होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को एकताको काम अन्तिम चरणमा पुगेको छ । अनेरास्ववियुले यही साता जिल्ला कमिटीलाई पूर्णता दिन र स्थानीय तथा क्याम्पस कमिटीलाई आगामी मङ्सिर १५ गतेसम्म निर्माण गर्ने गरी काम अगाडि बढाएको छ । अहिले अखिलको केन्द्रीय कमिटी मात्र निर्माण भएको […]
२९ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका तीन जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, […]
नागरिक रैबार/बाजुरा २९ असोज। बाजुराका बाढी पहिरो पिडित र विपन्न वर्गलाई पदम खत्री स्मृती प्रतिष्ठानले राहत वितरण गरेको छ । प्रतिष्ठानले विहिबार विहान त्रिवेणी र बुढीगंगा नगरपालिकाका बाढीपिडित र अतिविपन्न वर्गका ८० परिवारलाई राहत वितरण गरेको हो । बाजुराका बाढीपिडित परिवारका लागि भन्दै प्रतिष्ठानले यस अघि नै धनगढीमा राहत संकलन अभियानको थालनी गरेको थियो । […]
२९ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका छन् । उनी यस्तोबेलामा अर्थमन्त्री बनेका छन्, जुनबेला मुलुकको अर्थतन्त्र भूकम्प र नाकाबन्दीको समयको भन्दा नाजुक अवस्थामा छ । र, पार्टीभित्र पनि एकता कमजोर भएको र गुटबन्दी प्रखर बनेको परिस्थिति छ । यसअघि भूकम्प, मधेस आन्दोलन तथा भारतको […]
नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप तथा परिमार्जन गरी असोज २९ देखि ९० दिन लागु हुने अटम अफर उपलब्ध गराउने भएको छ । यसैगरी घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागु हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागु हुने ‘तिहार अफर’ लाई फेस्टिभल अफरका रुपमा उपलब्ध गराउने छ । […]
काठमाडौँ — कोरोना संक्रमितहरुलाई परीक्षामा वञ्चित गराउन नहुने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । संक्रमित भएमा परीक्षाबाट वञ्चित हुनेगरी लोकसेवा आयोगले जारी गरेको मापदण्डविरुद्ध निवेदन परेको हो । अधिवक्ताहरु शैलेन्द्र हरिजन र प्रवीनकुमार यादवले दर्ता गरेको निवेदनमा संक्रमितलाई छुट्टै केन्द्र वा सुरक्षित उपाय गरेर परीक्षामा सामेल हुन पाउने व्यवस्था गर्न […]
बुटवल उपमहानगरपालिकाले नगरका विभिन्न वडामा गरी झण्डै ५०० लालपुर्जा वितरण गरेको छ । बुटवलका वडा नंं १४, १५, १६, १७ र १८ का विभिन्न टोलमा पुर्जाविहीन करिब ५०० घरपरिवारलाई उपमहानगरपालिकाले लालपुर्जा वितरण गरेको हो । नगरपालिकाले नगरका वडा नं १५ मा ४८ परिवार, वडा नं १६ मा ६३ परिवार, वडा नं १७ मा ९० तथा […]
२९ असोज, बाग्लुङ । बाग्लुङमा ११ थान बन्दुकसहित प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं. २ बाट बन्दुकसहित ११ जना पक्राउ परेका हुन् । अभिभावकको मोबाइल फोन चलाएका एक बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीको आँखामा परेपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले राति खानतलासी गरेको थियो । […]
धनगढीः सुदूरपश्चिममा १३ सय बढि कोरोनाका सक्रिय संक्रमित रहेका छन्। बुधबार प्रदेशमा ९१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार तीन सय दुई पुगेको हो। प्रदेश स्वास्थ्य निर्देशनालयले ९ वटै जिल्लामा गरी संक्रिय संक्रमितको संख्या एक हजार तीन सय दुई रहेको जनाएको छ। निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कैलालीमा सबैभन्दा धेरै सात सय २५ जना […]
काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठनसँगै दुई मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अर्थ मन्त्रीमा विष्णु पौडेल , सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पार्वत गुरुङ, सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लिलानाथ श्रेष्ठलाई नियुक्त गर्नुभएको छ ।
सर्लाहीमा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । रामनगर गाउँपालिकाका ६५ वर्षीय महेन्द्र रामको हत्याको विषयलाई लिएर कांग्रेस सांसद अमरेशकुमार सिंहसहितको टोली र प्रहरीबीच बुधबार झडप भएको हो। झडपमा प्रहरीतर्फ डीएसपीसहित २२ जना घाइते भएका छन् भने प्रदर्शनकारीतर्फ २० भन्दा बढी घाइते भएका छन् ।
नागरिक रैबार/बाजुरा २८ असोज। भीरबाट लडेर शक्त घाईते भएका बडीमालिका नगरपालिका ९ रतुडाका मानसिंगे चंदाराको उपचारका लागि शिक्षकहरुले आर्थिक सहयोग गरेका छन् । बडीमालिका नगरपालिका वडा ८ स्थित रतुडामा रहेको जनप्रकाश आधारभुत विद्यालयका शिक्षकहरुले घाईते चंदाराको उपचारका लागि २ हजार ५ सय आर्थिक रकम सहयोग गरेका हुन् । विद्यालयका अभिभावक समेत रहेका घाईते चंदाराको घरको […]
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद सानु शिवाको निधन भएको छ। मुटुको समस्या भएकी उनको काठमाडौंको सिनामंगलस्थित नेपाल मेडिकल कलेजमा उपचार क्रममा बुधबार निधन भएको अस्पतालले जनाएको छ। कमजोर स्वास्थ्य अवस्था रहेकी शिवाको दुवै मिर्गौलाले २०६२/६३ देखि काम गर्न छाडेका थिए। उनले भारतमा पुगेर मिर्गौला प्रत्यारोपण गराएकी थिइन्। त्यस्तै पाठेघरमा ट्युमर देखिएपछि शल्यक्रिया गराएकी थिइन्। […]
सप्तरीमा प्रहरी र तस्करबीच झडप हुँदा दुई जना प्रहरी घाइते भएका छन्। यो घटना मंगलबार राति १० बजे राजविराज नगरपालिका-१३ मुसहर्नियाँमको हो। जहाँ प्रहरी र तस्करहरूबीच झडप भएको थियो। भारतबाट तीन वटा मोटरसाइकलमा सामान बोकेर ल्याउँदा उनीहरूलाई प्रहरीले रोकेको थियो। प्रहरीले रोकेपछि उनीहरूले स्थानीयलाई गुहारेका थिए। ६०-७० जना स्थानीय भेला भएर प्रहरीमाथि जाइलागेको जिल्ला प्रहरी कार्यालयका […]
काठमाडौँ — कोरोना भाइरसको फैलिँदो संक्रमणलाई ख्याल गर्दै विभिन्न मन्त्रालयका सचिवहरूले सरकारलाई यस पटक घटस्थापना (कात्तिक १ गते) देखि नै सरकारी कार्यालय बन्द गर्न सुझाव दिएका छन् । सरकारको नियमित दसैं बिदा भने कात्तिक ७ गते (फूलपाती) देखि कात्तिक ११ गतेसम्म मात्र छ । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारदेखि प्रधानमन्त्री निवास बालुवाटार, कोभिड–१९ विपद् व्यवस्थापन […]
नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकाले क्वारेन्टाइन व्यवस्थापनमा खटेका झन्डै एक सय स्वयंसेवीलाई प्रतिव्यक्ति ४८ हजार रुपैयाँ भत्ता बाँडेको छ। क्वारेन्टाइन व्यवस्थापन मूल समितिका सदस्यद्वय शिवचरण यादव र सज्जाक खाँले भने यो रकम विपत् व्यवस्थापन कोषमा फिर्ता गरे। उनीहरूले असार ३१ गते गाउँपालिकालाई पत्र लेखी ‘आफूले निस्वार्थ रूपमा काम गरेको’ र ‘जानकारीबिना नै बैंकमा पैसा जम्मा […]
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा भागबण्डाको राजनीति मौलाएको प्रस्ट भएको छ । यही प्रवृत्तिका कारण पार्टी र नेताहरूले भन्ने गरेको विधि, विधान, पद्धति र प्रक्रियाका कुरा ‘घाममा सुक्न’ थालेको आभास हुन थालेको छ । झण्डै ५ महिना केन्द्रको भागबण्डामा कुरा नमिल्दा पार्टी नै फुटको सँघारमा पुगेका बेला भदौ २६ गतेको स्थायी समितिले […]
दमौली : तनहुँ भिमादका ९८ वर्षीय धर्मकुमार श्रेष्ठ दुई साताअघि चितवनमा कान्छो छोराको घरमा बेहोस भए। उनलाई उपचार गर्न चितवन मेडिकल कलेज लगियो। त्यहाँ आईसीयूमा उपचार गराइरहेका बेला उनका अन्य तीन छोरासहित परिवारका सदस्य भेट्न पुगे। त्यहीबेला अस्पतालका चिकित्सक र बिरामीमा कोरोना भाइरस संक्रमण भयो। धर्मकुमारको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखियो। तर, उनका छोराहरू काठमाडौं […]
नागरिक रैबार/बाजुरा २७ असोज। जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ६ ले सेवा क्षेत्र भित्रका दलित तथा दुर्गमको भनेर सिफारिस गर्दा प्रति व्यक्तिबाट लिएको पाँच सय रकमबाट १ सय कटाएर बाँकी ४ सय रकम सम्वन्धित व्यक्तिलाई फिर्ता गरेको छ । गत असोज १४ गते यस नागरिक रैबारले बडीमालिका ६ मा दलित तथा दुर्गमको सिफारिस गर्न वडा […]
२७ असोज, डोटी । सुदूरपश्चिमको पहाडी जिल्लामा नियमित उडान भर्ने योजना बनाएको समिट एयरको टुइन अटर बिमान मंगलबार बझाङ पुगेको छ । कैलालीको धनगढी विमानस्थलबाट समिट एयरको ९ एन—एकेजेड विमान १६ जना यात्रु बोकेर बझाङ पुगेको हो । बझाङबाट पनि १६ जना यात्रु बोकेर उक्त विहान धनगढी फर्केको छ । २०३५ सालमा धुले धावनमार्गमा […]