होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले २५ माघमा विश्वासको मत लिने तयारी सुरु गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले पनि विश्वास मत दिने प्रतिबद्धता जनाएको भन्दै रावलले २५ माघमा विश्वासको मत लिन लागेका हुन् । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने पूर्ववत अडानबाट पछि हटेको मुख्य मन्त्री रावलले जानकारी दिएका छन् । यो सँगै विश्वासको मत लिने […]
नागरिक रैबार/बाजुरा २२ माघ। प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसका अवसरमा चाैतारी बहस कार्यक्रम संगै दुई जना पत्रकार सम्मान गरेकाे छ । समृद्धीका लागि सचारकर्म, प्रेस चाैतारीकाे मुलमर्म भन्ने मुला नाराका साथ आयाेजित स्थापना दिवसकाे असरमा २ जना पत्रकारलाई समेत सम्मानित गरिएको प्रेस चाैतारी नेपाल बाजुरा शाखाले जनाएकाे छ । स्थापना दिवसको अवसरमा प्रेस […]
नागरिक रैबार/बाजुरा २० माघ। बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविमा कार्यरत शिक्षक उत्तमराज जोशीको विदाई गरिएको छ । २०७२ साल पौष ५ गतेदेखि मालिका नमुना माविमा मावि तहको स्थायी शिक्षक दरबन्दीमा कार्यरत रहेका शिक्षक जोशीको आज एक औपचारिक कार्यक्रमका विच भव्य रुपमा विदाई गरिएको मालिका नमुना माविका प्राचार्य शुभराज पाध्यायले बताएका छन् । शिक्षक जोशीले […]
नागरिक रैबार/बाजुरा २० माघ। जिल्लाको जगन्नाथ गाउँपालिका वडा न ६ मा रहेको सरस्वती आधारभूत विद्यालयको ६ कोठे नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । गाउँपालिकाको ४२ लाखको लागतमा निर्माण भएको उक्त भवनको शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । भवनको उद्घाटन जगन्नाथ गाउँपालिका वडा नं.६ का पुर्व वडा अध्यक्ष एवं नेकपा एमाले बाजुरा जिल्ला कमिटी […]
नागरिक रैबार/बाजुरा २० माघ। जिल्ला अस्पताल बाजुराको कार्यालय प्रमुखमा एमडिजिपि डाक्टर प्रेरित देवकोटालाई नियुक्त गरिएको छ । एमडिजिपि समेत रहेका डाक्टर देवकोटालाई आजबाट जिल्ला अस्पताल बाजुराको कार्यालय प्रमुखको जिम्मेवारी दिईएको जिल्ला अस्पताल व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष दावा गुरुङले बताएका छन् । उनका अनुसार यस अघि कार्यालय प्रमुखको जिम्मवारी डाक्टर मिलन जोशीले सम्हाल्दै आएका थिए । […]
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली – २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको नागरिक उन्मुक्ति पार्टीका नेता ठाकुरसिंह थारुले बताए । चौधरी सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी ठहर भएका थिए । कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ […]
नागरिक रैबार/बाजुरा १९ माघ। प्रेस चौतारी नेपाल बाजुराले आफ्नो २५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । मंगलबार बसेको प्रेस चौतारी बाजुराको बैठकले स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाउने निणर्य गरेको हो । प्रेस चौतारी नेपाल बाजुराले स्थापना दिवस यहीँ माघ २२ गते बाजुराको समग्र विकासका लागि जिल्लाका ९ वटै स्थानीय तहका […]
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गृह मन्त्रालय पाउने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । यसअघि सत्ता गठबन्धनमा भएको सहमति अनुसार रास्वपाले सो मन्त्रालय पाउनुपर्ने उनले बताए । आफू र प्रधानमन्त्री प्रचण्डबीच यस विषयमा सहमति रहेको पनि उनले बताए । रास्वपाले […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्री पदबाट राजीनामा दिएको हप्ता दिन पुग्न लाग्दासमेत मन्त्री क्वार्टर छाडेका छैनन् । उपप्रधानसहित गृहमन्त्रीबाट गत शुक्रवार राजीनामा दिएका लामिछानेले अहिलेसम्म मन्त्री क्वार्टर नछोडेका हुन् । सर्वोच्च अदालतले लामिछानेको उम्मेदवारी खारेज गर्दै नागरिकता लिन प्रक्रिया थाल्ने फैसला गरेपछि मन्त्रीसहित सांसदको पद गएको हो । उपप्रधानसहित गृहमन्त्री गुमाएका […]
नागरिक रैबार/बाजुरा १८ माघ। बाजुरामा चोरी मुद्धामा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडीमालिका नगरपालिका वडा नम्बर ७ का २५ वर्षका नरदेव जैशी रहेका छन् । जैशीलाई जिल्ला अदालत बाजुराले चोरी मुद्दामा १ महिना १२ दिन कैद र नगद २ हजार जरीवाना तोकेको थियो । अदालतको फैसला पछि फरार रहेका जैशीलाई […]
काठमाडाैँ । सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । त्यसैगरी सभामुखले नेपालको संविधानको धारा ८९ […]
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । बुधबार बिहान ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । भेटका क्रममा समसामयिक विषयवस्तुका साथै सत्ता गठबन्धनको बैठक बोलाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनायो ।
धनगढीः पत्रकारको चरित्र हत्या गरेको अभियोगमा डडेल्धुराका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ मालमका सुरत चमोलीलाई प्रहरीले पक्राउ गरेको हो। उनले सामाजिक सञ्जालमार्फत पत्रकारको चरित्र हत्या गरेको आरोप लागेको छ। उनले लामोसमयदेखि जथाभावी सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै आएका आरोप लागेको छ। पत्रकार महासंघ डडेल्धुराको निवेदनका आधारमा उनलाई सोधपुछका […]
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताउनुभएको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्री प्रचण्डले यो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘मैले सिंहदरबारलाई कार्य सञ्चालनको मुख्य थलोका रूपमा लिएको छु । विगतमा सिंहदरबारबाहिर वा निवासबाट […]
काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फर्किएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री प्रचण्डलाई भेटेर भर्खरै फर्किएका हुन् । सभापति लामिछानेले आफूलाई गृह मन्त्रालयमा फर्काउन आग्रह गरेको बुझिएको छ । तर, प्रचण्ड भने लामिछानेलाई गृह मन्त्रीमा फर्काउन सकारात्मक नदिएको बताइएको छ । ‘प्रधानमन्त्रीले रविजीकाे विषयमा महान्यायाधिवक्ता, कानुनविद्हरुसँग परामर्श गर्नुभयो नागरिकताको […]
काठमाडौं । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ । निर्वाचन आयोगले सोमबार निर्वाचनको मिति तय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २९ फागुन २०७९ मा सकिने छ । त्यसको चार दिनअघि निर्वाचन हुन लागेको हो । उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गतेलाई तय भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन ४ […]
काठमाडौं : सरकारी कार्यालयहरु आजदेखि अपरान्ह पाँच बजेसम्म खुल्ने भएका छन्। कात्तिक १६ गतेदेखि हिजो माघ १५ गतेसम्म ४ बजे बन्द हुने सरकारी कार्यालयहरु आजदेखि पाँच बजेसम्म नै खुल्ने गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले बर्सेनी राजपत्रमा सूचना प्रकाशन गरी कार्यालय हाजिर हुने र छुट्ने समय तोक्ने गरेको छ । जसअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म […]
काठमाडौं: बाँकेमा श्रीमानले पेट्रोल छर्किएर आगो लगाईदिँदा श्रीमती घाइते भएकी छिन्। दुई वर्षका छोरा प्रिन्सको उपचारका क्रममा सोमबार बिहान साढे ६ बजे मृत्यु भएको बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए। बाँकको कोहलपुर नगरपालिका १ शक्तिनगरका ३० वर्षीय भानुभक्त बिकले आइतबार साँझ श्रीमती गंगा विक र दुई वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाइदिएका […]
काठमाडौं, १५ माघ । सर्वोच्च आदालतले नागरिकता पुन:प्राप्ति गरेको भन्दै सांसद् पद नै खारेजी गरिदिएका रबि लामिछाने नेपाली नागरिकता पाएका छन्।उनले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर पुन: नागरिकता लिएका हुन्।लामिछानेको शुक्रबार सर्वोच्चले पुन: नेपाली नागरिकता नलिएको भन्दै उनको गृहमन्त्रीलगायत सांसद् पद नै खारेज गरेको थियो।
धनुषा । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । धेरै मानिसलाई कुष्ठरोगको पहिलो लक्षणको रुपमा छालामा फिक्का दाग आउनु वा […]