होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी । सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावल(६८) ले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि रावलले दिउँसो साढे १ बजे प्रदेशसभा भवनमा अन्य ५२ जनालाई शपथ ग्रहण गराउने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए […]
धनगढी: सुदूरपश्चिममा आज सबैभन्दा लामो रात तथा पुषे पन्ध्रका रुपमा धुमधामसंग मनाइँदै छ। आजको रात सबैभन्दा लामो हुने विश्वास भएकाले आजको रातलाई ठूलीरात मानी राती मिठो मिठो खानेकुरा खाएर रमाईलो गरी जाग्राम बस्ने, डेउडा खेल्ने तथा बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन रहेको छ। पुुस १५ मा तरुल, सखरगञ्ज, फर्सी लगायतका कन्दमूल खाने चलन रहेको […]
नागरिक रैबार/बाजुरा १५ पुस।बाजुराको सदरमुकाम मार्तडीमा अहिले धमाधम नयाँ घरहरू निर्माण भईरहेका छन् । सदरमुकाम पछिल्लो समय पक्की घर निर्माण हुने क्रम जारी छ । बजारमा घर निर्माण गर्ने अधिकाँश घरधनिहरूले घर बनाउनका लागि खनेको माटो उठाएर सडकमा यत्रतत्र फाल्ने गरेका छन् । सदरमुकाम मार्तडीको मुख्य राजमार्गको सडकमा घरधनीहरूले सडक नै अवरोध हुने गरि माटो […]
अनेरास्ववियु बाजुराले स्व. चेतन अयडीको सम्झनामा स्मृति पार्क निर्माण गर्ने निर्णय गरेको छ।बुधबार नेकपा एमाले जिल्ला कमिटी पार्टी कार्यालय मार्तडीमा बसेको बैठकले उक्त निर्णय गरेको अनेरास्ववियु बाजुराका अध्यक्ष दिलबहादुर थापाले जानकारी दिए। संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी त्रिवेणी नगरपालिकाको–७ मा पार्क बनाउने निर्णय भएको हो।गत मंसिर ४ गते त्रिवेणी नगरपालिकाको ७ को मतदान […]
नागरिक रैबार/बाजुरा १३ पुस।अनाैपचारिक सेवा केन्द्र (इन्सेक) बाजुराले सन २०२२ जनवरी १ देखि २०२३ डिसेम्वर सम्म बाजुरा जिल्लामा १ वर्षको अवधिमा मानव अधिकार उलघंनका घटनाहरुको बारेमा समिक्षा गरिएको छ । बुधबार मार्तडीमा इन्सेक बाजुराले आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक २०२३ को वार्षिक समिक्षा गोष्ठीमा बाजुरा जिल्लामा १ वर्षको अवधिमा भएका मानवअधिकार उल्लङघन तथा ज्यादतीका […]
नागरिक रैबार बाजुरा १३ पुस।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) बाजुराकाे तेस्रो सचिवालय बैठक मार्तडीमा सम्पन्न भएकाे छ । अनेरास्ववियुकाे आज बसेकाे बैठकले मंसिर ४ गतेका दिन अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य चेतन अयडीकाे बीभत्स हत्यामा संलग्नहरूलाई कारवाहीकाे माग गर्ने निर्णय गरेकाे छ । त्यस्तै बैठकले स्वर्गीय चेतन अयडीकाे शाेक प्रस्ताव पारित गरेकाे छ । चेतन […]
नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टी पंक्तिमा निराशा छाएको कुराले जनतामा पनि निराश छाएको बताएका छन् । पाण्डेले पछिल्लो राजनीतिक घटनाक्रमबारे केन्द्रीय कार्यसमितिको बैठकमा गम्भीर समीक्षा हुनुपर्ने बताए । बुधबार काँग्रेस संस्थापन इतरपक्षहरुको भेटघाटका क्रममा बोल्दै उनले काँग्रेसले अबका दिनमा निराशा र असफलतालाई चिर्दै प्रतिपक्षी भूमिकामा कसरी प्रभावशाली बन्ने बारेमा सोच्नुपर्ने बताए । उनले पार्टी […]
कतारमा आयोजित फिफा विश्वकप २०२२ को क्रममा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी बसेको कोठालाई संग्रहालय बनाइने भएको छ। अर्जेन्टिनाले विश्वकपको उपाधि जितेसँगै कतारमा मेस्सी बसेको कोठालाई संग्रहालय बनाइन लागेको हो। आफ्नो टोलीलाई ३६ वर्षपछि उपाधि जिताएका मेस्सी यो प्रतियोगिताका उत्कृष्ट खेलाडीसमेत घोषित भएका थिए।नले विश्वकपको फाइनल खेलमा पनि दुई गोल गरेका थिए। कतार विश्वकपमा मेस्सी युनिभर्सिटी […]
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरु भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगले निर्वाचनको मिति तोकी नेपाल सरकारलाई दिनुपर्ने व्यवस्था छ । वर्तमान राष्ट्रपतिको कार्यकाल […]
गृह मन्त्रालयले कार्यविधि विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृहले मंगलबार दुवै सुरक्षा निकायलाई सुरक्षा कार्यविधि विपरीत खटिँदै आएका जनशक्तिलाई फिर्ता बोलाउन भनेको हो ।विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार बहालवाला तथा पूर्व निश्चित […]
काठमाडौं: नवनियुक्त गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन्। गृहमन्त्रालयमा पदभार ग्रहण गर्दै उनले बलात्कारपछि हत्या भएकी निर्मला पन्तको न्यायका लागि पहल गर्ने निर्णय गरेका छन्। उनले पदभारपछि पहिलो निर्णयका रुपमा बलत्कारपछि हत्या भएकी निर्मला पन्तको हत्या अनुसन्धान गर्ने पहिलो निर्णय गरेका हुन्। पदभारपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो नागरिकताबारे भइरहेको अनुसन्धानमा सहयोग गर्ने बताएका […]
काठमाडौँ — नवगठित मन्त्रिपरिषद्को बैठक सोमबार साँझ बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयका अनुसार सोमबार साँझ साढे ६ बजे नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छिन् । सोमबार शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाल र […]
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नेपाल सरकारको उपप्रधान तथा गृहमन्त्री बनेका छन्।लामिछानेले राष्ट्रपति कार्यालय शीतल निवासमा जारी शपथ ग्रहण गरेका छन्।
काठमाडौं– नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहणका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।आइतबार एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड अहिले पद तथा गोपनीयताको शपथ लिँदैछन् ।
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृह मन्त्री बन्ने भएका छन् ।उनी उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनेछन् भने गृह मन्त्रालयमा दावी गरिरहेका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय नपाउने पक्का भएको उनीनिकट एक नेताले बताए । अब श्रेष्ठसँग परराष्ट्र वा भौतिक पूर्वाधार मन्त्रालयमध्ये एक रोज्नुपर्ने विकल्प […]
नेकपा एमालेबाट उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारीसहित विष्णु पौडेल सरकारमा जाने निश्चित भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पौडेललाई उपप्रधानसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिनेगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नाम सिफारिस गरेका हुन् । पौडेलबाहेक एमालेले थप ३ जना मन्त्रीको नाम पनि टुङ्ग्याएको छ । राजेन्द्र राई, ज्वालाकुमारी साह र दामोदर भण्डारी मन्त्रीका […]
प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डसँगै उपप्रधानमन्त्रीले पनि शपथ लिने भएका छन् । सोमबार नयाँ बानेश्वरमा बसेको सत्ता गठबन्धन दलको बैठकमा प्रधानमन्त्रीसँगै तीन उपप्रधानमन्त्रीले शपथ लिने सहमति भएको हो । स्रोतका अनुसार तीन उपप्रधानमन्त्रीमा रास्वपाका अध्यक्ष समेत रहेका रवि लामिछाने गृहसहित उपप्रधान, एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थसहित उपप्रधान र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपसहित परराष्ट्रको […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
काठमाडौँ — एमाले लगायतका दलले नयाँ सत्ता समिकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकले दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ । बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार […]
नेपाली कांग्रेससँग सरकार निर्माणबारे कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट लागेका छन् ।सत्तारुढ गठबन्धनको बैठकमा सरकारको नेतृत्वको विषयमा कुरा नमिलेपछि प्रचण्ड ‘गठबन्धनको औचित्य सकिएको’ भन्दै बालुवाटारबाट बाहिरिएका थिए । बालुवाटारबाट ‘लञ्च ब्रेक’ का लागि आफ्नो निवास खुमलटार पुगेका प्रचण्डले माओवादीका नेताहरुसँग छलफलसमेत गरेका थिए […]