होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २२ असाेज। नेपाली कांग्रेस बाजुरा जिल्ला कार्यसमितिको सभापतिमा रामसिंह रावल विजयी भएका छन्। आज बिहान आएको मतपरिणाम अनुसार खड्काले एक ६ सय ५ मत ल्याएर सभापतिमा विजयी भएका हुन्। रावल वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्। उनी त्रिवेणी नगरपालिकाका नगर प्रमुख समेत रहेका छन् । उनले सभापतिका अर्का उम्मेदवार कविराज पण्डितलाई हराएका हुन्। पंण्डितले […]
नागरिक रैबार बाजुरा २१ असाेज नेपाली काँग्रेस जिल्ला कार्यसमितिकाे सभापतिका लागि गरिएकाे दाेस्राे चरणकाे मतदान सम्पन्न भएकाे छ । बिहिवार दिउसाेबाट सूरू भएकाे दाेस्राे चरणकाे मतदान साँझ ८ बजे सम्पन्न भएकाे हाे । पहिलाे चरणकाे मतदानमा जिलाभरका १२ सय १२ जना मध्ये १२ सय ५ जनाले मतदान गरेका थिए भने दाेस्राे चरणकाे मतदानमा ११ सय […]
काठमाडौं । सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा गणक नपठाएकोप्रति अनेरास्ववियुकाे असहमति सङ्गठनकी केन्द्रीय अध्यक्ष सुनिता बरालद्वारा हस्ताक्षरित विज्ञप्तिमा पूर्ववर्ती सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई नेपालको नक्सामा समेट्नेजस्तो महत्त्वपूर्ण कार्य गरिसकेको स्मरण गराउँदै वर्तमान सरकारले उक्त नेपाली भूमिमा गणकहरू नपठाएको विषय प्रति गम्भीर असहमति रहेको बताएको हो । अनेरास्ववियुले विज्ञप्तिमा ‘सन् १८१६ मार्च ४ मा […]
काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताएकी छन् । बिहीबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष बरालले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षा जीवनोपयोगी नभएको भन्दै विद्यालय तहको शिक्षा जीवनोपयोगी र विश्वविद्यालय तहको शिक्षा विषय विज्ञ उत्पादन गर्नेगरी शिक्षा नीति बनाउनुपर्ने बताइन् । स्थानीय […]
काठमाडौं, २१ असोज । नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा जानबाट रोकिनसक्ने सम्भावना बढेको छ । यसअघि भएको सहमति भन्दा कम संख्याको मन्त्रालय पाउने भएपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट भएपछि रोकिने सम्भावना बढेको हो । नेकपा एसले ५ मन्त्री र १ राज्यमन्त्री पाउने सहमति विगतमै भएको बुझिएको छ । तर, देउवाले ४ मन्त्री र […]
संस्कृति मानिसको अंग हो । संस्कृति बिना मानिस, मानिस नै रहँदैन । तर धर्मबिना मानिस, मानिस हुन र रहन सक्छ । यो चाडपर्वहरुको बहस चल्ने समय हो । त्यसकारण संस्कृतिको बारेमा केही बोल्नु पर्ने सन्दर्भ छ । म दशैँ वा कुनै पनि समुदायले मान्दै आएका चाडहरुको विपक्षमा छैन । बरु धार्मिक रुढिवादी र अन्धतामा आधारित […]
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई कोरोना संक्रमण देखिएको छ।तीन दिनदेखि स्वास्थ्यमा समस्या आएपछि बिहीबार पीसीआर परीक्षणका क्रममा पौडेललाई कोरोना संक्रमण देखिएको हो । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । कांग्रेस नेता पौडेल आसन्न महाधिवेशनमा महामन्त्रीका उम्मेदवार हुन् । क्रियाशील सदस्यता छानविन […]
धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसंगै मन्त्री, ४ राज्यमन्त्री र प्रदेश सभा सदस्यहरुको खातामा दसैँ भत्ताको रकम जम्मा भएको छ। उनीहरुका स्वकीय सचिवहरुले पनि भत्ता बुझेका छन्। प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीका अनुसार पदाधिकारीहरूको एक महिना बराबरको दसैँ भत्ता भुक्तानी भएको छ। ‘ऐनअनुसार एक महिनाको पारिश्रमिक बराबर दसैँ भत्ता बपतको रकम जम्मा भएको हो,’ प्रदेश […]
नेकपा एकीकृत समाजवादीले मन्त्रालय बाँडफाँडका साथै मन्त्री छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । बिहीबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकपछि नेता विरोध खतिवडाले मन्त्रालय र मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई दिएको जानकारी दिए । मन्त्री र मन्त्रालय बाँडफाँडको जिम्मा अध्यक्षलाई नै दिएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा खतिवडाले भने, ‘हामीले सबै जिम्मा अध्यक्षलाई दिएका […]
बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । यसअघि सत्तारुढ दलले मन्त्रालयको भागबण्डा गर्दा काँग्रेसलाई सात, माओवादी केन्द्रलाई ६ तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई चार–चार मन्त्रालय पाउने गरी छलफल भएको थियो । तर त्यसमा नेकपा एकीकृत […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष सम्पूर्ण रुपमा च्युत भएको हेर्न बाँकी रहेको बताएका छन्।बिहीबार नेकपा एमाले सुदुरपश्चिमका नेता भानुभक्त जोशीलाई आफ्नो पार्टीमा स्वागत गर्दै नेता नेपालले यस्तो बताएका हुन्। ओली सुध्रिदैनन् भन्ने कुरा आफूलाई पहिले जानकारी भएकाे बताउँदै उनले भने, ‘हामी पहिलेदेखि ने यो निष्कर्षमा पुगिरहेकै थियौं, केपी ओलीलाई सुधार्न […]
नागरिक रैबार/बाजुरा २१ असोज । नेपाली काँग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनमा सभापतिका लागि दोस्रो चरणको मतदान सूरु भएको छ । पार्टी सभापतिका लागि ५१ प्रतिशत पुगाउन ६ सय १५ मत ल्याउनु पर्ने हुन्छ तर सभापतिमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः मतदान सूरु भएको निर्वाचन समितिले जनाएको छ । पहिलो चरणको निर्वाचनमा सभापति […]
मन्त्रालयको भागबण्डामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालको असन्तुष्टि देखिएको छ । मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा एकीकृत समाजवादीले चार मन्त्रालय मात्र पाउने अवस्था बनेपछि नेपालले असन्तुष्टि जनाएका हुन् । काँग्रेसले ८, माओवादीले ६, एकीकृत समाजवादी र जसपाले ४–४ मन्त्रालय पाउने गरी भागबण्डा टुङ्ग्याइएको थियो । यद्यपि अध्यक्ष नेपालले बैठकमै असन्तुष्टि जनाएका थिए । […]
धनगढी : सुदूरपश्चिममा जीवन बीमा कम्पनी र तिनका एजेण्टका कारण बिमित मर्कामा पर्न थालेका छन्। विभिन्न बीमा कम्पनी र तिनका एजेन्टहरुले जबरजस्ती ठूलो रकमको बीमा गराउने तर जोखिम या आर्थिक समस्या परे कुनै सहयोग नगर्ने गुनासो सर्वसाधारणले गर्न थालेका हुन्। आर्थिक समस्या परेर बीमालेख सरेण्डर गरी पैसा फिर्ता माग्न खोज्दा बीमा कम्पनीहरुले विभिन्न नियम देखाएर […]
नागरिक रैबार बाजुरा २१ असाेज। नेपाली काँग्रेस बाजुराकाे सभापतिमा उम्मेद्वार रहेका चक्र शाहले अब हुने दाेस्राे निर्वाचनमा सभापतिमा रामसिहं रावललाई सहयाेग गर्ने घाेषणा गरेका छन् । नेता शाहले मार्तडीमा आज पत्रकार सम्मेलन गरेर अब हुने दाेस्राे चरणकाे निर्वाचनमा रामसिंह रावलाई सभापतिमा सहयाेग गर्ने घाेषणा गरेका हुन् । पहिलो निर्वाचनमा सभापतिमा उम्मेदवारी दिएका शाहको टिमको पक्षमा […]
काठमाडौं । भारतले व्यावसायिक ड्रोनको प्रयोग गरेर ग्रामीण भेगमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप पुर्याउन सुरु गरेको छ । भारतको सरकारका वरिष्ठ वैज्ञानिक समिरान पान्डाले अहिले भारतले मुलुकको उत्तर–पूर्वमा रहेको पर्वतीय क्षेत्रमा कोरोना खोप पुर्याउन ड्रोनको प्रयोग गरिरहेको बताएका छन् । भारतले २०२१ को अन्तिमसम्ममा सबै योग्य नागरिकलाई कोरोना खोप लगाउने लक्ष्य राखेको छ । […]
काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले जोशीलाई स्वागत गरेका छन् । एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र बाचन गरेका थिए । एमाले नीति, सिद्धान्तबाट विचलित भएकाले आफूले एकीकृत समाजवादीमा आवद्ध हुने निर्णय लिएको उनले […]
नागरिक रैबार/बाजुरा २१ असोज। नेपाली कांग्रेस बाजुराको जिल्ला अधिवेशनमा पहिलो चरणको मतदानमा कुनै पनि उम्मेद्वारको ५१ प्रतिशत मत नपुगेपछि फेरी मतदान हुने भएको छ। जिल्लामा तीन जना उम्मेदवार सभापतिको दौडमा थिए। जसअनुसार बिहीबार बिहान सम्पन्न मतगणनामा कुनै उम्मेद्वारको ५१ प्रतिशत नपुगेपछि पुनः मतदान हुने निर्वाचन समितिले जनाएको छ। जिल्लामा जम्मा १ हजार २ सय १२ […]
नागरिक रैबार/बाजुरा २१ असोज। नेपाली काँग्रेस बाजुराको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । काँग्रेसको ७ औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि गरिएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । जिल्लाको नेतृत्व चयनका लागि उम्मेदवार विच आपसी सहमति हनु नसकेपछि मंगलबार विहानबाट मतदान गरिएको थियो । अधिवेशनमा जिल्ला भरका १२ सय १२ मध्ये १२ […]
नागरिक रैबार/बाजुरा २१ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको सभापतिका लागि स्वतन्त्र उम्मेदवारी दिएका चक्र शाहको टिम निर्णायक हुने भएको छ । विहिबार विहान आएको मतपरिणाम अनुसार सभापतिका लागि कविराज पण्डितको पक्षमा ४७९, रामसिंह रावल ४ सय ४७४ र चक्र शाहले १ सय ५२ मत पाएका थिए । पार्टी सभापतिका लागि ५१ प्रतिशत पुगाउन ६ सय […]