होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, चैत्र २४, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा बीमा कम्पनी र एजेण्टको आतंक, सर्वसाधारण मर्कामा
समाचार

सुदूरपश्चिममा बीमा कम्पनी र एजेण्टको आतंक, सर्वसाधारण मर्कामा

  • नागरिक रैबार
सुदूरपश्चिममा बीमा कम्पनी र एजेण्टको आतंक, सर्वसाधारण मर्कामा

धनगढी : सुदूरपश्चिममा जीवन बीमा कम्पनी र तिनका एजेण्टका कारण बिमित मर्कामा पर्न थालेका छन्। विभिन्न बीमा कम्पनी र तिनका एजेन्टहरुले जबरजस्ती ठूलो रकमको बीमा गराउने तर जोखिम या आर्थिक समस्या परे कुनै सहयोग नगर्ने गुनासो सर्वसाधारणले गर्न थालेका हुन्। आर्थिक समस्या परेर बीमालेख सरेण्डर गरी पैसा फिर्ता माग्न खोज्दा बीमा कम्पनीहरुले विभिन्न नियम देखाएर रकम फिर्ता नगर्ने गरेको बीमा गराएकाहरुले गुनासो गर्न थालेका छन्।

बीमा कम्पनी र तिनका एजेन्टहरुले कतिपय अवस्थामा राजीखुशी बीमा गराउँछन् भने कतिपय अवस्थामा जबर्जस्ती बीमा गराउँदै आएका छन्। विभिन्न कारणले बीमालेखलाई पूर्णता दिन नसक्ने अवस्थामा पैसा फिर्ता माग्न गए बीमा कम्पनीहरुले रकम फिर्ता नदिएर अनिवार्य किस्ता तिर्नुपर्ने शर्त राख्ने गरेको गुनासो टिकापुरका नवराज भट्टराईको छ। ‘बीमा कम्पनीले बीमालेख सरेण्डर गर्दा कम्तिमा दुई किस्ता चुक्ता गर्नैपर्ने बताउने गरेका छन्’ उनले भने, ‘नागरिकहरुले आफ्नो जम्मा गरेको रकम मागेको बेला पाउनु पर्यो नि।’

बीमा कम्पनीहरुले आफ्ना अभिकर्तामार्फत विभिन्न पोलिसी बिक्री गर्ने गरेका छन्। बीमालेख खरिद गर्ने व्यक्ति कुनै समस्यामा परे बीमालेख अनुसार उनीहरुले भुक्तानी नपाउने समस्या रहेका बेला प्रिमियम तिर्न नसकेर बीमा सरेण्डर गर्न खोजे पनि कम्पनीहरुले सहजीकरण नगर्ने आरोप लागेको छ। कानूनतः नागरिकले जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने बिमितहरुले बताउँदै आएका छन्।

विज्ञापन

बीमालेख बिक्री गर्दा निकै फाइदा छ भनेर बढी रकमको बीमा खरिद गर्न लगाउने भए पनि किस्ता बुझाउन नसकेर सर्वसाधारणले आफूले जम्मा गरेको रकम सहजै नपाउने अवस्था रहेको छ। बीमा कम्पनीहरुले ग्राहकले सरेण्डर गर्न चाहे कम्पनीको पक्षमा हुने गरी सरेण्डर रकम निर्धारण गर्ने र त्यो रकमको ९० प्रतिशत भुक्तानी पाउने नियम रहेको बताउने गरेका छन्।

तर बिमितले बीमा गर्दा करारमा उल्लेख सर्त अनुसार बीमा सरेण्डर गरेर रकम फिर्ता पाउने बिमा समितिका उपसचिव विरोध भट्टको भनाई छ। ‘बीमा गर्दा करारमा उल्लेख भए बमोजिम बिमितले सरेण्डर गर्न पाउँछन्’ उनले भने, ‘सरेण्डर गर्दा बीमा समितिबाट स्वीकृत गरेर लगेको फर्मुलाको आधारमा बीमा कम्पनीले भुक्तानी दिनुपर्छ।’

बीमा कम्पनीका एजेन्टहरुले ठूलो रकमका बढीभन्दा बढी बीमालेख बिक्री गरेर विभिन्न सुविधा पाउने गरेका छन्। विदेश भ्रमण तथा मोटो कमिशन पाउने लालचमा एजेन्टहरुले ललाइफकाइ बीमा गर्न बाध्य पार्ने गरेको आरोप लाग्ने गरेको छ। सुदूरपश्चिमका विभिन्न जिल्लामा बीमा गरेको रकम बुझाउन नसकेर बिचल्ली भएको व्यक्तिको संख्या निकै धेरै भएपनि अहिलेसम्म थोरैले मात्रै मुख खोल्न सकेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै