होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १ मंसिर। नेपाल टेलिकम बाजुराले बाजुरामा प्रवाह गर्दै आएको एडिएसल सहितको इन्टरनेट र फोर जी सेवाले काम नगरेपछि बाजुरा जिल्लाका संचारकर्मीहरु आक्रासित बनेका छन् । नेपाल टेलिकमको इन्टरनेट सेवा र फोरजि सेवाले विशेषगरी संचारकर्मीलाई समस्या भएको बाजुरामा क्रियाशिल राष्ट्रिय तथा स्थानीय संचार माध्यममा कार्यरत पत्रकारहरुले नेपाल टेलिकम शाखालाई ज्ञापनपत्र सहित एडिएसएल सेवाको राउटर […]
नागरिक रैबार/बाजुरा १ मंसिर। मानव संसाधन केन्द्र (एचआरसि) बाजुराले कोरोना रोकथाम तथा नियन्त्रण लागि भन्दै गौमुल गाउँपालिकालाई १० लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ । मानव संसाधन केन्द्र (एचआरसि) बाजुराद्धारा संचालनमा रहेको गुणस्तरिय शिक्षा प्रवर्धन तथा बैकल्पिक जिविकोपार्जन परियोजना (EBLOP) अन्तरगत गाउँपालिका भरिका समुदाय तथा सिमान्तकृत समुदायलाई कोरोना भाईरसबाट हुने महामारी रोकथाम तथा न्युनिकरणका […]
काठमाडौं: काठमाडौं, रामेछाप र मकवानपुरमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–१४ कलंकी खसी बजारमा प्र.३–०१–००५ ख ९३०० नम्बरको बसले प्र.३–०२–०१४ प ७४६३ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा स्कुटर चालक ३५ वर्षीय राम बहादुर आचार्य र स्कुटरमा सवार ललितपुर इमाडोल बस्ने ५२ वर्षीय […]
धनगढीः गुल्मीमा आफ्नै बहिनीलाई बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन्। १३ वर्षीया बहिनी बलात्कार गर्ने दाजु पक्राउ परेका हुन्। पक्राउ पर्नेमा इस्मा गाउँपालिका–३ का १९ वर्षीय युवक रहेका छन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले इस्मा प्रहरीले निजलाई ३ दिन अघि नै नियन्त्रणमा लिएको र गएराति जिल्ला प्रहरी कार्यालयमा पठाइ बुधबार अदालतमा म्याद थप गर्न […]
नागरिक रैबार/बाजुरा १ मंसिर। दुई हप्तादेखि भारतको सिम्लाबाट बेपत्ता भएका मार्तडीका रणबहादुर ऐडी भारतकै हिमाचल प्रदेशको चौपालमा बिरामी भएको अवस्थामा फेला परेका छन् । बडीमालिका नगरपालिका वडा नं. ८ गठखेत ऐडीबाडा घर भएका ऐडी २ सातादेखि भारतको सिम्लाबाट बेपत्ता भएका थिए । कामको सिलसिलामा भारतको सिम्लामा गएका ऐडी तिहार मनाउन घर फर्किने बेला बिचबाटो दुई […]
काठमाडौँ: नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज विभिन्न चाडपर्व र पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा अखिल शुभकामना साँझ आयोजना गर्दैछ। एमालेका अध्यक्ष केपी शर्मा ओलीले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गर्ने कार्यक्रममा लोकप्रिय कलाकार प्रितम आचार्य, जीवन शर्मालगायतको प्रस्तुति रहने अनेरास्ववियुका महासचिव समिक बडालले जानकारी दिए। कार्यक्रममा प्रमोद खरेल, मनोज गजुरेल, बद्री पङ्ज्ञेनी, अस्मिता अधिकारी, जितु […]
१ मंसिर, काठमाडौं । गण्डकी प्रदेश सरकारले पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । गत कात्तिक २९ गते बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले गरेका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता कुमार खड्काले सो जानकारी दिएका हुन् ।अनलाइन खबरबाट साभार
मकवानपुर: पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–९ मा गए राति जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना३च ११९३ नम्बरको बोलेरो जीपले विपरीत दिशाबाट गइरहेको ना३४प ६०४४ नम्ब्रको मोटरसाइकललाई ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको हो। मृत्यु हुनेमा मकवानपुरको कैलाश गाउँपालिका–४ कालिकाटारका २४ वर्षीय अबिरल रिजालको मृत्यु भएको प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए। […]
वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा आर्थिक लेनदेनका घटना एकपछि अर्को बढ्दै गएको पाइएको छ। तुलनात्मक रुपमा स्थानीय तहमा भ्रष्टाचार बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले देखाएको हो। भ्रष्टाचारविरुद्ध नागरिक समाजले पटकपटक खबरदारी गर्दै आए पनि झनझन बढ्दै गएको नागरिक समाज कञ्चनपुरका सचिव कोमल निरञ्जन भाटले बताए। ‘यहाँका स्थानीय तहमा देखिएको […]
नागरिक रैबार/बाजुरा १ मंसिर। नेकपा एमाले बाजुराले पार्टीको दशौं महाधिवेशनमा बाजुराबाट सहभागि हुने प्रतिनिधिहरुको टंगो लगाएपछि अहिले पार्टी भित्रैबाट नेता तथा कार्यक्रर्ताहरुले तिव्र आलोचना गरिरहेका छन् । एमालेको प्रतिनिधि छनोटको विषयलाई लिएर अहिले चोकदेखि चियापसल र सामाजिक संजालमा तिव्र आलोचना भईरहेको छ ।एमाले बाजुराले प्रतिनिधि छनोट गर्दा बाजुरामा ६ जना दलित प्रतिनिधि समेट्नु पर्ने भएपनि […]
नागरिक रैबार/बाजुरा ३० कार्तिक। बाजुरा जिल्लाका ग्रामिण सडकमा संचालन हुँदै आएका जीप व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालय बाजुराले निर्धारण गरेको भाडादरमा गाडी नचलाउने निर्णय गरेको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै जीप व्यवसायीहरुले प्रशासनले निर्धारण गरेको भाडादरमा जिल्लाका कुनैपनि स्थानमा गाडी नचलाउने निणर्य गरेको हो । यस अघि कार्तिक २२ गते जिल्ला प्रशासन कार्यालय […]
काठमाडौं : एक युवकले आफूमाथि ससुरालीमा कुटपिट भएको भन्दै आत्महत्या गरेका छन्। धनुषाको मिथिला नगरपालिका–२ का २६ वर्षीय रामचन्द्र महतोले सोमबार राति ससुराली घरमै आत्महत्या गरेको प्रहरीले जनाएको छ। महतोले मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरस्थित ससुराली घरमा झुण्डेर आत्महत्या गरेका हुन्। महतोको खल्तीमा सुसाइड नोट फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। […]
नागरिक रैबार/बाजुरा ३० कार्तिक। बडीमालिका नगरपालिका वडा नं. ८ गठखेत ऐडीबाडा घर भएका रणबहादुर ऐडी २ सातादेखि भारतको सिम्लाबाट बेपत्ता भएका छन् । कामको सिलसिलामा भारतको सिम्लामा गएका ऐडी तिहार मनाउन घर फर्किने बेला बिचबाटो बाटै दुई साता देखि बेपत्ता भएका हुन् । सिम्लामा संगै काम गर्ने साथीहरुसंग घर जान्छु भनेर सिम्लाबाट फर्केका ऐडी दुइसाता […]
काठमाडौं: नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुले एउटा साझा बस तोडफोड गरेका छन्। ललितपुरको इटी चोकमा पेट्रोल पम्प नजिक बा५ख ८७५५ नम्बरको साझा बसको पछाडिपट्टीको भागमा विप्लवका कार्यकर्ताहरुले तोडफोड गरेका हुन्। बन्दमा बस चलाएको भन्दै बन्दकर्ताले ढुंगामुढा गर्दा साझा बसमा सामान्य क्षति पुगेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।
२६ कात्तिक, काठमाडौं । नेपालले समुद्रसम्म आफ्नै इन्टरनेट पहुँच विस्तार गर्न अध्ययन सकिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले परामर्शदातामार्फत यसबारे अध्ययन गराएर प्रतिवेदन तयार गरेको हो । प्रतिवेदन कार्यान्वयनमा आए नेपालले भारत हुँदै समुद्रसम्म आफ्नै नियन्त्रमा रहने ‘अप्टिकल फाइबर’ जोड्ने छ । नेपालले हाल भारत र चीनका विभिन्न चार वटा नाकाबाट इन्टरनेट भित्र्याइरहेको छ । […]
२४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिएका छन् । गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार बिहान शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्ने भए चुनाव लडेर आउन शाहलाई चुनौती दिएका छन् । आफूले प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिन तयार छु भनेर ज्ञानेन्द्र शाहलाई भनेको तर उनले […]
३० कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक कतारसँग टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०१९ देखि महिला टिमको टी-२० खेललाई पनि अन्तर्राष्ट्रिय मान्यता दिएपछि नेपालको महिला टिमले पहिलो पटक टी-२० सिरिज खेल्न लागेको हो । आईसीसी टी-२० विश्वकप एसिया छनोट खेल्नुअघि तयारी स्वरुप नेपालले कतारसँग तीन खेलको सिरिज […]
धनगढी: हरेक प्रदेशमा एक स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने भनेर संघीय सरकारको स्वास्थ्य नीति २०७६ मा उल्लेख छ। सरकारको स्वास्थ्य नीति अनुसार अन्य ६ प्रदेशमा मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिएका छन्। तर सुदूरपश्चिम प्रदेशमा भने अहिलेसम्म न मेडिकल कलेज सञ्चालनमा आउन सकेको छ न त स्वास्थ्य विज्ञान प्रतिष्ठान नै स्थापना गरिएको छ। यसरी […]
३० कात्तिक, काठमाडौं । मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण यात्रुहरुले सास्ती पाएका छन् । सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । सार्वजनिक गाडीहरू कममात्र चल्दा काम विशेषले आज बिहानै गन्तव्यमा जान चाहनेहरुले सास्ती पाएका छन् । विशेष गरी लामो यात्रा गरेर बिहानै काठमाडौं उपत्यकामा भित्रिएका यात्रुहरू सार्वजनिक […]
कर्णाली प्रदेशका सरकारले मुगुको गमगढी बजारका आगलागी पीडितलाई राहत दिने घोषणा गरेको छ । सोमबार आगलागीबाट गमगढी बजारमा १७ वटा घर र ४ घुम्ती जलेर पूर्णरुपमा नष्ट भएका छन् । उक्त घटनाबारे कर्णाली प्रदेश सरकार गम्भीर भएको भन्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले पीडितलाई राहत दिने घोषणा गरेका हुन् । मंगलबार विहान एक विज्ञप्ति जारी गर्र्दै उनले […]