होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, चैत्र २४, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका मुख्यमन्त्री, मन्त्रीसंगै सांसदले पनि लिए दसैँ भत्ता
समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री, मन्त्रीसंगै सांसदले पनि लिए दसैँ भत्ता

  • नागरिक रैबार
सुदूरपश्चिमका मुख्यमन्त्री, मन्त्रीसंगै सांसदले पनि लिए दसैँ भत्ता

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसंगै मन्त्री, ४ राज्यमन्त्री र प्रदेश सभा सदस्यहरुको खातामा दसैँ भत्ताको रकम जम्मा भएको छ। उनीहरुका स्वकीय सचिवहरुले पनि भत्ता बुझेका छन्।

प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीका अनुसार पदाधिकारीहरूको एक महिना बराबरको दसैँ भत्ता भुक्तानी भएको छ। ‘ऐनअनुसार एक महिनाको पारिश्रमिक बराबर दसैँ भत्ता बपतको रकम जम्मा भएको हो,’ प्रदेश सभा सचिवालयका सचिव धामीले भने।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ अनुसार सभामुख, विपक्षी दलका नेता, सत्ता पक्षका प्रमुख सचेतक, सत्ता पक्षका सचेतक र विपक्षी दलका प्रमुख सचेतक, सचेतक र सदस्यहरुलाई सुविधा दिइँदै आएको हो।

विज्ञापन

मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीहरूलाई भने मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ अनुसार सुविधा दिइएको हो। मुख्यमन्त्री, मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ अनुसार राज्यमन्त्रीले अन्य सुविधा बाहेक मासिक तलब मात्रै ५१ हजार, मन्त्रीले ५४ हजार र मुख्यमन्त्रीले ६० हजार ९७० रुपैयाँ पाउँछन्।

ऐनमा प्रदेश सभाका सदस्य र पदाधिकारीहरूको मासिक तलब ४८ हजारदेखि ५५ हजार रहेको छ। सुदूरपश्चिम प्रदेश सभामा ५२ जना प्रदेश सांसदहरू विभिन्न दलबाट प्रतिनिधित्व गर्छन्। जसमध्ये ७ मन्त्री र ४ राज्यमन्त्री गरी ११ सदस्यीय मन्त्रीमण्डल रहेको छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै