होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ३१६७ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १७४६ जना
समाचार

३१६७ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १७४६ जना

  • नागरिक रैबार
३१६७ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १७४६ जना

१ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ४३८ नमुना परीक्षण गर्दा ११६० महिला र २००७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ, जसमध्ये ७२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

विज्ञापन

८९ हजार ८४० संक्रमितमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८०० जना संक्रमणमुक्त भएका हुन् । देशभरमा ३८ हजार ७३७ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २९० जनाको आईसीयू र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

नयाँ संक्रमितमध्ये १ हजार ७४६ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौ.का १४५१ जना, ललितपुरका १५२ र भक्तपुरका १४३ जना छन् ।

यस्तै रुपन्देहीका २०२ जना, सुनसरीका १६३, मोरङका १४९, मकवानपुरका ११९, बर्दिया र सुर्खेतका ५६/५६ जना, झापाका ५५, कास्कीका ५४, कैलालीका ४७, बाँकेका ३३, दाङका ३०, दैलेखका २९, अर्घाखाँचीका २७, रौतहटका २६, पर्साका २४, काभ्रेका २१, धादिङका २०, धनुषाका १९, नुवाकोटका १८ र बारा, पाल्पा र बझाङका १७/१७ जनामा संक्रमण देखिएको छ ।

यस्तै गोरखा र जुम्लाका १५/१५ जना, सिन्धुपाल्चोकका १४, नवलपुरका १३, सल्यानका १२, कपिलवस्तुका ११, सप्तरीका ९, सर्लाही, सिराहा, कालीकोट र कञ्चनपुरका ८/८ जना, इलामका ७, महोत्तरी, दोलखा, तनहुँ, अछाम, डडेलधुरा र बैतडीका ६/६ जना, सिन्धुली, स्याङ्जा र दार्चुलाका ५/५ जना, रुकुम पश्चिमका ४, खोटाङ, रामेछाप, नवलपुर, म्यादी, बाग्लुङ र गुल्मीका ३/३ जना, ओखलढुंगा, लमजुङ र जाजरकोटका २/२ जना तथा उपयपुर, चितवन, रोल्पा, हुम्ला र डोटीका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार