होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु
समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

  • नागरिक रैबार
छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं: काठमाडौं, रामेछाप र मकवानपुरमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।  काठमाडौं महानगरपालिका–१४ कलंकी खसी बजारमा प्र.३–०१–००५ ख ९३०० नम्बरको बसले प्र.३–०२–०१४ प ७४६३ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ।  मृत्यु हुनेहरुमा स्कुटर चालक ३५ वर्षीय राम बहादुर आचार्य र स्कुटरमा सवार ललितपुर इमाडोल बस्ने ५२  वर्षीय यादव कुँवर रहेका छन्। ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो।

यस्तै रामेछापको लिखुतामाकोशी गाउँपालिका–१ बसेरीमा ना.६ त ७२८४ नम्बरको ट्याक्टर मंगलबार साँझ सडकबाट करिब ५५ मिटर तल खस्दा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५४ वर्षीय उद्धव राज पौडेलको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार  अन्य २ जनालाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उता मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ हनुमानगेट नजिक सडकमा ना.३ च ११९३ नम्बरको गाडीले ना.३४ प ६०४४ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक हाल पहिचान नखुलेका करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको छ।

विज्ञापन

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।दिनेश खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार