होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री गुरुङलाई 
समाचार

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री गुरुङलाई 

  • नागरिक रैबार
सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्री गुरुङलाई 

काठमाडौं- सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई दिइएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा सरकारको प्रवक्ता हुने गुरुङ चौथौँ व्यक्ति हुन् । तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटा पदबाट बाहिरिएसँगै तत्कालिन अर्थमन्त्री डा युवराज खतिडालाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।अर्थमन्त्रीबाट राजिनामा दिइसँगै हालका परराष्ट्रमन्त्री ज्ञवालीलाई तोकिएको थियो । मन्त्री गुरुङलाई सोमवार बाटै लागू हुनेगरी प्रवक्ताको जिम्मेवारी दिइएको हो ।यसअघि गुरुङ महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा रहेका थिए । गत असोज २८ गते भएको मन्त्रिमण्डल पुनगर्ठनपछि गुरुङलाई सञ्चारमन्त्रालयको जिम्मेवारी दिइएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार