होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक ४, २०७७
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई आर्थिक सहयाेग
खेलकुद

फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई आर्थिक सहयाेग

  • नागरिक रैबार
फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई आर्थिक सहयाेग

काठमाण्डाै – फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) को पहिलो ब्याचले आर्थिक सहयोग गरेको छ ।

लिग सकिए पनि नेपालमा नै रहेका तर कोरोना भाइरसका कारण फर्किन नपाएका विदेशी खेलाडीलाई एन्फाको पहिलो ब्याचको अगुवाइमा आर्थिक सहयोग गरिएको हो । आर्थिक हिसाबमा समेत आप्ठेरो अवस्थामा भएका खेलाडीहरुलाई सहयोग गरिएको बताइएको छ ।

विभिन्न माध्ययमबाट संकलन गरिएको रकमलाई दिपकुमार राई र एन्फा एकेडेमीका पहिलो ब्याचका खेलाडीको हातबाट विदेशी खेलाडीलाई हस्तान्तरण गरिएको हो । सयहोग पाएका विदेशी खेलाडी फ्लोरेन्ट कोआरले अप्ठेरो परेको बेला सहयोग पाउँदा खुशी लागेको बताउनुभयो ।

विज्ञापन

२७ जना खेलाडीलाई आर्थिक सहयोग गरिएको छ । आर्थिक सहयकोका लागि अमेरीकामा बस्दै आएका विभिन्न पूर्व खेलाडीको सहयोगमा कुल तीन लाख ७ हजार रुपैयाँ प्रदान गरिएको हो । जसमा एक जना खेलाडीले १२ हजार रुपैयाँको दरले पाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार