कठिनाइ आउनसक्ने टेलिकमले जनाएको छ । मोवाइल सेवा […]
काठमाडौँ — कांग्रेस नेताहरूले सरकारको असफलताका कारण ‘दक्षिणपन्थी र उग्रवामपन्थी’ बाट राज्यप्रणालीमाथि प्रहार हुन थालेको बताएका छन् । त्यस्तो स्थिति आउनुमा सरकारको सर्वसत्तावादी सोच र काम गर्ने शैली मुख्य जिम्मेवार रहेको उनीहरूको निष्कर्ष छ । कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार भक्तपुरमा आयोजना गरेको प्रदेश ३ का ७ जिल्लाका महाधिवेशन प्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रममा सहभागी नेताहरूले सर्वदलीय […]
बैतडी, भाद्र-२१ । नरभंक्षी चितुवाको आक्रमणवाट बैतडीको तल्लोस्वराडमा शुक्रवार राती एक बालकको ज्यान गएको छ । शिवनाथ गाउँपालिका २ टाणीखर्कका रामसिंह मडैका ७ बर्षीय छोरा सुदीप मडैको चितुवाको आक्रमणवाट ज्यान गएको हो । शुक्रवार बेलुका साढे ७ बजेतिर घरको आँगनमा खेलीरहेका बेला एक्कासी चितुवाले बालकमाथि आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो […]
काठमाडौं : सरकारले चीनसँग सहकार्य गर्ने परियोजनाको अवस्था खोज्न थालेको छ। केही दिनदेखि परराष्ट्र मन्त्रालयले सम्बन्धित मन्त्रालयसँग चीनका परियोजना र आपसी सहकार्यबारे छलफल गरेको हो। चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आउने निश्चित भएलगत्तै छलफल सुरु गरिएको अधिकारीहरूले बताए। ‘अहिले हामी निकै व्यस्त छौं। अन्तर मन्त्रालय छलफलको धपेडी चल्दैछ’, बैठकमा सहभागी एक अधिकारीले भने, ‘भ्रमण हुने भएपछि मात्र हामी छलफलमा […]
नागरिक रैबार/बाजुरा २० भदौ । बाजुरामा मानव बेचबिखनविरुद्धको १३ औं राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मानाईएको छ । शुक्रबार विहान विभिन्न चेतनामूलक ¥याली निकालिएको थियो । ¥यालीमा सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि सामुदायिक सेवा केन्द्रका पदाधिकारी, पत्रकार, विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरूहरुको उल्लेख्य सहभागिता रहेको थियो । जिल्ला प्रहरी कार्याल बाजुराको आयोजनामा शुक्रबार मनाईएको […]
काठमाडौँ — सत्तापक्ष एवं प्रतिपक्षी सांसदहरुले एनसेल करबारे छलफल गर्न माग राखेका छन् । शुक्रबार बिहान संसदको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समिति सदस्यहरुले एनसेलको करबारे समितिमा छलफल गर्न सभापति समक्ष माग राखेका हुन् । बैठकमा सहभागी सासंदहरुले सार्वजनिक चासोको विषय भएको र सर्वोच्च अदालतले ठूला करदाता कार्यालयले गरेको निर्णय उल्टाएको भन्दै यस […]
धनगढी : कैलाली प्रहरीले २९ लाख अवैध रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २९ लाख अवैत्र रकमसहित प्रहरीले शुक्रबार कैलालीको त्रिनगर भन्सार नाकाबाट पक्राउ गरेको हो । यूपी ३१ एके ७३४८ नम्बरको कारबाट २५ लाख नेपाली र ३ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक अतुल बर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी […]
२० भदौ, दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गरेका छन् । प्रेस सङ्गठन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले बन्दुक पड्काएर समाजवाद नआउने भएकाले मूलधारको राजनीतिमा फर्कन विप्लवलाई आग्रह गरे । ‘बन्दुक पड्काएर समाजवादको यात्रामा पुगिँदैन’, तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको […]
वीरगन्ज — वीरगन्ज महानगरपालिका रेशमकोठीमा रहेको त्रिभुवन उच्चमाविमा कक्षा ९ मा अध्ययनरत एक छात्रामाथि शुक्रबार बिहान एसिड प्रहार भएको छ । छपकैया-२ निवासी १५ वर्षीया मुस्कान खातुनलाई दुई जना युवाहरुले गणेशमान चोक जाने गल्लीमा एसिड प्रहार गरेका प्रहरीले जनाएको छ। एसिड प्रहारले छात्राको शरिरको एक भाग जलेको प्रहरीले जनाएको छ। एसिड प्रहारबाट मुख, हात, छाती […]
काठमाडौँ — राजधानीलगायत देशैभरि डेंगु संक्रमण बढेको छ । मन्त्री र उपचारमा संलग्न चिकित्सकहरू पनि बिरामी परेका छन् । देशैभरि डेंगुको संक्रमण फैलिइरहँदा सरकार भने औलो नियन्त्रणका उपाय खोज्न थालेको छ । राजधानीमा मात्रै कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका २ चिकित्सकसहित १० जना, नेपाल जनस्वास्थ्य प्रयोगशालाका दुई र इपिडिमियोलजी तथा […]
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभासद् डिबी (डाेल बहादुर) कार्कीलाई पक्राउ गरेको छ। कार्कीलाई बुधबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रवक्ता एसपी दीपक रेग्मीले जानकारी दिएका छन्। उनलाई प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै घुस लिएकाे आरोपमा पक्राउ गरिएको प्रहरीको दाबी छ । २०६७ भदौमा कार्र्की प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै रकम उठाउँदै गर्दा अख्तियारद्धारा पक्राउ […]
काठमाडौं । काठमाडौंको पूर्वीभेगमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिकामा भोलि (शुक्रबार) सार्वजनिक बिदा हुने भएको छ । नगरपालिकाले कागेअष्टमीको अवसरमा नगरभित्र बिदा दिने निर्णय गरेको हो । नगरपालिकाकाे वडा नम्बर १ स्थित कागेश्वरी महादेव मन्दिरमा कागेअष्टमी (भाद्रशुल्क अष्टमी) मा मेला लाग्ने गर्छ । यस पटक पनि अष्टमी देखि ३ दिनसम्म लाग्ने मेला आयोजना गरिएको छ । कागेश्वरीको […]
काबुल, भदौ १९ अफगानिस्तानको राजधानी काबुलमा बिहीबार बिहान विदेशी कूटनीतिक नियोगहरू भएको क्षेत्रमा कार बम बिस्फोट भएको छ। स्थानीय समयअनुसार बिहान सवा दश बजेतिर शासदरक क्षेत्रमा अमेरिकी राजदूतावास नजिकै भएको बिस्फोटमा परी कम्तिमा १० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। आतंकवादी समूह तालिबानले बिस्फोटको जिम्मा लिएको छ। यसअघि सोमबार राति पनि तालिबानले […]
काठमाडौँ — सरकारले आगामी शैक्षिक सत्रदेखि नै सार्वजनिक शिक्षण संस्थामा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सहकुलपति गिरिराजमणि पोखरेलले बुधबार त्रिभुवन विश्वविद्यालयलाई लिखित निर्देशन दिदैं यस्तो प्रतिवद्धता जनाएका हुन् । राष्ट्रिय चिकित्सा शिक्षा ऐन–२०७५ को दफा १७ को ७ बमोजिम यसै […]
काठ्माडौँ । कृषि मन्त्री चक्रपाणि खनाललाई डेंगीको संक्रमण देखिएको छ। रगत जाँचका क्रममा डेंगीको संक्रमण देखिएपछि बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको खनालका प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिए। गत शुक्रबार हेटौंडाबाट फर्किएलगत्तै रुघाखोकी लाग्ने र ज्वरो आउने भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उनको रगत परीक्षण गरिएको थियो। मन्त्रीलाई डेंगी भएको रिपोर्ट आएको […]
बोस्टन, भदौ १९ । अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ। स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्। उनका बुबा-आमा अमेरिका घुम्न नेपालबाट आएका हुन्। कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा अस्पतालमा छन्। प्रभाशको अवस्था […]
धनगढी, भदौ १९ । चार थान पेस्तोल र सुनका गहनासहित धनगढीबाट तीन जना पक्राउ परेका छन् । प्रहरी सिआईवीको टोलीले धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट चार थान पेस्तोल र सुनका गहनासहित तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी–६ का सन्जय राणासहित अन्य दुई जना रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले बताए। घटनाबारे थप […]
नागरिक रैबार/बाजुरा १८ भदौ।बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका ईङ्गिलस बोर्डिङ्ग स्कुलका एकजना शिक्षकले बालकलाई शक्त घाईते बनाएका छन् । कक्षा १ मा अध्ययनरत त्रिवेणी नगरपालिका वडा नं. ९ का कृष्णा थापाका अन्दाजी ८ वर्षिया बालक पविन्द्र थापालार्ई शिक्षकले कुटपिट गरेका हुन । बुधबार कक्षा संचालन भईरहेका बेला गृहकार्य नगरेको भन्दै बालक थापालाई विद्यालयका शिक्षक मानसिह खड्काले पाईपको […]
नागरिक रैबार/बाजुरा १८ भदौ। बाजुरा जिल्लाका कृषकहरुले फलाएका स्याउहरु अव बारी बाटै ढुवानी गरिने भएको छ । कृषि ज्ञान केन्द्र बाजुराको २०७६÷७७ को वार्षिक कार्यक्रम अनुसार स्याउको बजार प्रर्वद्धन गर्ने उद्देश्यले कृषकहरुले खेतबारीमा फलाएका स्याउलाई बारीबाटै ढुवानी गर्नका लागि सूचना आह्वान गरेको छ । कृषकले फलाएका स्याउहरु बारीमै पुगेर ढुवानी गर्नका लागि कृषि ज्ञान केन्द्र […]
नागरिक रैबार/बाजुरा १८ भदौ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले नागरिक रैबार डटकका समाचार संयोजक पत्रकार प्रमित विकलाई क्रिया खर्च बाफत ५ हजार रुपैयाँ सहयोग गरेको छ । बुधबार पत्रकार महासंघका अध्यक्ष प्रकाश बहादुर सिंह, सचिव प्रेम विक र कोषाध्यक्ष नन्दा थापाले सयुक्त रुपमा पाँच हजारको चेक पत्रकार विकलाई हस्तान्तरण गरेका हुन् । पत्रकार […]